banner
banner

मोर्चा नेतृत्वलाई अमेरिकी संरक्षण

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - 
अदालतको परमादेशको ब्रम्हास्त्रबाट ओली सरकारको बहिर्गमनसंगै बनेको ५ दलीय मोर्चा नेतृत्वको सरकारका प्रधानमन्त्रीको रूपमा देउवालाई अमेरिकनको पूर्ण साथ छ । प्रधानमन्त्रीमा नियुक्त हुनासाथ देउवालाई फोनबाट बधाई दिने विदेशी कुटनितिज्ञमा राजदुत बेरी पहिलो थिए । उनले देउवालाई बुढानीलकण्ठस्थित निवासमै गएर समेत बधाई दिए । १३ साउनमा भारत उड्नु अघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन प्रधानमन्त्री देउवासंग टेलिफोन संवाद गरेका थिए ।
भारत भ्रमण गर्नु अघि अमेरिकी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका इन्डो–प्यासेफिक क्षेत्रलाई शान्ति, स्थिरता, समृद्धियुक्त क्षेत्र बनाइराख्न भइरहेका प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार एवम् विश्वकै शक्तिका रूपमा आउने कुरामा समर्थन गर्दछ ।’ इन्डो–प्यासेफिक स्टाटेजीको बिषयमा भारत बिस्तारै प्रष्ट हुदै जाँदा नेपाल पनि त्यसवाट अछुतो रहन सक्दैन । जतिसुकै विवाद देखिए पनि एमसीसी पास गरेर प्रधानमन्त्री देउवाले नेपालमा अमेरिकन प्रभावलाई झनै बलियो बनाउने सोचका साथ काम गरेको देखिन्छ । भारतमा अमेरिकाले आफुलाई कसरी बलियो बनाउदै लगेको छ भन्ने बिषयमा उक्त विज्ञप्तिले झनै प्रष्ट पारेको छ । विज्ञप्ति अगाडि भन्छ, ‘अमेरिका र भारतबीच सैन्य सहयोग नयाँ उचाइमा पुग्दैछ। यसमा सूचना आदानप्रदान गर्नेदेखि लिएर लियाजन अफिसर, मालाबार जस्ता जटिल अभ्यास र सिक्योर कम्युनिकेसन एग्रिमेन्ट जस्ता बिशेष सम्झौता सामेल छन् । सन् २०२० सम्ममा अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा २० अर्ब अमेरिकी डलरसम्म खरिद गर्नसक्ने अनुमति दिइसकेको छ ।’
भारतमा अमेरिकाले आफुलाई कसरी बलियो बनाउदै लगेको छ भन्ने बिषयमा उक्त विज्ञप्तिले झनै प्रष्ट पारेको छ । विज्ञप्ति अगाडि भन्छ, ‘अमेरिका र भारतबीच सैन्य सहयोग नयाँ उचाइमा पुग्दैछ । यसमा सूचना आदानप्रदान गर्नेदेखि लिएर लियाजन अफिसर, मालाबार जस्ता जटिल अभ्यास र सिक्योर कम्युनिकेसन एग्रिमेन्ट जस्ता बिशेष सम्झौता सामेल छन् । सन् २०२० सम्ममा अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा २० अर्ब अमेरिकी डलरसम्म खरिद गर्न सक्ने अनुमति दिइसकेको छ ।’
कुनै समय नेपालस्थित अमेरिकन राजदूत जुलिया च्याङ ब्लकले आरजु राणासँग देउवाको विवाहको गराउने कामको महत्वपूर्ण भुमिका खेलेकी थिइन् । अहिले पनि देउवालाई हेर्ने अमेरिकन धारणा त्यो भन्दा फरक छैन । अर्को शब्दमा देउवाको असल अभिभावक मध्ये अमेरिकनहरू पहिलो लाइनमा आउँछन् । यो भन्दा अघिल्लो पटक देउवा प्रधानमन्त्री भएकै समयमा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौतामा हस्ताक्षर गर्दा कांग्रेस नेतृत्वको सत्ता साक्षेदार दाहालको पार्टी माओवादी नै थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper