banner
banner

युवा झण्डे, डण्डे होइन, उत्तराधिकारी बनुन्

स्वयम्भुनाथ कार्की- - 
औसतमा चौबीस बर्षको समय एक पुस्ता हुन आउँछ । यो भनाईको आधार पिंढी बीचको न्यूनतम औसत उमेर यसैको आसपास हुनु हो । सात सालमा क्रियाशिल भएकाहरूलाई पहिलो पुस्ता मान्ने हो भने अहिले क्रियाशिल हुने अवस्थामा तेश्रो पुस्ता पुग्दैछ । राजनीतिमा, व्यापारमा, सामाजिक कार्यमा सातसालको पुस्ता वृद्ध भईसकेका छन् । उनीहरू मध्य जीवित रहेकाहरूको अनुभव र वौद्धिक सम्पति त प्रयोग गर्न सकिएला तर कार्यक्षेत्रमा योगदानको आशा गर्न सकिन्न । अपवादको रूपमा वर्तमानमा कोही सक्षम हुन सक्छन्, तर अपवाद भनेको अपवाद नै हुन्छ ।
अहिले कार्यशिल भएका मध्य अधिकांश अधवैशेहरू त्यो सातसाले पुस्ताका छोराछोरी हुनुहुन्छ । अनि युवालाई भनेर भाग खोज्ने अहिले सबैभन्दा उर्जाशिल हुनुपर्ने पुस्ता चाूही ति अधवैशे पुस्ताका छोराछोरी जो अहिले वास्तव मै युवा छ । सहजताको निमित्त कुनै एक समयलाई आधार मानेर विवेचन गर्ने प्रयत्न मात्र हो । किनभने जन्ममरण हरपल नै भईरहेको हुन्छ, त्यसैले कुनै दुई पुस्तालाई जोडने पुस्ता पनि हुन्छ । यसलाई उमेर समुहमा लैजाने हो भने बीसपच्चिसको उमेरमा युवा जोश जाँगरको साथ कोही कर्मक्षेत्रमा आउँछ । पचाससाठीको अवस्थामा अधबैसे हुनपुग्छ अनि सत्तरी पचहत्तरबाट वृद्ध, यदि जीवनले साथ दियो भने । 
नेपाली राजनीतिले प्रकृतिको यो चक्र भुलेको छ या मिच्न खोजेको छ । एक पटक कृयाशिलतामा आएको पुस्ताले आफुलाई अनन्तकालसम्म त्यो स्थानको हकदार सोच्न पुग्छ । फलतः त्यो पुस्ताले आउदै गरेको पुस्तालाई उत्तराधिकारी हैन आङ्खनो ईच्छा अनुसार चल्ने कठपुतली बनाउन खोज्छ । नेपाली राजनीतिमा यो रोग कहिलेदेखि लाग्यो भन्दा पनि २०३२ पछिदेखि यो रोगबाट अछुतो कोही रहेन भन्न सकिन्छ । त्यस वेलाको भोली अर्थात आज प्रमुख भूमिकामा हुनुपर्ने युवाहरूलाई आफ्नो झण्डा बोक्न मात्र सिकाईयो, विरोधीको मुलोच्छेदन गर्न सिकाईयो ।
आफुले गरेको हरेक काम भनेको हरेक कुरा आूखा बन्द गरेर समर्थन गर्न सिकाईयो । विरोधीको सबै काम कुराको बुता र वर्कतले भेटेसम्म प्रतिरोध गर्नुलाई योगदान भनेर सिकाईयो । जवसम्म यो सिकाउने पुस्ता जीवित र कर्मशिल थियो यसले राम्रो प्रतिफल पनि नदिएको हैन । यो नाशवान संसारमा अजरअमर कोही छैन, समयगतिले पाखा लगाउँछ नै त्यसपछि जव यो पुस्ताले आफ्नो बुद्धि विवेकले केही गर्न पर्ने अवस्था आयो गर्न सकेन । आफुलाई सिकाउने पुस्ताको नेताको गुणगान, उनको वादको गुण गाउन बाहेक अरू काम कठिन भयो ।
दोश्रो पुस्ताले पहिलो पुस्ताका नेताहरूको सामिप्यको महिमा गाईरहे । फलानाले एकपल्ट मलाई यसो भन्नुभएको थियो भनेर तितामिठा यादहरूमा भूतजीवि भईरहे । त्यो पुस्ताले सोच, कामगर्ने तरिका, शिप आदि हस्तान्तर गरेर उत्तराधिकार सार्ने प्रयत्न गरेको थिएन । त्यसैले पहिलो पुस्ताले गरेको कामको अनुकरण भने गरे तर त्यो काम कुन कारणले गरिएको थियो त्यो भने पत्तो भएन, अर्थात बिरालो बाँधेर श्राद्ध । 
वर्तमानमा यो कमी हरेक ठाउँमा देख्न पाईन्छ । अव विस्तारै सबैतिर नेतृत्वको अकाल पर्दै गएको छ । यो खाडल भर्न विभिन्न नाममा, बहानामा विभिन्न मुलुकको हस्तक्षेप आउन थालेको छ । शुद्ध नेपाली परंपरा तथा शिप सिकाउन त्यसको विषेशज्ञ भएर आउने विदेशीहरूमाथि भरोसा गर्नैपर्ने अवस्थामा मुलुक पुग्न थालेको छ । क्रमभंगताको नाममा त्यस्ता विदेशीहरूले नेपाली नेतृत्वको काँध चढेर समाज भक्ताउँदैछन् । आफ्नो गौरव गरिरहेको कौशल शिपलाई लज्जाजनक मान्ने बनाउनुमा उत्तराधिकार हस्तान्तरण गर्न नसक्ने पुस्ता दोषी छ, जसको कारणले वर्तमानमा यो कहालीलाग्दो देखिन्छ ।
उत्तराधिकार कुनै पनि कुराको निरन्तरता र अनन्तसम्म लैजाने औजार हो । आजको स्वाथ्र्यले कतै मेरो आशन पो डोलायमान हुने हैन भन्ने भयले उत्तराधिकार हस्तान्तरण गरिन्न भने त्यो राष्ट्रको समाप्ती तर्पmको यात्रा हो । युवाहरूले काम गर्न चाहानु, के गर्ने भन्ने सोच नहुनु, राष्ट्रको निमित्त अत्यन्त दुर्भाग्यपुर्ण अवस्था हो । यो कुरा विगत महाभुईचालो र त्यसको सामना गर्दा देखिएको नालायकीपनले सावित गरेको छ । वयोवृद्ध र रोगले आशक्त भएका तात्कालिन प्रधानमन्त्रीलाई इटा बोकाएर फोटो खिचाउनु प्रदर्शन हैन विरालो बाँधेर गरेको श्राद्ध हो । गर्न खोजेर पनि के गर्ने भन्ने थाहा नपाएको बलियो प्रमाण हो । अनि यसै गरेर कसैले बाूस बोकेको, कसैले केही बोकेको फोटो खिचाउनु भनेको नेताप्रति देखाएको वफादारी हो । जव त्यो स्तरमा नै काम केहो प्रदर्शन केहो थाहा छैन भने युवाहरूले काम गर्न चाहेर पनि के गर्ने थाहा पाएनन् भने कुन ठूलो कुरा भयो ?
युवाहरू चुप लागेर बस्न सक्दैन, बस्न चाहदैनन पनि । केही न केही गर्न जुटने गर्दछन्, इमान्दारीले आङ्खनो गच्छे अनुसारको तन, मन, धन पनि समर्पण गर्दछन् । तर के गर्ने निर्णय गर्न सक्दैन, अनि कोही खेल प्रतियोगिता वा सांस्कृतिक कार्यक्रमलाई सघाउन पुग्छन । कोही नारा लेखिएका टिसर्ट वितरण गर्न पुग्छन् । कोही फलफुल लत्ताकपडा वितरण गर्न पुग्छन भने कोही सडक बडार्न । यसरी मन बुझाउन खोज्छन तर मन बुभ्mदैन अनि युवा विद्रोही हुन्छ । यो सब युवाहरूको दुरूपयोगको परिणाम हो ।
अनि यसको दोषी ती पुस्ता हुन् जसले शिप, कौशल अनि ज्ञान हस्तान्तरण गरेर उत्तराधिकारी पैदा नगरी भजने बनायो । अव यो क्रम रोकिनै पर्दछ । राजनैतिक आवरण भिरेका आन्दोलनमा प्रहरीलाई गुलेली ताकेको भरमा, आगो उकेल्ने भाषण गरेको भरमा वा अगुल्टोले झोसेको भरमा नेतृत्वबाट पुरष्कृत गर्दा नेतालाई त फाइदा होला, राष्ट्रलाई भने मन्दविष हुन्छ । अलिकति पनि भविष्यको चिन्ता छ भने युवालाई झण्डा डण्डामा सिमित नगरेकै बेश ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper