banner
banner

सिल्पर सेल्स विरूद्ध सैनिक अभ्यास

भारतको पिथौरागढमा भारतीय सैनिकसँग संयुक्त अभ्यास थालिसकेका छन् नेपाली सैनिकहरूले । अपरेशन–सूर्यकिरण नाम दिएको यो सैन्य अभ्यास २० सेप्टेम्बर अर्थात असोज ४ गतेदेखि ४ अक्टुवर अर्थात असोज १८ गतेसम्म चल्ने बताइएको छ । यसपल्टको सैनिक अभ्यास समाजमा बढ्दै गएको आतंककारी सिल्पर सेलविरूद्ध हुने बताइएको छ । यसपल्टको यो अभ्यास विवादमा परेको छ । कारण, महाकालीमा तुइन चुडालेर भारतीय सुरक्षाकर्मीले जयसिंह धामीको हत्या गरेको र त्यो क्षेत्रका नेपाली सुरक्षाकर्मीको व्यारेकमाथि भारतीय सैनिक हवाई गस्ती बढिरहेकोले हो । नेपाली सेनाले नियमित भनेको छ । अघिल्लोपल्ट नेपालको सालझयडीमा यस्तो अभ्यास भएको थियो । तर सेनाले अभ्यासमा भाग लियो ।
काठमाडौं । सरकारले दिएको तक्मा उपहार मुद्दा हाल्ने र परमादेश दिने न्यायाधीश, प्रधानन्यायाधीशलाई । मल ल्याउन नसक्ने कालोसूचीका ठेकेदारलाई पनि तक्मा । मरेका व्यक्ति, स्वास्थ्यसामग्री कालोबजार गर्नेलाई पनि तक्मा । सत्ताधारीका श्रीमती, बाउलाई पनि तक्मा । राज्यकोषलाई लखनौ लूट गर्नेहरूले तक्मालाई पञ्चदेवको हण्डी बनाइदिए । लाज लागेछ पत्रकारहरू कृष्णज्वाला देवकोटा, हरिवहादुर थापा, नारायण अमृत, रविन सायमीहरूले लिन्न भनेछन् ।
 राज्यले दिने पदक पाउँदा पनि लिन लाज लाग्ने दिन आयो । एक पत्रकारले त यस्तो प्रतिक्रिया दिए– काम गरेको तलव नदिने अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापालाई सुकीर्तिमय राष्ट्रदिप तक्मा दिइएछ । यिनलाई लाज लागेन ।
एमसिसीको ५० अर्व डलर नलिए जानेको छ भन्ने फातिमा सुमार, चाहिदैन भन्दा पनि मान, पदवी, अलंकार दिने देउवा सरकार । अजव छ नेपाल ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper