banner
banner

तिजको अवसर पारेर नेपाली साहित्यकार

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर नेपाली साहित्यकार विश्व सञ्जाल साहित्यिक समूहले यही मिति २०७८ भाद्र २० गते आइतवार साँझ ५ बजेबाट १०:३० बजेसम्म देश विदेशमा छरिएर रहेका सम्पूर्ण चेलीबेटीहरुलाई समेटेर एउटा भव्य र ऐतिहासिक तिज कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली साहित्यको विकास र प्रवर्द्धनका साथै एक अर्का बीच परिचय ,आपसी सहयोग एवम् सदभाव के कसरी गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको कुरा कार्यक्रम संयोजक सुशीला ढकाल अधिकारी र परिकल्पनाकार स्पन्दन विनोदले बताउनु भयो । सो कार्यक्रममा विश्वभरबाट करिब ७० जना नारी स्रष्टाहरु सहभागी रहनु भएको थियो भने त्यस्तै कार्यक्रमको संयोजन साहित्यकार , साहित्य श्री साहित्यिक पत्रिकाकी सम्पादक सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो । कार्यक्रम संचालन अत्यन्त उत्कृष्ट तवरले मीठो शैलीमा नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार, कवि तथा गजलकार स्पन्दन विनोदले गर्नु भएको थियो । कार्यक्रम संयोजक सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमले अत्यन्तै भव्य तरिकाले तिजको माहोल बनाएको थियो ।चेलीबेटीहरु रातो साडीमा सजिएर भव्य तरिकाले जुम मार्फतै भए पनि नाचगान गर्नु भएको थियो ।यस कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा अनेसास वोर्ड अफ ट्रष्टिजकी अध्यक्ष गीता खत्रीले गर्नुभएको थियो। कार्यक्रमको अन्तिमसम्म रहेर उहाँले यस्तो ऐतिहासिक तिज कार्यक्रममा निमन्त्रणा गरेर विश्व भरि रहेका सम्पूर्ण चेलीबेटीहरुसित जुम मार्फत भेटेर रमाउने मौका दिनु भएकोमा मुक्तकण्ठले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो। यसै गरी सहभागी नारीहरूद्वारा गाइएका/ लयवद्ध गरिएका गीतको समीक्षा समेत गर्नु भएको थियो । प्रमुख अतिथिले नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार स्पन्दन विनोद र कार्यक्रम संयोजक सुशीला ढकाल अधिकारीलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै कार्यक्रमहरुको आयोजनालाई निरन्तरता दिन सल्लाह दिनुभयो । कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजकले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो तिज गीत पनि प्रस्तुत गर्नुभयो भने कार्यक्रमका संचालक तथा सभापति स्पन्दन विनोदले आफ्नो तिज सम्बन्धी कविता प्रस्तुत गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो । करिब ६ घण्टा लामो तिज कार्यक्रममा रेणुका सोलु, गङ्गा आचार्य सापकोटा , कल्पना न्यौपाने देवकोटा ,ममता तिवारी, गङ्गा दाहाल ,बसुन्धरा रेग्मी, सरस्वती गौतम, चन्द्रा न्यौपाने, सावित्री गिरी ,तिला लेकाली, सारदा आचार्य, उर्मिला पन्त , सरस्वती श्रेष्ठ , गोमा उप्रेती , कमला महत , सविना श्रेष्ठ सवि,जानुका थापा रायमाझी, सानु शर्मा , दीपा राई पुन ,इन्दिरा रेग्मी ,सर्मिला तिमिल्सिना, रमा आचार्य वाग्ले , सविता वाग्ले दवाडी, अम्बिका अधिकारी, मौनता थापा , पुनम घिमिरे ,सिता विष्ट कार्की , सङ्गीता सारथि ,सुचिता काफ्ले , सरस्वती श्रेष्ठ , सरस्वती ओली , तारा घिमिरे ,कल्पना अधिकारी भण्डारी ,सुशीला शर्मा धमला , अम्बिका पन्त थापा ,जानुका गुरागाइँ , गीता बजगाइँ ,चन्द्रवती अधिकारी , बाल कुमारी घिमिरे, दुर्गा थापा मगर , शान्ता घिमिरे , श्रद्धा आचार्य , देविका केसी , सुशीला ढकाल अधिकारी आदिले तीज गीत प्रस्तुत गर्नु भएको थियो । धेरै सहभागिहरू प्राविधिक समस्याका कारण जोडिएर बाहिरिनु पनि परेको थियो। केही नारीहरू नाँच्न र हेर्न पनि सहभागि हुनुभएको थियो। कार्यक्रमलाई कुमार शर्माले प्रविधिमा सहयोग गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गीता खत्री ,गायिका शावित्री गिरी, लोक दोहोरी गायिका देवीका केसी, गीतकार पुनम घिमिरे आदिका तिज गीतहरू यूट्यूवबाट बजाएर बधाई तथा शुभकामना पनि दिइएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper