banner
banner

कहिले हुन्छ विभेदको अन्त्य ?

पौडेल विमुन्स, पोखरा- - - -
समाजमा विद्यमान केही विभेदहरूले सधैँ घोचीरहन्छ मलाई । के यहाँहरूलाई पनि घोचेको छ कहिल्यै यो प्रश्न ले ?
प्रश्न हो श्रमको मूल्य?
संसारका सबै मुलुकमा यस्तो छ भन्दिन म त हाम्रो देशमा भएको विभेद महिला र पुरूष बीच मलाई लाग्छ ९० प्रतिशत नागरिकले यसलाई प्रत्यक्ष भोगेका छन् र मौन बसेका छन् ।
एक महिलाले बिहान उठेर ९ बजे उठेर हतार हतार श्रीमतीले तयार गरेको कपडा लगाएर श्रीमतीले नै तयार गरेको नास्ता खाएर अफिस जान तयार हुन्छ तर उसलाई परिवारका कसैले पनि किन कुनै पनि घरको काम गर्दैनौ भनेर प्रश्न सोधिन्न किन कि हाम्रो देशको परम्परा हो भान्साको हरेक काम श्रीमातीले वा कुनै स्त्री लिङ्गी सदस्यले नै गर्नुपर्छ । यसमा पुरूषले काम गरेनन् भनेर कुनै गुनासो गर्नुपर्ने केही छैन । किन कि भान्साको काम विशेष महिलाकै लगि तय गरिएको हो परापूर्व देखि ।  र भान्साको काम सकेर महिला आफु पनि अफिस जान्छन् र उतिकै खटेर काम गर्छन् । बेलुका घर फर्केर पनि फेरि भान्सामा खटिनु  पर्छ किन कि भान्सामा खाना आफै त तयार हुदैन । परिवारमा वृद्ध वृद्धा र बालबालिकालाई काममा लगाउने कमै हुन्छन् । र जो यी दुबै लाई काममा लगाउँछन् उनीहरू पक्कै पनि मानसिक स्वस्थ्य मानिदैनन् । वृद्ध हुनु काम गर्न अशक्त हुनु मानिसको दोष होइन । प्रकृतिको नियम हो । उमेर बित्दै जाँदा शरीरका हाड छाला, मांशपेशी पनि कमजोर हुदै जानछन् र जुन शक्ति युवा छँदा रहन्छ त्यो अनुपातमा कम हुँदै जान्छ र एक्दिन मृत्युवरण गरिन्छ । ढिलो चाँडो हो मृत्यु त सबैले स्वीकार गर्नै पर्छ । यो याथार्त बिर्सिएर मान्छेले आफैमा मात्र शक्ति रहोस् भन्ने हेतुले कतिपय नियम् बनाएका देखिन्छन् र रमाएका देखिन्छन् । आखिर जति नै रमाए पनि र जति नै दुःखी भए पनि एक निश्चित समय पश्चात यो रङ्गमञ्च छोडेर जानै पर्ने हुन्छ । यसरी परमधाम यात्रा गर्दै गर्दा बाँच्दा सम्म जानी नजानी गरिएका काम नै हुन् फेरि बाँच्छन् र युगौ युग सम्म आफ्नो नाम साँच्छन् । नाम साँच्ने पनि दुई थरि छ हामीले देखे अनुसार । सम्मान, इज्जत, मायाँ र आदर्शका रूपमा लिईने नाम , खराव, घृणित, आतङ्ककारी, विध्वंशकारी, व्यभिचारी, अन्यायकर्ता आदिको रूपमा लिइने नाम । यो सत्य नजान्ने त दुनियामा मान्छे नहोलान् तर पनि आफ्नो फोस्रो आडम्बर भने देखाउँछन् र रमाउँछन् मान्छे । अचम्म लाग्छ ।
प्रश्न यो थिएन यहाँ केवल प्रश्नलाई पुष्टि गर्ने आधारको खोजी थियो । कति सम्म सम्वोधन गर्न सक्यो म भन्न सक्दिन । समाजक उत्पिडित वर्ग र उत्पिडक वर्ग बीचको दुरी बढनाको कारण पनि यही हो । उत्पिडकहरू लाई लाग्छ हामी समाजका वुद्धिजिवि प्रभुत्व वर्ग हाम्रो इशारामा कम आम्दानी हुने हरू, बलमा कमजोर हुने हरूले सधैँ नाच्नु पर्छ र उनीहरू अफ्नो स्तर देखि माथि उठ्नु हुदैन । र शक्तिशाली वर्ग हरू सधैँ उनीहरूमथि अन्याय गर्न सक्दा या कमजोर वर्गको सेवा चाकडिमा रमाउँन पाउँदा नै आनन्दित हुन्छन् । र यो एक् सोङ्गो समाज मा मात्र होइन प्रत्येक घरघरको कथा हो । वर्षौँ देखि नारी उत्पिडित वर्गमा पर्ने मूल जरो यही हो । यही प्रवृतिले महिलालाई संसारमा पुरूषको तुलनामा बढी शहनशील भएको देखिन्छ । कतिपय घरेलु हिंशाका कथा घर भित्रै दबिन्छन् । र उत्पिडितको महिलाको मृत्यु सँगै पीडा को पनि मृत्यु हुन्छ तर समाजमा नजिक रहनेले देखेर पनि बुझ पचाएर अर्काको घरको मामिला भनेर मौन रहन्छन् भने कतिपय महिला स्वयम् ले यति सम्म गोप्य राख्छिन् कि कसैलाई सुइको सम्म मिल्दैन र उनको मृत्यु सँगै लाशमा जल्छ यो कथा पनि । तर यो यथार्त छ भन्ने समाजका हरेक नागरिक जानकार छन् । कहिले काहीँ नारा जुलुश गरिन्छन् र विशर्जन गरिन्छन् समस्या एक सशक्त भाषणमा । यो तितो यथार्त कहिले सम्वोधन हुन सक्ला मेरो मनमा यो प्रश्न ले गहिरो जरो गाडेको छ । तर उत्तर दिनेहरू ‘तिमी एक्लैले केही हुने वाला छैन, कसैले सुन्दैन तिम्रा कुरा’ भन्छन् । यस्तो उत्तर दिने पनि तिनै वर्गमा पर्छन् जो कहिले पनि चाहन्नन् भन्साको काम महिलले नगरेर कुनै पुरूषले गरोस् र घरको र घर बाहिरको हरेक काममा सहपाठी बनोस् । 
वैदेशिक रोजगारीमा जाने हरू हालांकी यही भान्साकै काम गर्छन् कतिपयले, जूठा प्लेट औठाउँछन्, फोहोर टबल सफा गर्छन् । भाँडा माझ्ने काम गर्छन् । चर्पी सफा गर्ने काम गर्छन् खुसी खुसी यी काम हरू गर्छन् । किन कि यी मुलुक हरू मा राम्रो नारा दिइएको छ काम् कहिले सानो ठूलो हुँदैन’’ तर यही नारा नेपाल फर्किए पछि लागु हुँदैन । नेपाल फर्किए पछि यी सारा काम महिला का हुन् र महिलाले मात्रै गर्नु पर्छ उक्त महिला चाहे १०४ ज्वरोले ग्रस्त भएर टाउको उठाउन नसक्ने अवस्थामा किन नहोस् यो काम उनैले गर्नुपर्छ ।  यो कामघरभित्र गर्नुको सट्टा एक पुरूष महिल अशक्त भएको अवस्थामा कुनै होटेल गएर खाएर आउँछ र घरमा साना केटाकेटा भए कुन चकलेट ल्याएर मुख टाल्ने काम गर्छन् र श्रीमती भने भोकै भए पनि कुनै चासो रहँदैन किन कि जसरी पनि महिलाले भास्नाको काम गरेर खान्छिन् भन्ने गलत धारणा रहेको छ । 
यी विचारहरू सँग मेल नखाने केही पुरूष हरू पनि छन् समाजमा उनीहरूलाई भने यो लेखकको सलाम छ । यति लेख्दै यी विचार लेख्दै गर्दा एक गम्भीर प्रश्न पनि छुटाउनु भने हुन्न त्यो प्रश्न हो । के हरेक महिला उत्पिडित छन् त ? अँह छैनन् । ठोकुवा गरेर भन्न सकिन्छ किन कि समाजमा देखिएका सुनिएका घटना र समाचार यसका प्रमाण हुन् । 
कतिपय महिला विशेषगरी वैदेशिक रोजगारमा गएका पुरूषका पत्नीहरू यसमा सबै का भन्न खोजिएको भने पक्कै होइन केही त्यस्ता महिलाहरू जो आफ्नो घरको काम छोडेर परपुरूषको हवसमा अल्झिएका देखिन्छन् र साना साना आफ्नै छोराछोरी पनि छोडेर घरको काम यतिकै लथालिङ्ग पारेर हिँडेका पनि छन् जसले घरको समाजको र आफ्ना सन्ततिको समेत भविश्य धरापमा पारेका छन् । 
यी सबै विचारले सधैँं पोल्ने गर्छ । कहिले हुन्छ यस्ता विभेदको अन्त्य ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper