banner
banner

मलाई मेरो देश प्यारो छ

प्रेम सागर पौडेल :अध्यक्ष - -नेपाल–चीन पारस्परिक सहयोग समाज -----
ल्याउँनसक्छौ भने देशको स्थायित्व, विकास र समृद्धिका कार्यक्रम ल्याउ । देशको विकास समृद्धि र उन्नतिका ठोस योजना सहितका प्रतिवद्ध भाषण सुन्ने मन छ । जति इच्छा गरे पनि कुनै नेताबाट सुन्न पाइएन । यसकारण देशलाई अस्थिरतामा धकेल्ने कुनै पनि कामलाई कसैले समर्थन नगरौं । 
नेताहरूले एकदोस्रालाई गाली गरेको, आरोप–प्रत्यारोप गरेको सुन्दा सुन्दा यी नेताहरू र यो ब्यवस्थाप्रति नै वितृष्णा जाग्न थालिसक्यो ।
देशको आर्थिक अवस्था अति जर्जर र थिलथिलो भए पनि माखो नमारीकन हाम्रा नेताहरू तलब, भत्ता खाइरहेछन् । सुविधाभोग गरिरहेका छन् । यिनलाई कसरी देश र जनप्रेमी भन्ने ? लोकतान्त्रिक मर्यादा कायम राखेनन् ।
यूरो–डलरका लागि देश र जनतालाई जति क्षतविक्षत पा¥र्याै पा¥यौ, जनता लाटा छैनन्, अबुझ छैनन, अब यस्तो प्रवृत्ति बोक्नेका दिन सकिदैछन् ।
लेखेर राखे हुन्छ, बढीमा यस्ता चुरीफुरी डेढबर्ष बढी टिक्नेछैन ।
मलाई यत्ति भन्नुछ– जो मानिस पानीले नुहाउँछ, उसले कपडा बदल्न सक्छ ।
जो मानिस पसिनाले नुहाउँछ, उसले इतिहास बदल्न सक्छ ।
हाम्रो दुर्भाग्य ! देशको समृद्धि, प्रगति, विकास, स्थायित्व र स्थिरता कुनै पनि दल र नेताको मुख्य अजेण्डा बन्न सकेन । चङ्ख नेताहरूबाट नागरिक झुक्किए, यिनले नागरिकलाई भ्रममा पारेर झुक्याए । यस्तो भ्रम अब धेरै दिन टिक्नेछैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper