banner
banner

सिद्धबाबाले, विज्ञानले, बैद्य, डाक्टरले सकेन, ४० लाख नाघ्यो मर्नेहरु

 महेश्वर जुजु राजोपाध्याय- - 
सिद्धि दिने सिद्धिकाली नै रिसाए पछि कसको के लाग्छ ? ने.सं. ७६३ संम नेपाल शान्त थियो । हाम्र्र्रा देवी देवता प्रकटै भई रक्षा गर्नु हुन्थ्यो । ७५५ देखि ७६३ सम्म भक्तपुरमा राज गरेका राजा नरेश वा नरेन्द्र मल्लको राज्यकालमा अचानक किरातहरूले हमला गरेर आफ्नो हक जमाउन आए । राजा आत्तिए । लौन माँ ! म के गरुँ ?
माँ भ्रामरी बनी तिल माधव नारायणको पाषाण मूर्तिको हातै फोडी असंख्य भमराको रुपमा प्रकट हुनु भयो र किरातहरूलाई टोकी टोकी मार्नु भयो । टौमढी टोलको तिलमाधव मन्दिरमा किरातहरूका धनुर्वाण, भाला आदि सामान प्रदर्शन गरी राखेको अझै पनि छन् । सप्तशती चण्डी माँले भन्नु भएको थियो — शत्रुहरूले सज्जनहरूलाई दुःख दिएमा म भँमरा भएरै आक्रमण गर्छु । स्वर्ग, मत्र्य, पाताल तीनै लोकको कल्याण गर्छु असंख्य रुपमा भँमरा बनेर दुष्टहरूको संहारै गर्छु —
तदाहं भ्रोमरं रुपं कृत्वाक् संख्येयषद्पदम् ।
त्रैलोक्यस्य हितार्थाय बधिष्यामि महासुरम् ।। ५३ ।।  अध्याय ११ — चण्डी
यो घटना सत्य युगको होइन, केवल चार सय वर्ष पहिलेको सत्य तथ्य इतिहास हो । कथा पुराण वा किम्बदन्ती होइन । त्यही भक्त राजाको छोरा जगत्प्रकाश मल्लले माँको कृपा पाएन, कोपको शिकार बन्यो । विफरको महामारीले जवानीमैं मरे । किनकि समय फरक परी माँ रिसाउनु भयो भनी जानी जानीकन पनि राजा जगत्प्र्रकाशले समय मिलाएन र कोपले लग्यो ।
ने.सं. ७४२ देखि ्र७७७ संम पाटन हाँकेका राजा सिद्धि नरसिंह मल्लले ज्येष्ठ पूर्णिमा नै सबभन्दा लामो दिनको ज्याथः अर्थात् बूढो पूर्णिमा ज्यापुन्हि भई सक्यो । परम्परा अनुसार अब आउने पुरुषोत्तम महिना हटाएर ज्येष्ठ महिनालाई नै आषाढ बनाऔं भनी मङ्गल बजार दरबार बाहिर सार्वजनिक समारोह नै गरी जानकारी दिए । यो समारोह अहिले पनि गरिन्छ । छोरा श्रीनिबास राजा भएपछि तलेजु मूल चोकको विच्चमैं सानो स्वर्ण मन्दिरै बनाएर दिन रात बराबर हुने विषुव दिनको घाम त्यस सानो मन्दिर भित्र पसेको देखाएर आजै बैशाख १ गते भयो । एक महिना वर सार्न अब आउने मलमास हटाऔं भन्दा काशी विश्वनाथको पण्डा भगीरथ भैयाले विरोध ग¥यो र राजा लाचार भयो । अनि आतङ्कै मच्चियो । दैवीकोप हुन थाल्यो । युवराज योगनरेन्द्र मल्ल दरबारै छोडेर लगनखेलमा बस्न गयो । ६ जना काजीहरूले राज गरे । 
भक्तपुरमा पनि राजा जगत्प्रकाश मल्लले चाड पर्वको समय विग्रेरै यो अशान्ति भयो, समय मिलाऔं भनी दरबारमैं ज्योतिषी विद्वान्हरूको भेला नै गराए । बनारसी पण्डित चन्द्रशेखर मन्त्रीले “राज्यको दक्षिणतिर भिरालो परेकोले अशुभ भएको हो, सो भिरालोमा माटोले पुरेर समतल पारेपछि शुभ हुन्छ” भन्न लगायो । समय मिलाउने कुरै उठाएन । दैवी कोप भई पाटन र काठमाण्डौ सँग संग्रामै भयो । हात्ती र धेरै धन सम्पत्ति दिएर काठमाण्डौ सँग झुक्नै प¥यो । ७८३ मा न्हु पुखुको सूनको नागै लुटेर लगी काठमाण्डौ हनुमान ढोका दरबारमा सजाए । अन्तमा विफरको महामारीले ३४ वर्षको उमेरमैं राजा जगत्प्रकाशलाई समेत खायो । जनता धेरै मरे ।
छोरा जितामित्रले पनि समय सुधारेन र ८०१ पौष कृष्ण अष्टमीको दिन राज्यको चारैतिर आगो सल्केर हाहाकारै भयो । त्यसको ४ महिना पछि राति ठूलै भूकम्प गई धेरै मरे, भत्के कत्रो अशान्ति । भाजकस मन्त्रीले विधुवई कान्छी रानीलाई हातमा लिई राजा नै भयो । दुवै एक जोडी भई राज गरे । नाङ्गै नाचे । चरित्र भ्र्रष्टै भए । 
काठमाण्डौमा प्रतापी राजा प्रतापमल्ललाई हरसिद्धि देवीले मारी नै दिए । काहिंलो छोरा नृपेन्द्र्र मल्लले गद्दी पाए । ६ वर्ष पनि  राज गर्न पाएन, १८ वर्षको जल्दो बल्दो जवानीमै मरे वा मारिए । कान्छो भाई पार्थिवेन्द्र राजा भएको बेला श्रीपशुपति मन्दिरको उत्तर ढोकाबाट ८०२ मा आलो रगतै बग्यो । तैपनि समय सुधारेन र दैवी प्रकोपले उसलाई पनि चपायो । विष खुवाएरै मारे । १३ दिनसम्म काठमाण्डौ राजा विहीनै रह्यो । ८ वर्षको युवराज भूपालेन्द्र्र्रलाई गद्दीमा राखेर काजी लक्ष्मीनारायणले राज ग¥यो । यिनलाई पनि ताडीनगरको अयोध्या व्रम्हनालमा लगी मारे । दुई महिना पछि मात्र थाहा पायो र चिना मात्र जलाएर सद्गति दिए । ४ वर्षको युवराज भास्करेन्द्र मल्ल राजा भएकै बेला ८२२ मंसीर शुक्ल पक्ष सप्तमीको दिन पुनः पशुपतिको जलरीबाटै रगत वग्यो । राजा भास्कर आत्तिएर त्यो साल आश्विनको मलमास हटाएर समय सुधारौं भन्दा काजी बनारसी पण्डित झगल ठाकुर मानेनन् र उसलाई हटाएर त्यस पछिको रोलवाला मुसलमानलाई काजी बनाएर समय सुधारे । पद गुमेर बहुलाएको झगलले “मुसलमान काजीले मलमासमैं दशैं मनाएर हाम्रो धर्म विगा¥यो” भनी जनसाधारणलाई उचाल्यो । जनताले मुसलमानहरूलाई काट्नै पुगे । गृहयुद्ध नै भयो । राजा कायलै भएर झगललाईनै काजी बनाएर आतङ्क साम्य पारे । झगलले मलमासै कायम गरी राजालाई गलायो । कान, टाउको दुखेर असह्य पीडा भई मानिसहरू मर्न थाले । एकै दिनमा सयौं मरे । त्यही महामारीले युवा राजा भास्करेन्द्र्र (भास्कर) लाई पनि खायो । उत्पात, अशान्ति बढ्दै गयो र स्वर्ण युगको मल्ल राज्यै गयो । शाह कालले पनि शान्ति पाएन । कोत पर्व जस्ता बर्बर काण्डहरू भए । राजाहरू खोपाका भीमसेन बनाइए । श्री ५ को अगाडि श्री ३ ले हक जमाए । दोश्रो विश्व युद्धमा अर्काको लागि असंख्य वीर नेपालीहरू मर्नै गए । शाहकालले कमाएको टिष्टा काँगडा पनि लुछेरै लगे । जनयुद्ध भनी सोझा नेपालीहरू मारे । कति मारे हिसाबै छैन । दरबार हत्याकाण्डले सगरमाथाको शिरै झुकायो । चीन, भारतलाई समदूरीमा राख्दै आएको राजतन्त्रै गयो । दुई तिहाईको निर्वाचित सरकार पनि टिकेन । प्रतिपक्षले राज ग¥यो । अब प्रतिपक्ष छैन । एकलौटी अराजकको राज भयो । गाईजात्रा ।
अभैm पनि बनारसी पण्डितहरू नेपालले निर्णय गरेर हुन्छ ? भारतले निर्णय गर्नु पर्छ भनी कुबेलामा चाड पर्वहरू मनाएर माँहरूलाई महाकाली नै बनाए । क्रुद्धै पारे । आ–आफ्ना समयमा आएकाहरूलाई रित्तै फर्काए पछि कोप हुन्छ नै । देवताहरू पात्रो हेरेर होइन प्रकृति हेरेर एक महिना अगाडि नै आए, निराशै भई फर्के पछि झन झनै कोप बढेर यो हविगत भयो ।
ती फटाहा दलालहरू आपैm लेख्छन् — चैत्र ४ गते नै दिनरात बराबर भयो सुर्दोदय र सूर्यास्त ६.१३ बजे । तर, बैशाख सङ्क्रान्ति एक महिना पछि रे । पात्रो हेर्नुहोस् ६, ७ गते नै सूर्य अर्को महिनामा पुगेको देखियो । चैत्र ६ गते सूर्य मेषमा (बैशाखमा) पुगेको देखियो, मेषे दृश्यार्कः । तर, एक महिना पछि मात्र वैशाख रे ।
सिद्धि सफलता दिने दशैंकी महाशक्ति आउनु हुँदा, सोह्र श्राद्धमा पितृहरू आउनु हुँदा अहिले होइन, एक महिना पछि आउनुहोस् भनी अपमान गर्दा रिसाउनु, चित्त दुखाउनु स्वाभाविकै हो । अनि सिद्धिले कसरी काम गरोस् ? समय सुधारौं !
अतः अब आउने पुरुषोत्तम महिनालाई सामान्य महिना मानौं । विषुवकालमैं विष्का जात्रा मनाऔं । उत्तरायण प्रारम्भ हुने पुस ९ गतेको २५.५० दिनमान रहेको साइतैमा माघी पर्व मनाऔं ! कोरोनालाई भगाऔं ! मानव संहारलाई रोकौं, रोक्न लगाऔं ! रिसाउनु भएकी माँलाई पितृदेवताहरूलाई शान्त पार्न हाम्रा पुर्खाहरूले गरी जानु भए जस्तै अब आउने मलमासलाई हटाएर १२ महिनामैं सीमित गरौं गराऔं ! विश्वकै कल्याण गरौं । आजै देखि परिवारमा, सम्धी परिवारमा छलफल गरी  समय सुधार्न तयार रहौं ! चैत्र १ गतेलाई नै वैशाख १ गते भन्दा चैत्रका गतेमा गिरिने उत्सवहरू, दिवसहरू त्यो वर्ष कहाँ गर्ने । समस्या नै पर्छ । अतः गते, बार नचलाई मलमास पात्रै एक वर्षको लागि निलम्बन गरौं ! जय अम्बे !

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper