banner
banner

कानुनप्रतिको दायित्व

अधिवक्ता गंगा दहाल –  सार्वजनिक हित बिपरित हुने गरि गर्न नपाइने ः कसैले पनि सार्वजनिक हित बिपरित हुने गरि कुनै काम कारबाही गर्न पाइने छैन । यो कानुनको सिद्धान्त हो । ब्यक्तिले  आफ्नो ब्यक्तिगत हित भन्दा पनि सार्वजनिक हितलाई सर्बोच्च ठान्नु पर्दछ ।  कानुनको नजरमा खास गरि सार्वजनिक हित भन्नाले समग्रमा जनताकै समुहको हितसँग सम्बन्धित कुरा,सामुहिक भनाइ, सामान्य जनताको कल्याण हो भन्ने बुझिन्छ । कानुनले ब्यक्तिगत हित भन्दा सार्वजनिक हित महत्वपूर्ण हुन्छ भन्ने मान्यता राख्दछ । कसैलाई पनि सार्वजनिक हित विरूद्ध कुनै पनि काम गर्न कानुनले प्रतिबन्ध लगाएको छ । नेपालको संबिधानले ब्यक्तिगत सम्पत्तिहरू सार्वजनिक हितको लागी राज्यले लिन सक्ने ब्यबस्था गरेको छ ।सार्वजनिक प्रयोजनको लागी ब्यक्तिगत सम्पत्ति लिनु पर्ने भएमा त्यस्तो सम्पत्तिको उचित क्षतिपपूर्ति दिनुपर्ने हुन्छ ।
कानुन बिपरितको काम अमान्य हुनेः कानुन बिपरितको काम अमान्य हुनेछ । कानुनी राज्यमा कानुन सर्बोच्च हुन्छ ।कानुन भन्दा माथी कोहि पनि हुँदैन । कानुनको यो स्थापित सिद्धान्त हो । कानुनले प्राबधान गरेको कानुन बिपरित कोहि जान सक्दैन  । नेपालको संबिधान बमोजिम बिधिको शासनको आधारभुत अवधारणा हो । कानुनी राज्यमा नागरिक र सरकार स्थापित कानुन अन्तर्गत रहनु आवश्यक हुन्छ । कानुनको बिपरित गएमा कुनै पनि कुरा लागु हुन सक्दैनन् । प्रशासकिय कार्य आदेश तथा नियमहरू संबिधान अनुरूप भएमा मात्र बैध हुन्छ ।
गल्ती गर्नेले क्षती व्यहोर्नु पर्ने ः (१) कुनै काम गर्दा वा गराउँदा  कसैको गल्तीले अरूलाई हानी नोक्सानी हुन गएमा त्यसरी हानी नोक्सानी भएको क्षतिको दायित्व गल्ती गर्ने वा गराउने ब्यक्तिले ब्यहोर्नु पर्नेछ  ।
(२) ब्यक्तिले आफूले गरेको गलत कार्यको परिणाम आफैले ब्यहोर्नु पर्नेछ । 
यस संहिता वा कानुनमा अन्यथा ब्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिमको क्षतिपूर्तिको निर्धारण कानुनमा भए बमोजिम हुनेछ ।
अरूलाई दुःख दिने गरि कार्य गर्न नहुने ः कसैले पनि अन्य ब्यक्तिलाई दुःख दिने हैरानी हुने वा निजको इज्जत प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरि कुनै काम गर्न वा गराउन हुँदैन ।
एउटा सभ्य समाजमा कसैले पनि अरूको अधिकारबाट फाइदा लिने कार्य गर्दैन भन्ने अपेक्षा लिएको हुन्छ । गल्तिको फाइदा लिन नपाइने ः कसैले पनि आफुले गरेको गल्तीको फाइदा लिन पाउने छैन । यो सिद्धान्तले आफैले गरेको गल्तीबाट फाइदा लिन नपाइने बनाइएको छ । हित बिपरितको काम अमान्य हुने ः आफ्नो संरक्षक्त्व, माथवरी अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने ब्यक्तिको हित बिपरित गरिएको काम अमान्य हुनेछ । ब्यक्तिलाई स्वीकार गर्नु पर्ने ः प्रत्येक ब्यक्तिले अन्य ब्यक्तिको ब्याक्तित्वलाई स्विकार गर्नु पर्नेछ ।
प्रत्येक ब्यक्तिको ब्याक्तित्व आफ्नै हुन्छ ब्यक्ति भएका कारणले अन्य ब्यक्तिसँग सामाजिक तथा कानुनी राख्न चाहान्छ ।त्यसै कारण मानवले मानवलाई स्वीकार गर्नु पर्छ । असल छिमेकी पन कायम गर्नु पर्ने ः प्रत्येक ब्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानी नोक्सानी नहुने गरि असल छिमेकी पन कायम गर्नु पर्नेछ । प्रत्येक समुदायमा असल छिमेकीको आवश्यक हुन्छ । कुनै पनि ब्यक्तिले आफ्नो सम्पत्तिको उपयोग गर्दा छिमेकीको अधिकार उल्लंघन नहुने गरि गर्न आवश्यक छ भन्ने यो सिद्धान्तको मान्यता हो । त्यसकारण छिमेकीलाई हानी तधा बाधा उत्पन्न नगराई असल छिमेकी पन कायम राख्नु पर्ने अपेक्षा गरिएको हुन्छ ।
देवानी दायित्वबाट छुटकारा नपाउने ः कुनै पनि ब्यक्ति उपर फौजदारी कसुरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो ब्यक्तिले कानुन बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन ।
देवानी दायित्व प्राथमिक रूपमा क्षतिपूर्ती र अधिकारको पुनस्र्थापन सग सम्बन्धित छ।देवानी दायित्वलाई अदालतले निषेधाज्ञा ध्दारा रोक्न पनि सक्छ । फौजदारी कानुनमा अपराध अपराधीको मृत्युपछि अन्त्य हुन्छ तर देवानी दायित्व गलत काम गर्नेको मृत्युपछि अन्त्य हुन सक्दैन ।
कानुन बिपरितका प्रथा र परम्परालाई मान्यता नदिइने ः कानुन बिपरितका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन ।
प्रथा वा परम्परा कानुनका प्राचीन स्रोत हुन् ।धार्मिक आस्थाले उनिहरूको कानुनमा कुनै न कुनै प्रकारको प्रभाव पारेको हुन्छ । 
बिदेशीको हकमा पनि लागु हुने ः बिषय, प्रसङ्ग वा प्रकृतिले कुनै कानुनी ब्यवस्था नेपाली नागरिकलाई मात्र लागु हुने अवस्थामा बाहेक यो सहिता वा देवानी कानुन सम्बन्धि अन्य प्रावधान बिदेशीको हकमा पनि समान रूपमा लागू हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper