banner
banner

विष्णुदेवी निजी गुठीको जग्गामा व्यक्तिको घर

धर्मरत्न श्रेष्ठ - -
सातगाउँ जात्रा अर्थात १७औं शताब्दीमा स्थापित  विष्णु देवी मन्दिरमा हरेक वर्ष मंसिर महिनाको दशमी तिथिमा सात गाउँको जात्रा हुने गर्छ । सतुंगल, बोसीगाउँ, ल्वहँकोट, मच्छेगाउँ, टौखेल, नैकाप, तीनथानाको जात्रा हुन्छ अर्थात विष्णुदेवी मन्दिर छेउ बल्खुलामा मिसिने ठाडोखोला पनि छ । यसलाई उत्तरगया पनि भनिन्छ । विष्णुदेवी मन्दिर सतुंगलमा पनि छ ।्
हरेकवर्ष हुने सातगाउँलेको जात्रामा रथ राति अध्यारोमा हुने भएकाले सार्वजनिक बिश्राम स्थल पनि छ तर हाल चन्द्रागिरी नगरपालिका ११ मा पर्ने सतुंगलको यो रथ विश्रामस्थलमा शक्ति र बाहुबलीको त्रास देखाएर व्यक्तिगत घर बनाउदै गरेकोले विष्णुदेवी निजी गुठीले नगरपालिका र सरकारका अन्य निकायमा सहयोगको लागि हारगुहार गरेको छ । गुठी मास्ने यस्ता षडयन्त्र विरूद्ध सबैले आँखा खोलौं । अन्यथा गुठीहरू यसैगरी हस्तक्षेप, अतिक्रमण गरेर समाप्त हुँदै जाने जोखिम बढ्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper