banner
banner

नेतालाई, क्या रमाइलो राजनीति

धर्मरत्न श्रेष्ठ- - 
सरकार बनाउन आफ्नै दलभित्र विद्रोह गर्ने गुणी व्यक्ति झलनाथ खनालका लागि ३० लाख कति ठूलो कुरा भयो र ? आफ्नो दिनुपर्ने होइन, राज्यकोष न हो ? अझ गुण लगाउन झलनाथ स्वस्थ भएर काठमाडौं फर्केपछि सर्प पालन र उनको प्रतिष्ठानलाई सरकारले अरू धेरै दिनसक्छ ।
गुण लगाउनेलाई कानुनको के कुरा । कानुन होस् कि नहोस्, सिधा होस् कि घुमाएर कान समाउनु परोस्, गुण लगाउनेलाई गुण तिर्न जान्दछन् देउवाजी ।
झलनाथ खनाल माधवकुमार नेपालको पदचापमा हिडिरहेका छन् । उनी प्रतिगमनकारी मान्छन् केपी ओलीलाई । उनको नेतृत्व ढाल्न माधव र झलनाथले सक्लान् नसक्लान् ? तर समान अधिकारसहितको अध्यक्ष दिंदासमेत माधव नेपाल ओलीलाई प्रतिगमनकारी नै देखिरहेका छन्, ओली सुध्रेनन् भनिरहेका छन् । कतै माधव नेपाल र झलनाथ खनाल इसाईको चक्रव्यूहमा त फसेनन् ?
माधव र झलनाथ खनालको यो विद्रोहले कम्युनिष्ट आन्दोलन अघि बढ्ला कि धरासायी होला ? कम्युनिष्ट एकताको बल बढ्ला कि सकिएला ? कोही सोच्दैनन् ।
र, आफ्नै पार्टीको सरकार ढालेर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउँदा कसै कसैले अपार्टमेन्टसमेत उपहार पाएछन् । क्या रमाइलो राजनीति गाँठे ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper