banner
banner

राजनीतिक छाप, चीनविरोधीलाई धाप

प्रेमसागर पौडेल- 
नेपालमा ईण्डो–पश्चिमाका एजेन्ट र विदेशी नागरिकहरूको ताण्डवनृत्यलाई समयमै रोक्न सकिएन भने यसले नेपालको अस्तित्व संकटमा पार्ने निश्चित छ । यसको प्रत्यक्ष सिकार चीन पनि हुनेछ । किनकि, नेपालमा जे जति र जे जस्ता राजनीतिक वा अन्य गतिविधि भइरहेका छन्, ती अधिकाँश चीनको विकास, समृद्धि, प्रगति र बढ्दो प्रभाव रोक्नका लागि भइरहेका छन् । नेपालमा ‘राजनीतिक छाप’ प्रयोग गरेर चीन विरोधी काम भइरहेको छ । अन्यथा अर्थ नलागोस् अधिकाँश नेताहरू इमानदार र वफादार छैनन् ।  नेपालका कुनै पनि राजनीतिक दलहरू उनीहरूले दाबी गरेको सिद्धान्त आँफैले पालना गर्दैनन् । उनीहरू न त प्रजातान्त्रिक हुन, न त कम्युनिस्ट नै । उनीहरूले ‘राजनीतिक छाप’ को प्रयोग ईण्डो–पश्चिमाका लागि खेतालाको काम गर्नका लागि मात्रै उपयोग गरिरहेका छन् । यिनीहरूको अन्तिम लक्ष्य र उद्देश्य भनेको चीनको विकास, समृद्धि, प्रगति र प्रभावलाई रोक्ने तथा चीन विखण्डनकारीको खेतालाको रूपमा काम गरेर अकुत कमाउने मात्रै हो । यो तितो यथार्थलाई समयमै बुझेर देश र जनताको स्थायित्व, विकास र प्रगतिका लागि देशको स्वार्थलाई आफ्नो स्वार्थ स्विकारेर अगाडि बढ्न ढिलाई गरियोभ ने पराधीन हुने वा अस्तित्व नामेट हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper