banner
banner

भद्रगोल व्यवस्था अनि झर्ला र खाउला भन्नेहरू

स्वयम्भुनाथ कार्की- -
संविधानको पालन गर्ने को भन्ने प्रश्न आएमा निसंकोच पाखा लगाईएका राजा भन्न सकिन्छ । आपैmलाई संविधानका जन्मदाता भन्नेहरूको संविधान पालनाको सोच पछिल्ला दुई रिट र त्यो सन्दर्भमा चर्चामा आएका अनेकौ सन्दर्भले प्रष्ट गर्छ । प्रजातन्त्र वा लोकतन्त्रको विश्वव्यापी अनि शास्वत परिभाषा नागरिकहरूको सर्वोच्चता हो । जो वर्तमान संविधानमा पनि जनताको नामले उल्लेख छ । अझ यो संविधान नै ‘नेपाली जनता’ले जारी गरेको उल्लेख छ । अर्थात लोकतान्त्रिक व्यवस्थामा राजनैतिक प्रश्नको छिनोफानो गर्ने सवैभन्दा माथिल्लो अदालत भनेको जनता नै हुन । अनि कुनै पनि बहानामा जनताले आङ्खनो सार्वभौमसत्ताको अभ्यास गर्ने औजार प्रयोग गर्न नपाउने अवस्था लोकतन्त्रको शास्वत मान्यता विपरित हुन्छ । अनि वर्तमान संविधानले जनतालाई दिएको एकमात्र औजार निर्वाचन नै हो ।
गणतन्त्रका दलहरू निर्वाचनबाट यति भयभित हुनुपर्ने अनेकौ कारणहरू हुन सक्छन् । तेल र पानीको मिश्रण बनाउन त्यसलाई प्रसस्त हल्लाउनु पर्दछ । अनि संसदलाई निर्वाचनबाट छानेर शुद्ध गर्न रोक्न सरकार जस्ता प्रकारको गठबन्धन भएर बनेको छ त्यो तेल पानीको मिश्रण भन्दा कम छैन । अझ कतिपय अवस्थामा त यसलाई आगो र पानीको संगम गराउन खोजिएको जस्तो पनि देखिन्छ । ज्यादा चलखेल, विचार विमर्शको मौका नदिई अधिवेशनको पहिलो दिन नै विश्वास माग्ने देउवाको कदमले उनलाई बा“की अवधिको निमित्त निष्कंटक प्रधानमन्त्री बनाई दिएको छ । सबै पक्षका आशामुखीहरूलाई झर्ला र खाउ“लाको आशामा राखेर निर्वाध बा“की अवधि पुरा गर्न सक्ने सहुलियतमा देउवा छन । अनि निर्वाचन घोषणा गरेर पटक पटक मिती सार्न कोरोनाको दर्जनौ लहर सहायक होला वा नहोला त्यो त भविष्यले बताउने कुरा हो ।
यो अवस्था पैदा गर्ने प्रमुख खुल्ला गोप्य कारण गणतन्त्र गुम्ने काल्पनिक डर हो । जवजव राजनैतिक खिचोलो हुन्छ राजावादी खाले आशामुखीहरू अव झर्ने भयो भनेर प्रफुल्ल हुन्छन् । उनीहरू तुरन्त गणतन्त्र ढलेको र राजसंस्था पुनस्र्थापन भएको सोम शर्मा स्वप्नमा मग्न हुन्छन् । अनि शुरू हुन्छ मान्छे छान्ने काम । हिजोका दिनहरूमा आस्था राख्ने जनताको मनमा आस्थाको दियो निभ्न नदिनेहरू अब भारी लाग्न थाल्छन् । राजसंस्थाका हकदारहरूलाई जनसाधारणसंग अलग्याउने पर्खाल बन्दछन् । उसैपनि राजा महेन्द्रको जस्तो राजा र सर्वसाधारण बीचको पर्खाल हटाउने प्रयत्न उनका सन्तानहरूबाट भएको देखिदैन । यदि भएको भए वर्तमान भद्रगोलमा मुलुक पर्ने नै थिएन । गणेशले शिव पार्वती वरीपरी घुमेर सुमेरू परिक्रमा गरेको देखासिकी गर्नेहरूले घेरिनमा आनन्द मान्दा आस्थाको दियो कायम राख्न कठिन हुन्छ । त्यसैले गणतन्त्र गुम्ने डर काल्पनिक हो ।
सत्ताले नै सबै काम गर्न संभव नै हुन्न । यदि यस्तो हुने भए नेपालमा भएका अनेकौ परिवर्तन पछि स्थिरता आउने थियो । राजा महेन्द्रको ११ बर्षको शासनमा कायम भएको स्थिरताले बा“की करिव १९ बर्षको अवधि धान्यो । यो स्थिरता राजा अर्थात सत्ता र जनता अर्थात सर्वसाधारण बीचको सम्वन्धको कारणले भएको थियो । त्यसपछि पाखा लगाईएका राजाले पनि राज्यप्रमुख अनि सरकार प्रमुख दु्वैको भुमिका लिएकै हुन । प्रत्यक्ष जनसम्पर्कबाट अलगिनाले राजसंस्था नै पाखा लाग्न पुग्यो । राजा वीरेन्द्रलाई योगी नरहरीनाथले दिएको सल्लाह ‘छाता आपैm ओड्नु पर्छ, छातेलाई दिन हुन्न’ थियो । यो सल्लाहको चुरोमा पुग्न ती ‘छाते’हरूले नै दिएनन् । पाखा लगाईएको यत्रो समयसम्म पनि जनसम्पर्कबाट टाढा हुनुको अर्थ वर्तमान भूमिकामा संतुष्ट हुनु हो कि परेको वेला गर्न सकिन्छ भन्ने भ्रमपूर्ण आत्मविश्वास हो ?
आङ्खनो कुनै प्रयत्न इच्छा अनि चाह नै नभई दुई पटक गद्धि आईलागेको थियो । त्यसै गरेर भाग्यको भरमा बस्नै नहुने भन्ने कुरा हैन । योगक्षेम भनिन्छ योग भनेको प्राप्ती हो क्षेम भनेको त्यसको रक्षा हो । पछिल्ला दुवै अवस्थामा योग त भयो क्षेम हुन सकेन । प्राप्ती भाग्य हुन सक्छ तर रक्षा कर्मले नै हुन्छ । केही समय पहिले अस्थिरता देखिएको थियो राजावादी आशामुखी झरिला थिए । वर्तमानमा अर्काखाले आशावादी झरिला भएका छन् । पद पाएर निर्वाचन खर्चको जोहो गर्न पाईने भयो भन्ने आशामा देखिन्छन । उसै पनि दलको आधारले पाएको पदबाट पाउने लेभीको लोभ दलहरूलाई पक्कै होला । यो अवस्थाले जनताले पाउने भनेको महंगी र अभाव नै हो । त्यसैले यसको विलोममा राजसंस्थाको सोच अहिलेसम्म पनि कायम छ । तर आङ्खनो प्रयत्त्न वेगर झर्ला र खाउ“ला भन्ने आशामुखीहरू अनि अलिकती आशा देख्ने वित्तिकै सहयोगीहरूलाई वेवास्ता गर्ने सल्लाहकारहरूले त्यो सोच समाप्त पार्दैछन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper