banner
banner

अग्रवाल महिलाले गाईको विषयमा प्रतियोगिता

नेपाल अग्रवाल महिला संगठन तदर्थ समितिले नेपालको राष्ट्रीय पशु “गाई“ को विषयमा एउटा प्रश्नोत्तर प्रतियोगिता ओनलाईन वाट्सपको माध्यमबाट गराएको छ । लकडाउनको समयको सही सदुपयोग गर्ने उद्देश्यले उक्त प्रतियोगिता गराइएको हो । तीनजना संयोजक क्रमशः उमा अग्रवाल (विराटनगर) सुमन चिरानिया (जनकपुर) र मीरा अग्रवाल (हेटौड़ा) को संयोजकत्वमा भएको यस प्रतियोगितामा कुल ६० जना अग्रवाल महिला दिदी बहिनीहरुले भाग लिनु भएको थियो । उक्त प्रश्नोत्तर  प्रतियोगितामा जम्मा १५ वटा प्रश्नहरु सोधिएका थिए । प्रतियोगिताको नतिजा यसै आषाढ़ ८ गते मंगलवार प्रकाशन गरिएको छ । प्रतियोगितामा जम्मा ६ जना प्रतियोगीहरु प्रथम, १६ जना द्वितीय र १५ जना प्रतियोगी दिदी बहिनीहरुले तृतीय स्थान हात पार्न सफल भएकी छन् । त्यसै गरी चतुर्थ स्थान प्राप्त गर्ने ९ जनालाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार पनि दिइएको छ। प्रथम स्थान हासिल गर्न सफल हुनेहरुमा क्रमशः वर्तिका खेतान( विराटनगर), शिल्की अग्रवाल (भद्रपुर) , सरोज अग्रवाल (धनगढी), अनिता सरावगी (जनकपुर),मीना देवी अग्रवाल (हेटौड़ा) पुष्पा देवी जालान (जनकपुर) हुनु हुन्छ। सबै प्रतियोगी एवम् विजेताहरुलाई ई सर्टिफिकेट प्रदान गरिएको छ। 
रिपोर्ट– इन्दु तोदी, धरान  

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper