banner
banner

भारतमा पटेलको बिरोध किन हुन्न ?

स्वयम्भुनाथ कार्की- - 
नेपालको राजपरंपरा सबै भन्दा भिन्न रहिआएको छ । नेपालमा राजाहरूले जनताको स्नेह र आस्थामा टिकेको देखिन्छ, कसैकसैले लगाएको आरोप भैm सेनाको भरले होइन । यस कुराको प्रमाणको रूपमा अहिले गणतन्त्रकालमा भएको सेनाको अत्यधिक प्रयोग त्यो पनि आन्तरिक नागरिक माथी भएकोले देखाउछ । एकिकरण र अन्य विभिन्न युद्धकालमा शाहराजाहरूले विपक्षीहरू विरूद्ध सेनाको प्रयोग गरे । त्यो पनि संभव भएसम्म चतुराई, कुटनीतिक कौशल ज्यादा प्रयोग भयो जसलाई केपुचिन पादरीका प्रचार युद्धको हतियारका प्रभावमा आएकाले छलकपट भन्ने गर्दछन । 
मध्ययुगको बर्बर चलन अनुसार पृथ्वीनारायण शाहले ती पादरीहरूलाई देश निकालाको स्थानमा अरू सजाय दिएका भए करिव तीन शतव्दी पछिको वर्तमानमा तिनीहरूले रोपेको हल्लाको बोटको शिकार हुनुपर्ने थिएन । अन्यत्र राज्य एकिकरणकर्तालाई अपशव्द बोल्नेको अभैm जुनहाल हुने गर्दछ त्यही हुने थियो । नेपालमा नेपाली भएर अधिकार दावी गर्ने तर नेपाल बनेको घटनालाई आतातायी भन्ने कृतध्नहरू मौलाउन पाउने थिएनन् । आधुनिक नेपालको अस्तित्वलाई मनपरी लेखेका कितापका चर्चा हैन बहिष्कार हुने थियो । कसैले आज जर्मनमा विस्मार्कलाई अपशव्द बोलेर देखाओस, भारतमा सरदार वल्लभभाई पटेलको र पाकिस्थानमा जिन्नाको कसैले अपमान गरोस त कुन हाल हुन्छ ?
यो नेपालको राजपरम्परामा राजाहरूले जनतालाई दिएको मान अनि माया हो । सेनाको व्यारेकमा गरिएको सशस्त्र आक्रमणको प्रतिकार गर्ने काम भने सेनाको दुरूपयोग देख्ने अनि यो संविधानमा केही कमी छ भनेर असहमती जनाउने नागरिकलाई दवाउन सेनाको प्रयोग गर्ने काम भने न्यायपूर्ण देख्नेहरूले नै नेपालको राजसंस्था सेनाको बलमा टिकेको देख्छन । केपुचिन पादरीको बदला अभियानद्वारा प्रायोजित प्रचार अभियानको बिष वमनलाई नयाँ सोच भन्ने भ्रान्ति राख्छन् । अहिलेसम्म मिलेर बसेका नेपालीहरूमा भावनात्मक एकता नदेख्ने तर युगौदेखि सुखदुख साझा बनाएर बसेका विच काटाकाटलाई समावेशी सौहार्दता मान्नेहरूको बिउ बचेको नै राजाहरूको जनता प्रेमले हो । यदि आरोप लगाईए जस्ता राजाहरू हुन्थे भने यस्ताको उहिले समुल नाश भैसकेको हुने थियो ।
केही लाख प्रदुषित सोचका नेपाली बाहेक अरू नेपाली जनता राजा कुना लगाएर लादिएको गणतन्त्रको दशक वित्दा पनि र कथित गणतन्त्र संस्थागत गर्ने संविधान लागु भएपछि पनि अभैm राजालाई स्नेह गर्दछन, मान गर्दछन् र आस्थाको केन्द्र मान्छन् भन्ने कुरा लगातार प्रकट हुँदैछ । भर्खर ‘राजा’को मुटुको रोगको उपचारको वेला उर्लेका जनता बोलाएर आएका हैनन् । आपत्कालिन उपचारको समाचार पाउने वित्तिकै उनको स्नेहले वशिभुत भएर जम्मा भएका हुन् । करिवकरिव नकारात्मक ख्याति भएको वेला मौका छोपेर कुना लगाउन सफल भए पनि निरन्तर नेपालीले राजसंस्थाप्रति आस्था देखाई रहेका छन ।
कारण के हो थाहा छैन तर ‘राजा’ले भने जनतासंग प्रत्यक्ष सम्वन्ध राख्न खासै रूचाएको देखिएको छैन । तर जनताले भने आङ्खनो आस्था मौका पाउने वित्तिकै प्रकट गरेको छ , चाहे त्यो दर्कने पानीमा घण्टौ भिजेर वा टंटलापुर घाममा घन्टौ सेकिएर लामवद्ध भएको छ । यो राजसंस्थाका पहिलेका प्रतिनिधिहरूले राखेको परंपराले पैदा भएको आस्थाको असर हो । २८ सालदेखि सिधा सम्वन्धको स्थानमा औपचारिक तथा माध्यमद्वारा राजासँग सम्वन्ध भए पनि जनताले आङ्खनो आस्थामा कमी आउन दिएको छैन । गद्धिबाट हटाईएपछि ‘राजा’ले मुलुक छोडेनन् भने त्यो उनको जनता माथीको विश्वास हो तर त्यो विश्वास गुम्न नदिएर जनताले पनि आफ्नो मायामा कायम रहेको छ ।
जनता मायामा कायम मात्र रहेको छैन श्री ५ भन्नेलाई ठाडो कारवाही हुँदा पनि भन्न छोडेको छैन । ‘राजा’लाई गद्धि च्यूत भएको महसुस गरेको पनि छैन मुलुकको सरकाले जे गरोस् वा भनोस् वास्ता छैन । आफ्नो पार्टीले जेसुकै भनोस त्यसलाई औपचारिकतामा छोडेर भए पनि मनले ‘राजा’ मानेको नै छ । तर विस्तारै जनताको यो माया, यो आस्था एकतर्पिm जस्तो देखिदै जाँदैछ । शाहवंशको जनतासंगको प्रत्यक्ष सम्वाद र सम्पर्क महेन्द्र पछि जनताले अनुभव गर्न पाएका छैनन् । केही सय मान्छेहरूको माध्यमबाट ‘राजा’सम्म पुग्नुपर्ने कुरा जनताको निमित्त सुखद हैन । जवसम्म ‘राजा’ र जनताको प्रत्यक्ष सम्वन्ध स्थापित हुन्न सबैकुरा कठिन देखिन्छ तर यो सम्वन्ध कायम हुने वित्तिकै सबै कठिनाई विलाएर जानेछन् । किनभने नेपालको राजपम्ंपरा अन्यत्र भन्दा फरक छ, राजा र जनताको संयुक्त शक्तिको सामुन्ने अन्य केही टिक्न सक्दैन चाहे त्यो विश्व नियन्त्रण गरेका दम्भ गर्ने विदेशी शक्ति नै किन नहोस् ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper