banner
banner

कोरियाली जनताको राष्ट्रिय पुनःएकीकरणको न्यायपूर्ण चाहनामा समर्थन र ऐक्यवद्धता

कोरिया विभाजन भएपछिको पहिलो उत्तर दक्षिण सम्झौता भएको ४९औं वर्षको उपलक्ष्यमा यो समिति हार्दिक स्वागत गर्दछ ।
यो ऐतिहासिक सम्झौता जुलाई ४, १९७२ ले राष्ट्रिय एकताको लागि दुवै पक्षले इच्छा र आकांक्षा व्यक्त गर्दै उत्तर–दक्षिण र बाहिर बसेका सम्पूर्ण कोरियालीहरुको ठूलो प्रयास र महान राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिएको छ । राष्ट्रिय पुनःएकीकरणको तीनवटा सिद्धान्त– स्वतन्त्रता, शान्तिपूर्ण एकीकरण र महान राष्ट्रिय एकता जसलाई राष्ट्रपति किम इल सुङले अगाडि सार्नु भएको थियो– लाई स्वीकार गरिएको छ ।
जुन १५, २००० को उत्तर दक्षिण ऐतिहासिक शिखर घोषणा, अक्टोवर ४ को विज्ञप्ति र २००० र २००७ मा भएका शिखर वार्ताहरु यही जुलाई ४, १९७२ को ऐतिहासिक घोषणाको प्रतिफल हो ।
त्यसैगरी कोरिया राज्य सञ्चालनका महामहिम राष्ट्रपति मार्शल किम जोङ उनले दृढ एकता र जनता तथा राज्यको भाषामा राष्ट्रपति किम इल सुङ र नेता किम जोङ इलको जीवनभरिको चाहना र कोरियाली राष्ट्रको एकमात्र पुरानो चाहना पूरा गर्न २०१८ मा मात्र तीनपल्ट उत्तर दक्षिण शिखर वैठक आयोजना गर्न मेहनत गर्नुभयो । महासचिव कमरेड मार्शल किम जोङ उनले राष्ट्रिय एकता, शान्ति, सम्बृद्धिको कोरियाली जनताको न्यायपूर्ण संघर्षलाई दरिलो नेतृत्व प्रदान गरिरहनु भएको छ ।
यस अवसरमा हामी राष्ट्रपति किम इल सुङद्वारा प्रस्तावित १९८० अक्टोवरअनुसार Democratic Confederial Republic of Korea (DCRK) को महान राष्ट्रिय एकता प्राप्त गर्ने तरिका, ६ अप्रिल १९९३ मा राष्ट्रपति किम इल सुङद्वारा अगाडि ल्याइएका महान राष्ट्रिय एकताका लागि १० सूत्रीय कार्यक्रम, अगस्त ४ १९९७ मा कमरेड किम जोङ इलले जोड दिनु भएको राष्ट्रिय पुनःएकीकरणका लागि महान नेता कमरेड किम इल सुङ्को निर्देशनहरु पालना गर्र्दै अझ अगाडि बढौं भन्ने महान विचारलाई सम्झन चाहन्छौं ।
यस अवसरमा हामी उत्तर दक्षिण शिखर घोषणा, संयुक्त विज्ञप्ति तथा सम्झौताहरु व्यवहारमा अक्षरसः पालना होस् भन्ने जोडदार माग गर्दै कोरियाली जनताको राष्ट्रिय पुनःएकीकरणको न्यायपूर्ण चाहनामा समर्थन र ऐक्यवद्धता पुनः प्रकट गर्दछौं ।
जुलाई ४, २०२१

कोरिया एकीकरण प्रवद्र्धन समिति नेपाल

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper