banner
banner

सरकार तात्नुपर्छ अब

सीमाविद बुद्धिनारायण अनुसार– भारतले सीमारेखाको ३०० मिटरदेखि ३ किलोमिटरभित्र, बाँध, ब्यारेज, तटबन्ध, जोर्तीबाँध, चक्रबाँध, अग्लो राजमार्ग बनाएको छ । यस्तो संरचनाले नेपालबाट बगेर भारततर्पm जाने नदी तथा मनसुन वर्षाको पानीको प्राकृतिक बहाव रोकिन पुग्छ । परिणामतः नेपालको सिमाना डुबानको चपेटामा पर्न जान्छ । १५ संरचनाले गत वर्षायाममा ८,२०० हेक्टर नेपाली भूमि डुबानमा परेको थियो । हिउँदको याममा पनि १,८८० हेक्टर जमिन डुबानमा परिरहन्छ । अन्तर्राष्टिय अभिसन्धिहरू अनुसार भारतले एकतर्फी   तरिकाले बनाउन पाइँदैन भनी भारतलाई हाम्रो सरकारले भन्नसक्नु प¥यो ।  वर्षामा भारतीय बाँध, ब्यारेजका ढोकाहरू प्राय सबै खोल्न लगाउनु पर्छ ।  बनाइएको संरचनाबाट प्राकृतिक बहाव जाने निकास तुरून्त खोल्न दबाब दिनु पर्छ । यसका लागि अन्तर्राष्टिय लविङ् पनि गर्नुपर्छ । नेपाली जनताको बाँच्न पाउने मानव अधिकार र सम्पत्तीको उपभोग गर्ने अधिकारको रक्षा गर्न सरकार तात्नु पर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper