banner
banner

साल्ट ट्रेडिङ सिध्याउन नूनमा पनि भ्रष्टाचार

काठमाडौं । सरकारका आर्थिक सल्लाहकार बन्नपुगेका मोतीलाल दुगडलाई पोसेर आमनागरिकले खाने नुनमा पनि भ्रष्टाचार ? योभन्दा गलत कार्य अरू के हुनसक्छ ? यिनै दुगडका लागि अर्थ मन्त्रालयले नुन आपूर्तिमा निजी क्षेत्रलाई बाटो खुलाइदिएको छ । यी तिनै दुगड हुन् जसले बिना लाइसेन्स दुगड स्पाइसेस एन्ड फुड प्रोडक्ट प्रालिका नाममा १६ दोब्बर मूल्यमा सेन्चुरी नुन बेच्दै आएका छन् । दोषीलाई कारवाहीको बदला पुरस्कार, अचम्म छ नेपालमा ।
सरकारी स्वामित्वकै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत नुन आपूर्ति हुँदै आएकोमा बजेटमार्फत आयोडिनयुक्त नुन कारोबारमा निजी क्षेत्रलाई सहभागी गराइनु काम पाइनस् बुहारी...को चाला हुनपुगेको छ । बजेटमा भनिएको छ– ‘आयोडिनयुक्त नुन आपूर्ति सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ ।’
सरकारको यो निर्णयबाट उपभोक्ता मञ्चसमेत खुशी छैन । बजेटमै आउनु आपत्तिजनक रहेको, नुनको बिक्री खुलाउन नीतिगत भ्रष्टाचार गरिएको बताउँछ । यसवीच ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बृहत्तर जनताको हितका लागि हुनुपर्ने कानुन निहित स्वार्थका लागि गरिनु नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।
यो सब साल्ट टे«डिङ सिध्याउने प्रपञ्च हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper