banner
banner

लोकतन्त्रले भरोसा दिएन

शाश्वत शर्मा- -
ईश्वरप्रति आभाभर । हाम्रा राजारानी कोरोनाबाट मुक्त भए । भारतको हरिद्वारमा आयोजना भएको कुम्भमेलामा स्नान, रथयात्राको सम्मान लिएर फर्किएपछि कोरोना संक्रमण देखिएको थियो । एकथरिको विचारमा यस्तो महामारीमा राजारानी कुम्भमेलामा जानै हुँदैनथ्यो । यस्तो महाविपतमा कुम्भमेला भर्न जाने सल्लाह दिने जोसुकै होस्, ती कति शुभचिन्तक हुन् ? राजा छन् र जुनसुकै विपतबाट मुक्ति पाइन्छ भन्ने आशा मर्न पाएन ।
देश महामारीको चपेटमा परिसकेको छ । सामान्य अक्सिजन नपाएर नेपाली दिनदिनै मरिरहनु परेको छ । अस्पतालका मूर्दाघर भरिसके । सन २०१९ मा देखिएको कोरोनालाई रोकथाम गर्ने उपाय सरकारले लिनै सकेन । सत्ताको हानाथापमा सत्ता र विपक्ष दुबैथरि  व्यस्त रहे । बिडम्बना, जब कोरोना सत्सर्गमा पुग्यो, तब पनि सत्तापक्ष र विपक्ष दुबै संसदमा बहुमत र अल्पमत, सत्ता परिवर्तनको खेलमा नै देखिए । यता नागरिक मरिरहे, उता सरकार र प्रतिपक्ष सत्ताको रणनीतिमा नै भुलिरहे । फेउरि पनि भनौं, राष्ट्रकै अभिभावकमा दरिएकी राष्ट्रपति अस्पताल गइनन्, जनता किन मरे आजसम्म सोधखोजसम्म गरेकी छैनन्, उनलाई सत्ता निकट रहेर रणनीति बनाउँदैमा फुर्सत देखिन्न । महामारी नियन्त्रण गर्नेतिर होइन कि असन्तुष्ट पक्षलाई फकाउन र विपक्षलाई धरापमा पार्नु नै उनको कर्म देखियो । उनको समेत सहयोगमा ओली सरकार बच्यो, यता जनता बचेनन्, हरेक दिन संक्रमित बढिरहेका छन्, अक्सिजन नपाएर मरिरहेका छन् ।
समष्टिमा भन्नुपर्दा प्रधानमन्त्री र राष्ट्रपति सत्ता षडयन्त्रमा व्यस्त रहे ।
विपक्षी दलहरूको नियत पनि सत्ताभन्दा अरू थिएन । सत्ता प्राप्तिका लागि सत्तापक्षभित्रकै असन्तुष्ट र विपक्षीले के मात्र गर्न बाँकी राखेनन् । सांसद किनबेचसममको अनैतिकताका खेलहरू पनि देखिए, सुनिए । संविधान र जनताप्रति जवाफदेही कोही पनि देखिएनन् । देशको उत्तरदायित्व कसैले पनि लिएनन् । सामान्य औषधि, अक्सिजनको अभावमा बाटोमै, टेक्टरमा, एम्बुलेन्समा, अस्पतालको ढोकैमा समेत नागरिकले ज्यान गुमाउनु प¥यो । योभन्दा अलोकतान्त्रिकता अरू के हुनसक्छ ? नेताहरूलाई फुर्सद थिएन, रातदिन दौडादौड गरिरहे, यो दौड जनसेवाका लागि होइन, सत्ताका लागि थियो । यस्ता महामारीको चपेटामा परेका जनता मरिरहदा पनि प्रधानमन्त्रीको खेलमा सबै दौडिरहे । यो राष्ट्रिय एकता बनाएर कोरोनाको महामारीबाट जुध्ने समय थियो, जनतालाई बचाउने समय थियो, जुन पार्टी नेताहरूले गुमाए । जनता मरे, जनताको भार यिनले बहन गरेनन् ।
प्रधानमन्त्रीको नियत खराव होला, सत्ता टिकाउन र मध्यावधि सही थियो भन्ने जवाफ फर्काउनु होला । विपक्षीहरूको नियत पनि खराव थियो । उनीहरूलाइृ सत्ता परिवर्तन गर्नुथियो, ओली फाल्नु थियो भने पहिले महामारीबाट जुधेर पछि यो म्याजिकल चेयरको खेल खेल्दा पनि हुनेथियो । यही नै बेला यस्तो कुकर्म, अराजनीतिक, अधर्मी खेलमा लाग्नु लोकतन्त्रको नै उपहार हुनपुग्यो । नेपालमा लोकतन्त्र जोकतन्त्र, अमानवीय तन्त्र हुनपुग्यो भन्ने प्रमाणित हुनपुग्यो । कोरोनाको चरमोत्कर्षमा पुेका बेलामा भएको यो राजनीतिक नौटंकीबाट जनता हतास र निरास छन् । अपवित्र गठबन्धन, नेताहरूको किनबेचको, डोलेश्वर रिसोर्टमा लुक्ने लुकाउने खेलदेखि दूतावाससम्म पुगेका र कूटनीतिज्ञहरूको दौडधूपले समेत नेपालमा लोकतन्त्र भनेको विदेशीतन्त्र, अपराधीतन्त्र शिद्ध हुनपुगेको छ ।
जनता मरिरहे, जनतालाई बचाउन, अस्पताल र अक्सिजन, उपचार र औषधिको प्रवन्ध गर्न कुनै नेताले चासो देखाएनन् । विदेशमा नेताहरू जनतालाई बचाउन के गर्न सकिन्छ भनेर पक्षविपक्ष सबै एक भएर लागिरहेका देखियो, नेपालमा लोकतन्त्रलाई अपराध पद्धति शिद्ध गर्न लोकतन्त्र ल्याएको भन्नेहरू नै लागेको देखियो । अनेक विकास निर्माण उद्घाटन भए, अनेक नाटक देखाइयो, तर अस्पताल, अक्सिजन, उपचारको व्यवस्था के छ भनेर सत्तादेखि सांसदसम्म, बुद्धिजीवीदेखि नागरिक समाजसम्म कोही लागेको देखिएन । ९ लाख कार्यकर्ता छन् भन्ने पार्टीहरूले कार्यकर्तासमेत परिचालन गरेनन् । यसपछि जनता मर्नुथियो, दिनदिनै संक्रमित बढेर गएको छ, संक्रमितहरूको मृत्यु भइरहेको छ ।
शव व्यवस्थापन गर्न नै सकस परिसक्यो । बोल्न पाउनुमात्र लोकतन्त्र हो ? हो भने यही सेरोफेरोमा हामी मरिरहेका छौं । लोकतन्त्रमा जनप्रतिनिधिको दायित्व के हो ? सरकारले लोकका लागि शिक्षा, स्वास्थ्य, सुरक्षामा गर्नुपर्ने के के हुन्, जनताले बेवास्ता गरेका छन् । जनताको यही कमजोरीका कारण जनता जतिसुकै चिच्याए पनि राजनीतिले, सरकारले सुनिरहेको छैन ।
सत्ता फेर्न चाहनेले सकेनन्, सत्ता टिक्यो । राष्ट्रपतिले शपथ ख्वाइन्, विवाद बढ्यो, भयो के ? बाँच्नुपर्ने जनताको ज्यान हो । पाउनुपर्ने जनताले उपचार र अक्सिजन हो । हुनुपर्ने जनताको साथमा जनप्रतिनिधि हुन् । जनताका साथमा कोही पनि छैनन्, जनताको शवमा कुनै नेता दुःखी भइरहेको छैन ।
दुःखी छन् किनारा लगाइएका राजा । जनताको यो बेहालमा राजाले केही गर्नुपर्छ । जनताले खोजेको राजसंस्था हो । जनताले खोजेको जिम्मेवार राजा हो । राजा भएको भए यस्तो बेहाल हुनेथिएन । जनताले खोजेको भरोसा हो ।सांसदलाई खोप पैले, पीसीआर सित्तैमा
काठमाडौं । सांसदले तलव, भत्ता, सुविधा केही पनि छाडेनन् । विकास बजेटको बर्बादी पनि गरिरहेका छन् । सांसदहरूले एकमुख भएर तलव, भत्ता, सुविधा, विकास बजेटले कोरोना अस्पताल बनाउ, खोप ल्याउ, बढीभन्दा बढी पीसीआर गर भनेर सरकारलाई आग्रह गर्न सकेनन् ।
सांसद भनेका त जनसेवक होइन, मालिक नै पल्टेको देखियो ।
कोरोनाले आफू बाँचौं, जनता मरे मरून् भन्ने सोच हरेक सांसद, मन्त्रीको देखियो । जनताले खोप पाएनन्, सांसदलाई संसदमै खोप लगाइयो । जनताले २ हजार तिर्नुपर्छ, प्रत्येक सांसदको पीसीआर पनि जनताकै करबाट निशुल्क गरियो । कुनै सांसद कोरोना संक्रमणले, अक्सिजन नपाए, उपचार नपाएर मर्नुपरेका व्यक्तिको परिवारलाई शान्त्वना दिन गएनन् । लोकतन्त्र यतिसम्मको निरङ्कूश हुनसक्ने रहेछ । कोरोना कहरले लोकनेतालाई नैतिकहीन देखाइदियो ।
आफू विरामी भए विदेश जानेहरूले जनता जाने अस्पताल किन हेर्थे ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper