banner
banner

महामारीमा पनि नेताहरू एक भएनन्

धर्मरत्न श्रेष्ठ- - 
हरेक दिन जनता मरिरहेका छन् । अकालमा मर्नु जनताको नियति बनेको छ । लोकतान्त्रिक पद्धतिले शिक्षा, स्वास्थ्यमा प्रत्याभूति दिनुपर्ने हो तर नेपालको लोकतन्त्रले जनतालाई पीडा र हाहाकारमात्र दियो । कर उठाउने साधन सम्भ्mयो । करको दुरूपयोग ग¥यो, करबाट जनताका लागि उपचारसम्म दिएन । यहीकारण हो कोरोनाको महामारीले जनतालाई हरेक दिन मारिरहेको छ । जनताले उपचार पाएनन् ।
अक्सिजनको अभावमा जनता मर्नेक्रम रोकिएको छैन । उपचारको प्रवन्धमा सरकार चुक्यो, जनप्रतिनिधि र प्रतिपक्षीहरूले पनि सरकारलाई साथ दिएनन् । सबै काम सरकारकै हो भनेर जनप्रतिनिधिले मिच मार्दा संक्रमित बढे, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्यो । यस्तो महामारीमा अब के गर्ने भनेर सरकार, प्रतिपक्षी, नागरिक समाज सबै मिलेर उपाय निकाल्नुपथ्र्यो, उपचारको समुचित प्रवन्ध गर्नुपथ्र्यो । राजनीति गर्नेहरूले राजनीतिलाई व्यवसाय बनाए, खुट्टा तान्ने र आफू सत्तामा जाने अवसरको खोजीमा समय बिताए । प्रशासनले यही मौकामा कमाउने हो भनेर गैरजिम्मेवार बन्न पुग्दा जनता मरे, जनताले अकालमा ज्यान गुमाउने क्रम जारी छ । अझै पनि एकढलो भएर महाविपतसँग लड्नुपर्छ, बाँचियो भने राजनीतिक झगडा गरौंला भन्ने सोच कसैमा पनि देखिदैन ।
यस्तो बेलामा पनि स्वागतद्वार, भ्यू टावर, रंगशाला, हल, पार्क बनाउने होडबाजी जारी छ । भएका रूख काटेर सिमेन्टका नक्कली रूख बनाउने पागल सोच गाउँसम्म देखिन्छ । यस्तो नालायक काम पनि लोकतन्त्रमा भइरहेको छ । आखिर किन र कुन योजनाविदले यस्तो गलत सुझाव दिइरहेका छन् । यथार्थमा कमिशन र भ्रष्टाचारकै लागि भएका प्राकृतिक रूख काटेर सिमेन्टको जंगल बनाउने होडबाजी देशैभरि चलिरहेको छ । देखेर पनि सबै चुपचाप देखिन्छन् ।
हुन त रूखपातबाट अक्सिजन पाइन्न भन्ने मन्त्री छन्, यस्तो देशमा हुने भ्रष्टाचार नै हो, काटिने रूख नै हो र मोटाउने भ्रष्टाचारी नै हुन् ।
 सिमेन्टको रूख, स्वागतद्वार, भ्यू टावर, रंगशाला, हल, पार्क बनाउन तत्पर हुने स्थानीय निकायले अक्सिजन प्लान्ट राख्न पहल गरे हुन्न ? महाविपत, महामारीमा नजागेको सरकार कहिले जाग्छ ? जनप्रतिनिधिहरू कहिले ब्यूँझन्छन् ? यी सरकारहरू भनेको जनताका लागि हुन् । यिनले सेवा गर्ने भनेको जनताको हो । जब जनता अकालमा मृत्यु वरण गर्न बाध्य भइरहेको छ र त्यो पनि अक्सिजन र उपचार नपाएर भने यी निकायहरूले युद्ध स्तरमा अक्सिजन प्लान्ट र अस्पताल स्थापनामा जोड दिनुपथ्र्यो । अहिले पनि जनप्रतिनिधिहरू जनता मरेको लाश गनेर र कोरोनाले मारिएछन् भनेर हल्ला गरिरहेका छन् । जो म¥यो, त्यो देश मरेको हो । सार्वभौमिकता र राष्ट्र मरेको हो । संविधान र पद्धतिमात्र होइन, जनप्रतिनिधिहरू आफै मरेका हुन् । सबैले बुझ्नुपर्छ, राष्ट्र भनेको जनता हुन् । राष्ट्रियता भनेका जनता हुन् । जब जनता मर्छन्, बाँकी के रहन्छ ? यसकारण हरेक तह र तप्का, हरेक व्यक्तिले जे सक्छ, त्यो कोरोनाविरूद्धको युद्धमा लगाउनुपर्छ । यो समय आफै बाँच्ने र अरूलाई बचाउने समय हो । यतिबेला पनि नजागेको एकता कहिले जाग्छ ? यो समय सत्ता लडाइँको थिएन । अब सत्ता लडाइँ पनि सकियो । हरेक दल, हरेक व्यक्ति कोरोनाविरूद्धको लडाइँमा लाग्नुपर्छ । जो जुनसुकै विचार राखोस्, कोरोनाविरूद्धको लडाइँमा एकैमत एकै साथ भएर हिड्न जरूरी छ । तबमात्र कोरोना भगाउन सकिने छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper