banner
banner

चीनप्रतिको भरोसा तोड्न खोजिदैछ

प्रेम सागर पौडेल
अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी

नेपालमा जनस्तरमा सबैभन्दा बढी लगानी इण्डियाको छ । त्यसपछि एनजीओरआईएनजिओ मार्फत पश्चिमाको लगानी छ । यद्यपि नेपाली जनतामा चीनप्रतिको विश्वास र भरोसा बढी छ । किन ? पछिल्लो समय पश्चिमाले यसै विषयमा अध्ययन गर्न करोडौं डलर खर्चिरहेको छ । जबसम्म नेपाली जनतामा रहेको चीनप्रतिको विश्वास र भरोसा तोड्न सकिंदैन, तबसम्म नेपाललाई अस्थिर, अलगथलग र नियन्त्रण गर्न सकिंदैन भन्ने ईण्डोपश्चिमाले राम्रोस“ग बुझेको छ । नेपालमा रहेका चीनका वास्तविक नेपाली मित्रहरू र जनस्तरमा रहेको चीनप्रतिको विश्वास अनि भरोसा यी दुईवटा पक्षलाई निमिट्यान्न पार्नका लागि पश्चिमाको लगानीमा उच्चस्तरीय केही नेताहरू, पदाधिकारी तथा अन्यलाई योजनावद्ध परिचालन गरिएको छ ।
आजको स्थिति ः यो महाविपतमा जनता उपचार नपाएर मरिरहेका छन्, खोप कसरी ल्याउने भन्ने चिन्ता र चासोसमेत देखिदैन । चीन विशेष सहयोग गर्न चाहन्छ तर नेपाल सरकार सहयोग लिइरहेको छैन, किन होला ? 
भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका कोरोना संक्रमितहरूलाई पटक पटक अनुरोध गर्दा समेत भर्ना गरिनन, संक्रमित छटपटाएर मर्नुपरिरहेको छ ।
दिनप्रतिदिन कोरोना संक्रमणबाट ग्रसित हुनेको संख्या र मृत्युदर बढिरहेको महामारीको बेलामा निजी अस्पतालहरूले नया“ मूल्यसूची ल्याएछन, त्यो अनैतिक हो । चिकित्सकले अहिले शुल्क बढाउन अस्वीकार गर्नुपर्छ । तर गरेका छैनन् ।
महामारी तीब्र विस्तार भैरहेको र अस्पतालमा भर्नाहुन नपाएर विरामी अकालमा मरिरहेको अहिलेको अवस्थामा नया“ दरवन्दी थप्न र अस्पताल बनाउन निर्देशन दिएको घोषणाले मात्रै पुग्दैन, सरकारका सबै सामर्थ्य युद्धस्तरमा प्रयोग गरी थप शैया तथा स्वयंसेवा, तत्काल जनशक्ति आपूर्ती गर्न अति आवश्यक छ ।
कोभिड १९ महामारीस“ग लडिरहेकाहरूका लागि पलपल महत्वपूर्ण छ । भर्ना हुन आएका र भएका बिरामीलाई क्षमताले भ्याएन भनेर चासो नदिनु, सेवा कटौति गर्नु कतिसम्म लापरबाही हो ? सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
मेरो अनुरोध–
आ–आफ्नो स्वास्थ्यप्रति आफै सचेत होऔं । सरकारले उपयुुक्त उपचार ब्यवस्था गर्न नसकेको अवस्थामा हामी आफै चनाखो हुनुपर्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper