banner
banner

प्रधानमन्त्री, मुख्यमन्त्री जनताको उपचार गर्छन्

काठमाडौं । भारत गोवाका मुख्यमन्त्री डा.प्रमोद सावन्त, भुटानका प्रधानमन्त्री डा.लोते छिरिङ नागरिकहरूको उपचारमा खटिरहेका छन् । नेपालमा त राष्ट्रपति बनिसकेका डा.रामवरण यादव जनताको कर खाएर सुतिरहेका छन्, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सरकार संक्रमितको चाप थेग्न सकिन्न भनेर हात उठाउँछन् । नागरिक समाज, सांसद, ठूला ठूला नेताहरू जनता मरेको समाचार हेरेर बसिरहेका छन् । कोरोनाको महाविपतबाट जनतालाई कसरी बचाउने भनेर एकै थलोमा त परैको कुरा, एक्लाएक्लै पनि चिन्ता गरिरहेका छैनन् ।
संसारकै धनी कम्युनिष्टहरू सत्तामा छन्, प्रतिपक्षीमा छन्, समाजवादीदेखि राष्ट्रवादी नेताहरू जुलुसका लागि पचासौं करोड खर्च गर्छन्, अक्सिजन, अस्थायी अस्पताल, उपचारको व्यवस्थामा सघाउन कोही पनि तैयार छैनन् । लोकतन्त्र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper