banner
banner

ओलीका गतिविधिमा शंका छ

प्रेम सागर पौडेल,
अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी- - - - 

मैले राजादेखि विभिन्न राजनीतिक दलका अधिकांश प्रभावशाली नेताहरूलाई भेट्ने, विचार आदानप्रदान गर्ने अवसर पटकपटक पाएको छु । मैले विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा होस वा महत्त्वपूर्ण राजनीतिक भेटघाटमा कमरेड ओलीलाई सैलुट गरेको छु र मुक्त कण्ठले प्रसंशा गरेको छु । खासगरी, चीनस“ग गर्नुभएको दश बु“दे सन्धि सम्झौताले नेपाललाई थप आत्मनिर्भर बनाउन सहयोग पुगेको मेरो विश्वास छ, यसका लागि । यो महान काम गरेकोमा धन्यवाद दिनुका साथै सैलुट गरेको हु“ । म कुनै पनि मानिसलाई उसको काम र ब्यवहारका आधारमा मुल्यांकन गरिनुपर्छ भन्ने ठान्दछु । कमरेड ओलीले गरेका मध्ये केही काम देशलाई स्वाधीन, सबल, आत्मनिर्भर र स्वतन्त्र बनाउनेतर्फ उन्मुख देखिन्छन् । तर, उहा“को पछिल्लो गतिविधि हेर्दा गम्भीर शंका उत्पन्न हुन्छ । कतै उहा“ नेपाल र नेपाली विरोधीको योजनामा त चल्नु भएको छैन ? वा कुनै अन्तर्राष्ट्रिय माफियाको चंगुलमा त फस्नु भएको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper