banner
banner

नेपाल सधैं सार्वभौम छ

स्वयम्भुनाथ कार्की- -
शब्दको खेल गजवको हुन्छ, अनि शब्दको शक्ति धेरै असरदार हुन्छ । आफ्नो अभिष्ट कसरी पुरा हुन्छ भन्ने कुराको गतिलो उदाहरण हुन यी शब्दहरू र पैmलाईएको समानार्थीको भ्रम । भारतबर्ष र भारतीय उपमहद्विप अर्थमा धेरै समान भए पनि भारत संघको समानार्थी पटक्कै होईनन् । एक मुलुकको रूपमा भारत संघको उदय भएको भर्खर सत्तरी बर्ष टेकेको छ ।
ईतिहास, पुराण आदिमा एक क्षेत्र विशेषलाई भारत बर्ष भनिएको छ । यो भारत बर्ष कुनै एक मुलुकको सम्पूर्ण अधिन कहिल्यै भएन ।ं यो इतिहासशिद्ध यथार्थ हो । युद्धमा जितेर सांकेतिक अधिनता स्विकार गराएर केही कर लिने सम्राटहरू पनि केही भए , तीनिहरूलाई नै चक्रवर्ती सम्राट भनियो । तर त्यस्ता कुनै चक्रवर्ती सम्राटले पनि भारतबर्ष भनिएको सम्पुर्ण क्षेत्र अधिनस्थ गर्न सकेका थिएनन । ईतिहासमा, पुराणमा कतै पनि भारतबर्षको सम्पूर्ण शासन प्रशासन एकै राज्यको रूपमा चलेको उदाहरण छैन ।
 यस किसिमको चक्रवर्ती रूप भोटका सम्राट स्रोङ्चोंंगम्पोको पनि लिक्ष्विकालमा देखिएको छ, जसले चीन र काठमाण्डौका राजालाई कायल गराएर सलामीको रूपमा भृकुटी र चीनका राजाको छोरी प्राप्त गरेको इतिहासले बताउँछ । श्वेत तारा र हरित ताराका रूपमा उनले ती दुवै राजकन्यालाई अर्धाङ्निी बनाएका थिए । तर काठमाण्डौ र चीन भोटको हिस्सा भएनन् । त्यसैले भारतवर्षको सम्पूर्ण हिस्सा कहिल्यै पनि भारत संघको भाग रहेन, न भारतबर्ष भनेको भारत संघको समानार्थी हो ।
अझ भारतिय उपमहाद्विप त एक भौगोलिक क्षेत्र हो, यसलाई भारत संघको अधिन मान्नु सरासर अज्ञाता मात्र हो । युगौदेखि प्रचलित भारतबर्ष नाम वा भारतिय उपमहाद्विप क्षेत्र र भारत संघको केवल एक सम्वन्घ छ, त्यो हो भारत संघ भारतिय उपमहाद्विपमा अवस्थित धेरै स्वतन्त्र मुलुक मध्ये एक हो जसले भारतबर्ष वा भारतीय उपमहाद्विपको सानो भूभाग ओगटेको छ । जसरी दक्षिण अफ्रिका देशले दक्षिण अफ्रिका महादेशको एक भुभाग ओगटेको छ ।
यो केवल एक किसिमको मानसिक अतिक्रमण मात्र हो जसले यस भूभागका अन्य स्वतन्त्र मुलुककालाई सम्पुर्ण भारतबर्ष भनेको र भारत संघ भनेको एकै हो भनेर गलत कुरा सोच्न प्रेरित गरेको छ । पौने शताब्दि उमेर पनि नपुगेको मुलुकले यो सम्पूर्ण भारत बर्ष आपैm हो भन्ने छनक दिनु नै त्यहाँका केही विस्तारवादी सोच बोकेकाहरूको दिर्घकालिन योजना मात्र हो । युगौदेखि अलग अस्तित्व भएका अन्य सार्वभौम मुलुकहरू जसका भौगोलिक स्थान भारतबर्षमा छ ती कुनै भरखरको कान्छो मुलुकले आङ्खनो नाम भारत राख्दैमा त्यसको हिस्सा हुदैनन् । तर, भारत संघ र भारतबर्ष भनेको एकै कुरा हो भनेर स्थापित गराउन सकियो भने यो संभव पनि हुन सक्छ कि भनेर राष्ट्रप्रेमको खोलमा भारतबर्ष शव्दमाथी प्रहार गरेर मानसिक अतिक्रमण निरंतर चलिरहेको छ ।
यस्तै किसिमको अर्को मानसिक अतिक्रमण हिन्दुस्थान शव्दले पनि गरिने गरेको छ । भारत संघको  जम्मा दुई अधिकारिक नाम छन, हिन्दीमा भारत वा भारतसंघ अनि अंग्रेजीमा ईन्डीया । हिन्दुस्थान इन्डीयाको कुनै आधिकरिक नाम हैन । अंग्रेजहरूले उपनिवेश छोड्दा एक किसिमको सहमति भएको थियो । दुई संघीय मुलुक गठन गर्ने, भारत र पाकिस्थान जसमा जो जो सामेल हुन जान्छ त्यो त्यहाँ सामेल हुने । जुन देशहरू यी दुवै संघमा सामेल हुन चाहान्न तीनिहरू अलग नै रहन पाउने ।
एक अर्काको भुभागमा रहेका मानिसहरू आपूmलाई मन लागेको मुलुकमा बसाई सर्न पाउने । पाकिस्थानको विजारोपण इस्लाम धर्मको आधारमा भएको थियो त्यसैको विलोममा भारत हिन्दुहरूको भन्ने केवल धारणा मात्र रह्यो । भारत हिन्दु मुलुक भएन यो धर्म निरपेक्ष मुलुक भयो त्यसैले अलंकारिकरूपमा हिन्दुस्थान भने पनि भारत औपचारिक हिन्दुस्थान भएन । खरोरूपमा भन्ने हो भने ईन्डियाले हिन्दुस्थान भन्ने अधिकार नै राख्दैन ।
अंग्रेजहरूले यो भुभाग छोडेपछि कयौ देशहरू भारत संघमा मिल्न आए । कति मुलुक साम, दान, दण्ड भेद गरेर मिलाईए । यहासम्म कि पुर्तगालीहरूको उपनिवेशबाट मुक्त भए पछि पनि केही मुलुक भारत संघमा मिल्न आए । यसैको कान्छो कढी सिक्किम हो । हिन्दुस्थान औपचारिक भारत संघ होईन न हिन्दुहरूको घोषित राष्ट्र नै हो । वर्तमानमा हिन्दुहरूको राष्ट्र छैन त्यसैले न लाक्षणिक न औपचारिक नै कुनै हिन्दुस्थानको अस्तित्व यो संसारमा छ ।
हिन्दु भनिनु भारत संघको हुनु हो भन्ने जुन कुप्रचार वर्तमानमा भइरहेको छ त्यो पनि भारत संघका केही विस्तावादी चरित्रको नेपाली माथीको मासिक अतिक्रमण हो । यस्ता किसिमका मानसिक अतिक्रमण साह्रै डरलाग्दा हुन्छन । भौगोलिक सिमा अतिक्रमण संसारले देख्ने किसिमको अतिक्रमण हो । यसको सामना गर्ने उपाय हुन्छ तर यस्ता मानसिक अतिक्रमणबाट केवल जागरूकताले मात्र बच्न सकिन्छ, त्यसैले भारतबर्ष भारत संघ हो र हिन्दुस्थान भन्नु भारत संघ हो भन्ने मानसिक दासताबाट मुक्त हुनु जरूरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper