banner
banner

बामको बन्दी, प्रजातन्त्रवादी तमासे

काठमाडौं । ओली, प्रचण्ड–माधवको इखालु र विषालु हानाहान, तानातानले देश बामको बन्दी बन्नपुगेको छ । यिनले नङ्गानाच कति देखाउन सकेका ? भनेर आमनागरिक दिक्क भएका छन् ।
यस्तो अवस्थामा पनि प्रजातन्त्र र विधिको शासनका लागि प्रजातन्त्रवादी शक्तिको प्रभावकारिता शून्य हुनु विश्वकै समाजवादीहरूका लागि दुःखद छ ।
माधव नेपाल भन्नुहुन्छ– अदालतले हामीलाई एमालेमा जान बाध्य पा¥यो । ओलीसँग सँगै बस्न गाह्रो भएको छ ।
एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भन्नुहुन्छ– स्पष्टिकरण सहित नआए कारवाही हुन्छ । दिएको स्पष्टिकरण चित्तबुझ्दो छैन । कारवाही हुनसक्छ ।
उता माओवादी केन्द्रमा फर्कन बाध्य बन्नुभएका प्रचण्ड सबैभन्दा घायल बाघ बन्नुभएको छ । उहाँ भन्नुहुन्छ– केपीजीले सडकमा फाल्दिनुभो, म झन् शक्तिशाली भएको छु । जनतासामु पु¥याइदिएकाले ओलीजीलाई धन्यवाद छ ।
प्रचण्डको निर्णय यस्तो छ– म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । बाँचुञ्जेल जनताकै बीचबाट लड्ने निधो गरेको छु ।
प्रचण्डले अझ हौसिएर मनको बह यसरी पोख्नुभयो– केपीले ठग्ने काममात्रै गरे । परिवर्तन माआवादीले ल्याएको हो । जालझेल मात्र गरे । माधवजी र हामी एक ठाउँ भइयो । के गर्ने हामीलाई छुट्याइदिनुभो । सडकमा पु¥याइदिनुभो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper