banner
banner

पत्रकारिता पर्चाकारिता

काठमाडौं । शायद पत्रकारिता पर्चाकारितामा रूपान्तरण भयो ।
चैत २५ गते पत्रकार महासंघको अधिवेशन । महासंघमा कुन पत्रकार नेतृत्वमा पठाउनु पर्ला भनेर सोच्ने बेलामा एमाले, प्रचण्ड–माधव, नेपाली कांग्रेसमात्र होइन, राप्रपाका नेताहरू समेत फलानो उमेदवारलाई जिताउनु पर्छ भनेर लविङ्मात्र गरिरहेका छैनन्, उमेदवारको समर्थन र टिकट समेत पार्टीबाट लिएर आएका छन् ।
यो पत्रकार महासंघको निर्वाचन हो कि पार्टी निर्वाचन हो ?
कत्रो अचम्मको विषय छ, पत्रकार महासंघको निर्वाचनमा आफ्ना उमेदवारलाई जिताउनका लागि राजनीतिक पार्टीका भातृ संगठनहरूको एलायन्ससमेत देखियो ।
नेपालमा स्वतन्त्र पत्रकारिता छ कि छैन ? छ भने यही हो स्वतन्त्रता ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper