banner
banner

रेशम चौधरीको टेकोमा बन्ने सरकार

धर्मरत्न श्रेष्ठ- - 
सार्वजनिक कार्यक्रममै प्रचण्डले रेशम चौधरीलाई जेलमुक्त गराउने अभिव्यक्ति दिएका थिए भने कांग्रेसका सभापति शेरबहादुर देउवाले त इटाभट्टामा ज्यूँदा मान्छे पोलेवापत जेल परेका सांसदलाई छोडाउने प्रयत्न भइरहेको जानकारी नै दिएका थिए । अब सत्ता बचाउन केपी ओलीका सामु उभिएका छन् रेशम चौधरी । जनता समाजवादीले प्रमुख मुद्दाका रूपमा रेशम चौधरीलाई रिहा गर्नुपर्ने माँग तेस्र्याएपछि प्रम ओलीले सहमति खोज्न समिति नै बनाएका छन् ।
रेशम चौधरी– कैलाली हत्याकाण्डका प्रमुख नाइके भनेर अदालतले जन्मकैद दिएका अपराधी हुन् । दुधे बालकसहित ८ जना सुरक्षाकर्मीको हत्या गरेका थिए यिनले । अदालतले मध्यावधि खारेज गरिदिएपछि नैतिक संकटमा फसेका प्रम ओलीका सामु अर्को अनैतिक काम गरेर चौधरीलाई माफी दिलाएर सरकार टिकाउने कि ? भन्ने अर्को नैतिक संकट उभिएको छ । यतिबेला सत्ता समीकरणको प्रमुख विषय यिनै चौधरी बनेका छन् । 
प्रश्न के पनि छ भने माननीय अपराधी रेशम चौधरीको मुद्दा फिर्ता गर्ने हो कि सजाय माफी दिने हो ? कानुनतः यो मुद्दा फिर्ता हुने देखिदैन । आममाफी दिने हो भने रेशम चौधरीको सांसद पद रहदैन भने भविष्यमा चुनाव लड्नसमेत अयोग्य हुनेछन् । कुन आधारमा जसपाले सरकारसँग सहकार्य गर्न रेशम चौधरीको रिहाइको सर्त तेस्र्याएको होला ? प्रम ओलीका सामु ठूलै खड्गो तेर्सिन पुगेको छ ।
यो कस्तो लोकतन्त्र होला ? नैतिक हुनु नपर्ने ? अपराधीलाई छाडिदिए सत्ता बच्ने, सत्तामा बसेर हालीमुहाली गर्न पाइने । प्रम केपी ओलीलाई जसरी पनि हटाउने भनेर स्वयम् जसपा आफै प्रधानमन्त्रीको दावी पनि गरिरहेको छ भने नेपाली कांग्रेसले पनि सरकारको नेतृत्व गर्न जसपा, माओवादी केन्द्रसँग वार्ता अघि बढाएको छ । माओवादी केन्द्रले ओलीको विकल्प तैयार नभएसम्म समर्थन फिर्ता नलिने निर्णय गरिसकेको छ । अर्थात्, जो सत्तामा छ, उसलाई नैतिक संकट छ । जो सत्ता कब्जा गर्न चाहन्छन्, उनीहरू पनि नैतिक रूपमा उभिन सकेका छैनन् । राजनीति व्यवसाय भयो । किनबेच, तानातानजस्ता व्यभिचार सुरू भइसक्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper