banner
banner

जनताले के पाए लोकतन्त्रबाट ?

स्वयम्भुनाथ कार्की - -
पञ्चायतको २६ चैत्र २०४६ मा विघटनसँगै पछि नेपाल आश्वासनको युगमा प्रवेश भयो । नेपाल उन्नती र विकाशको चरणमा प्रवेश गरेको उद्धोष संगै विभिन्न लोभलाग्दा सपनाहरू बाँडिए । मेलाम्चीको पानीले काठमाण्डौका सडक पखाल्नेदेखि मुलुकलाई सिंगापुर जस्तै बनाउने सपनाहरूमा कुनै शंका पनि गरिएन र सपना बाँड्नेको खिल्ली पनि उडाईएन । द्रुत विकास देखेका जनता अब त्यो भन्दा पनि द्रुत गतिमा विकास हुने भरोसामा थिए । मेलम्चीको पानी आयोजना शुरू भएको ३१ बर्षमा वल्ल काठमाण्डौ झरेको छ । आमनागरिकको घरघरमा पुग्ने, पु¥याइने कहिले हो ? बल्ल बल्ल मेलम्ची काठमाडौंमा झ¥यो, जनता त्यसलाई पहिसिंगापुर बनाउन लाखौका पुस्तेनी घर भत्काएर घरवार विहिन वनाईएको छ । २०५२ फागुन १ बाट माओवादी सशस्त्र विद्रोहको रूपमा हिंसाको सिंढिबाट छोटो बाटो सत्तामा पुग्न सकिने नजिर स्थापना भएको छ ।
सन्तुष्ट जनताको बीचबाट कुनै पनि अन्दोलन जन्मन संभव हुँदैन । भर्खर एक व्यवस्था फालेको जनता अर्को व्यवस्थाबाट छिटै निराश हतपत हुँदैन । त्यही पनि निराश भएको देखियो, यो दलहरूको कर्मण्यता नै हो । दलहरूले जनतालाई यति छिटै निराश बनाए । करिव दश पन्द्र बर्षको यो त्रासदीमा नेपालले जे जे भोग्नु प¥यो र जुन मोल चुकाउनु प¥यो त्यसको लेखाजोखा इतिहासले गर्ला नै । तै पनि शान्ति प्रक्रिया, शान्ति सम्झौता आदि शान्तिका अनेकौ प्रयत्न भए पनि नेपालले शान्ति भने अनुभव गर्न पाएन । 
संसारभर शान्तिसेना पठाएर शान्ति कायम गर्न सघाउने मुलुक नेपालले आपैmलाई शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघ नगुहारी धरै पाएन । नेपालले कमाउको अन्तराष्ट्रिय साख सम्पूर्ण जस्तो गुम्यो । अहिले नेपाल अन्तराष्ट्रिय शक्ति संघर्षको युद्ध मैदान भएको छ भनेर अरूले भन्नै पर्दैन । नेपालका ठूला नेता देखि मुर्धन्य विद्वानहरू निसंकोच कुरा भन्दछन । यो विडम्वना हैन भने केलाई विडम्वना भनिन्छ ? भन्ने प्रश्न आम नेपालीको मनमा गडेको छ ।
दल तथा नेताहरूले जे जेलाई बाधा भने जनताले त्यसलाई हटाईदिए । निर्दलिय व्यवस्थाले बाधा दिएको भने जनताले  त्यो विना शर्त हटाइदिए । त्यो वेलाको मुल्यांकन गर्ने प्रयत्न पनि गरेनन । त्यस व्यबस्थाका खम्बा मानिएकाहरूले पनि विना कुनै प्रतिरोध त्यो आरोप स्विकार गरे । राजाको सकृयतालाई बाधक भनियो राजाले आङ्खनो भूमिका संवैधानिकको नाममा आलंकारिकमा खुम्च्याए । त्यतिले मात्र पुगेन राजाले वेलावेलामा वाधा दिए भनेर भनेर राजसंस्था नै कुनामा पु¥याईयो । धर्मले बाधा ग¥यो भनेर मुलुक धर्म निरपेक्ष गरियो । एकिकृत राज्य व्यवस्थाले अन्याय ग¥यो भनेर भनियो मुलुकलाई संघीयतामा लगियो । वर्ग हैन जाती थिचोमिचोको कारण भनियो, थिचिएका भनिएका जातजातीलाई आरक्षण दिईयो । अल्पमत बहुमतले काम गर्न दिएन भनियो, जनताले झण्डै दुईतिहाई दिए । तर अव त हड्डीको टुक्रामा कुकुर लडे भैm आपस मै लड्न थाले । यी सबै परिवर्तन अगाडी वा पछाडी नेपाली जनताले पुरा समर्पणको साथ दल तथा नेताको कुरा माने । एक पटक पनि परिवर्तन पहिलेको र पछिको अवस्था दाँजेर हेर्ने प्रयत्न पनि गरेनन् । यो भन्दा अगाध आस्था अरू के हुन सक्छ र ? तर मागेको कुरा सबै पु¥याई दिंदा पनि, उनीहरूले काममा बाधा भनेको सबै कुरा हटाइदिंदा पनि नेपालीले भोग्नु परेको कष्ट र पिडा घट्नुको साटो झन बढेको छ । यो कुरामा सबै जसो एकमत नै छन् । करिव तीन दशकदेखि बाँडिएका हरेक सपना, देखाईएका हरेक आशा पुरा हुन्छन् भनेर विश्वास गरेर बसेको नेपाली जनता अव थप आश्वासन र सपना हैन केही भए पनि अत्यावश्यक र आधारभँत सहजताको निर्माण हेर्न चाहन्छ ।
अब थप मौकाको रूपमा गर्न सक्ने न कुनै नयाँ किसिमको गठवन्धन बाँकी छ न नयाँ कार्य योजना नै । अव उप्रान्त जेकुरा हुन्छ ते पहिले भई सकेका कुराको पुनरावृत्तिमात्र हुन्छ । त्यसैले अव कुनै निकास, कुनै विकल्प वा अभ्यास बाँकी छ भने त्यो केवल जनतासंग मात्र बाँकी छ । यो विडम्वनै विडम्वनाले भरिएको नयाँ नेपालमा एक पटक सबैले पालो पाइसकेका छन्, अर्थात एक चक्र पुरा भईसकेको छ । यस्तो चक्र हेरेर जनता बस्नुपर्ने अवस्था छ । जनताले दलको शासनबाट शासना मात्र पाएको अवस्थामा आफ्नो अधिकार आङ्खनै हालमा लिनुको विकल्प अब छैन । अब नेपाललाई आफ्नै माटो र परम्परामा हुर्केको शासन प्रणाली चाहिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper