banner
banner

७७ जिल्ला सुरक्षामा समेत विशेष बल

काठमाडौं । ७७ जिल्लामा रहेको सैनिक सुराकी सेवा अब ७५३ सरकार अर्थात स्थानीय स्तरसम्म बिस्तार गरिएको छ । देशमा राजनीतिक अस्थिरता र विदेशी चलखेल बढेकाले देशको सुरक्षाका लागि समेत आफ्नो सुराकी सेवा बिस्तार गर्न लागेको नेपाली सेनाले जनाएको छ । थ्री प्लस वान कमाण्ड अवधारणा अन्तर्गत सञ्चालन हुने यो सुराकी सेवालाई नेपाली सेनाले क्रोप्स अफ इन्टेलिजेन्स नाम दिएको छ । यसरी सेना स्थानीय स्तरसम्म जाने भएपछि गम्भीर साजिसको लिंक तोडिने, भ्रष्टाचार र अपराधमा कमी आउने, सेवाग्राहीले सेवा पाउने र सुशासनमा समेत मद्दत पुग्ने पक्का छ । र, राष्ट्रको शान्ति सुरक्षामा समेत विशेष बल मिल्ने सुरक्षाविदको धारणा छ ।
सेना स्थानीय स्तरसम्म पुग्नु भनेको देशमा खतरा बढ्दै छ, राष्ट्रिय सुरक्षामा आँच पुग्ने पु¥याउने तत्वहरू सलबलाएका छन्, तिनको पहिचान गर्नु र तिनलाई निस्तेज पारेर राष्ट्रको सवलतामा बल पु¥याउनु अर्को उद्देश्य हो ।
सीमा सुरक्षामा सेना किन खटिएन ? भन्ने प्रश्नमा सेनाको जवाफ पनि हो यो निर्णय । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिकता, अखण्डतामा कसैले आँच पु¥याउँछ कि भनेर चिलले झैं निगरानी गर्न अब सेना तातेको छ । अब सेनासँग समन्वयकारी भूमिका स्थानीय नागरिक, समाजसेवी, माष्टर, प्राध्यापक, नेता जो कसैसँग खेल्न सक्नेछन् । यस्तो संरचना २००९ साल देखि नै रहेको तर प्रभावकारी रूपमा सञ्चालन अब नेपाली सेनाले गर्न सुरू गरेको देखिन्छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper