banner
banner

डाइनामिक लिडरको कम्फर्टको कुरा

काठमाडौं । केपी ओलीलाई फालेर आफूले भनेजस्तो ‘प्रचण्ड–माधव नेतृत्वको सरकार बने छिमेकीलाई पनि कम्फरटेबल होला’ छिमेकीलाई कम्फर्टेबल हुनेछ भनेर प्रचण्डको जिब्रो चिप्लिदा प्रचण्डमाथि आक्रमण सुरू भएको छ । प्रधानमन्त्री ओलीले समेत विदेशीको कम्फर्ट हेर्ने भनेर वाकवाण हान्दै नेपालका लागि टन टनाउँदो पिलोजस्तो हुने भन्न पछि पर्नुभएन ।
प्रश्न उठेका छन्– प्रचण्ड नेपाली हुन् ? नेपाली जनताका प्रतिनिधि हुन् कि भारतका ? उनलाई भारतको कम्फर्टको यति विघ्न चिन्ता किन छ ? नेपाल र नेपालीको कम्फर्टको चिन्ता किन छैन ? जनसरोकारका मुद्दा समेटेर अघि बढ्ने रोडम्याप किन बनाएनन् ? कि त्यो पनि भारत भरोसे नै हो त ? प्रचण्डको भारतभक्ति सहितको निरीह अभिव्यक्ति सुनेर सामाजिक सञ्जाल, राष्ट्रवादी समूह र हरेक सञ्चार माध्यमहरूमा प्रचण्डप्रति व्यापक प्रश्नहरू उठेका छन् । यसबारे प्रचण्डले कुनै जवाफ दिएको देखिदैन ।
आजका दिनमा पनि प्रचण्ड डाइनामिक लिडर हुन्, प्रचण्ड जत्तिको नेता अरू छैन । तर किन प्रचण्ड चुकिरहेका छन्, चिप्लिरहेका छन्, आश्चर्य छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper