banner
banner

जनताले वारेसनामा खारेज गर्नुपर्छ

स्वयम्भुनाथ कार्की - - 
राजा महेन्द्रले कविता लेखे– ‘तिम्रै हो नागरिक हक, लेउ काँधमा काँधै गरी’ । उच्चतम प्रजातन्त्रमा पुग्ने भनेको लक्ष यहि नै हो, नागरिकहरूले आफ्नो हकको प्रयोग आपैmले गरून् । हो, उनले नागरिकको आफ्नो हक प्रयोगको निमित्त एकमात्र सर्वधिकार दावी गर्ने दलहरूलाई प्रतिवन्ध भने लगाएकै हुन् । अर्थात उनको सोचमा नागरिकले आफ्नो हक आपैm प्रयोग गर्नु पर्छ भन्ने थियो कुनै दल, नेता वा अन्य अगुवा नाका विचौलिया वेगर । राजा महेन्द्रकोे प्रत्यक्ष शासनका ११ बर्ष १ महिना १६ दिनको लेखाजोखा गर्ने हो भने जनताले आङ्खनो प्रतिनिधि चुन्ने कर्तव्यबाट कहिले मुक्ति पाएन । र चुनिएका प्रतिनिधिहरूले जनताको नाममा निर्वाध जे पनि गर्ने छुट पनि पाएनन । यो प्रणालीमा आफुलाई चुन्ने जनताको आवाज र चासो भन्दा बाहिर गएर काम गर्न साँच्चै नै कठिन थियो । 
यहि कारण हो कि त्यो प्रणालीमा काम गरिसकेका पञ्च भनिने प्रतिनिधिहरू पञ्चायतको नाम सुन्न पनि रूचाउदैनन् । दलको बलले बलियो हुन पाउने प्रणालीमा जनआवाज नसुनिएको गुनासोले आपूmलाई कम पिरेको अनुभव गर्दछन । दललाई नै प्रजातन्त्र मान्नेहरूले त त्यसलाई कालरात्री भन्नै पर्दछ र भन्छन्, किनभने त्यो प्रणालीमा आङ्खनो नेताले दिनलाई रात वा रातलाई दिन भने पनि त्यसलाई जनताको विवेकमा छिराउन मेहेनत गर्ने कार्यकर्ताको उपस्थिति वर्जित थियो । त्यो कालखण्डबाट वर्तमानसम्ममा मुलुकले लामो यात्रा तय गरेको छ । पञ्चायती संविधानले उल्लेख गरेका मौलिक हकहरूकोे लामो व्याख्या भएको छ , साथमा सार्वभौम सत्ता संविधानमा व्यवस्था भए बमोजिम प्रयोग गर्ने शर्तमा जनतामा आएको छ । यस कुराको उल्लेख यहाँ प्रासंगिक हुन्छ वा हुन्न तर संविधानभरी यसको प्रयोगको व्यवस्थामा भने उल्लेख छैन । अचम्म छ ।
प्रमुख प्रश्न नै अव यहि भएको छ , के जनताले यसरी आङ्खनो हक, जिम्मेवारी ढुक्कसंग अरूलाई सुम्पेर बस्नु ठिक हो त ? यसको उत्तर सबै किसिमका अगुवाबाट आउने गर्दछ ‘हो, यो ठिक हो, ठिक मात्र होईन संसारभरी चलेको पद्धति हो । लोकतन्त्रको आत्मा हो, अधिकार जनताले आपैm प्रयोग गर्ने हैन दलहरू मार्पmत प्रयोग गर्ने हो’ । भन्नको निमित्त भनिन्छ, नेतृत्व सर्वसाधारण जनताबाट नै जन्मेको हो । तर व्यवहारमा त्यस्तो देखा पर्दैन । गरिव किसानको कोखवाट जन्मेको भए पनि नेता आपैm गरिव किसान हैन । अकल्पनिय, चमत्कारिक माध्यमले त्यो गरिव किसानको सन्तान सबै किसिमले सम्पन्न भईसकेको हुुन्छ । 
व्यवहार र अनुभवले भने यसरी पाएकाले आफुखुसी म्याद तोक्नसक्ने र दिनेले रद्द गर्न नसक्ने अधिकृत वारेसनामा दिनु ठिक हैन भन्ने सावित गरेको छ । विगतका केहि दशकदेखी यसरी नागरिकले आफ्नो अधिकार आपैmले प्रयोग नगर्दा, आङ्खनो भागको काम आपैm नगर्दा धेरै गुमाएका छन् । गाँउ वस्ती नै शुन्य पारेर पशुवत मेहेनत गर्न पराई मुलुकमा लर्को लाग्न वाध्य भएका छन् । आङ्खनो स्वावलम्वनका आधार नष्ट भै सकेको छ । विगतमा महिनौ बाहिरका सामान नआउदा पनि धान्न सकेको जीवन वर्तमानमा एक महिना पनि धान्न कठिन भएको छ । प्राप्तीको नाममा एक उज्वल भविष्यको सपना पाएका छन्, आश्वासनका भकारी पाएका छन । युगमा एक पल्ट आउने, उलटपुलट हेरफेर ल्याउने दिनले ल्याएको वर्तमान अवस्था पाएका छन् ।
अनेकौ पटक मौका पाएका, मौका पाएर धोका दिएका, आफ्नो स्वाथ्र्यपुर्ति गर्न सफल तर जनताको भलो गर्न असफलहरू वारंवार अनेकौ नाममा आउने र जनताले तिनैलाई पत्याउने क्रम जारी छ । हिजो गलती भो अब हुँदैन भन्ने, थेगो नै भएकाहरू बाहेक अरू विकल्प छैन भन्नेहरूको कुरो पत्याएर वस्न उपयुक्त छैन । यदि त्यसो गर्ने हो भने मुलुक छिटै मृत्यु कुर्ने दुर्भाग्यजनक स्थानमा परिणत हुनेछ । यस्तो स्थान जहाँ आफ्नो उत्पादक समय वाहिर खर्चेर रस निकालेको खोष्टा सरह भएकाहरू मात्र हुनेछन् । 
त्यसैले अव जनताले यो अधिकृत वारेसनामा खारेज गर्नु पर्छ । यो बुभ्mन जरूरी छ कि यस काममा कोही नेतृत्व आउने छैन, केही ज्याला आउने छैन । जनताले आपैm भित्रबाट नेतृत्व तैयार गर्नु पर्दछ , आफ्नै पेट काटेर आपैmलाई ज्याला दिनु पर्दछ । आज केही गुमाएर भए पनि जनताले आफ्नो काम आपैm गर्ने हो भने भोलीका दिन सुनौला हुनेछन । यो सुनौला दिन ल्याउन कोही देवदुत आउने छैन, कोही महामानव आउने छैन । वारंवार मौका पाउदा पनि त्यो दिन ल्याउन असफलहरूलाई फेरी मौका दिनुको कुनै अर्थ छैन । यो शक्ति, यो क्षमता जनता आपैm भित्र छ । आवश्यकता केवल त्यसलाई चिनेर जगाउने मात्र हो । जनताले आफूले आफैलाई हेर्नुपर्छ यतिबेला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper