banner
banner

सैनिक सेमिनारमा समस्या र समाधान

काठमाडौं । फागुन ५ गते, जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन प्रधानसेनापति पूर्णचन्द्र थापाले दक्षिण एसियाको सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली सेना राष्ट्र रक्षाका लागि सक्षम र समर्पित रहेको पनि बताउनु भएको छ । 
त्यस अवसरमा उहाँले बोल्ने क्रम र राष्ट्रको स्थितिको प्रसङ्ग कोट्याउँदै नेपाली सेनाले जिम्मेवारी पूरा गर्छ भन्ने सन्दर्भलाई अब जे गर्छ सेनाले गर्छ भनेर अर्थ लगाएर समाचारहरू आउन थालेपछि राजनीतिक बृत्तमा निकै चर्चा भइरहेको छ । थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताउनु भएको थियो । उहाँकै शब्दमा ‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरू सबै अस्थायी हो, परिवर्तनको प्रकृति अपरिवर्तनीय छ र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवद्र्धन आवश्यक छ । परिवर्तनको अंकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्व वर्गको नै हो, परिवर्तन प्रबन्धन गर्ने रणनीति सफलताका लागि नेतृत्व वर्ग आफैँमा स्पष्ट, शुद्ध, इमान्दार, नैतिक र पारदर्शी हुनुपर्छ ।’ 
कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेसेवर संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताउनु भएको थियो । सेमिनारमा ६ जना गैरसैनिक तथा ११ जना सैनिक विषयविज्ञले विभिन्न विषयमा प्रस्तुति दिएका थिए । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper