banner
banner

देशमा पूर्वराजाको भूमिका आवश्यक छ

काठमाडौं । मुलुकको अवस्था गम्भीर अवस्थामा पुगेको खुलासा गर्दै पूर्वप्रम डा.बाबुराम भट्टराईले यो अवस्था अन्त्यका लागि पूर्वराजासमेतको भूमिका आवश्यक रहेको बताउनु भएको छ ।
‘द ब्राभो डेल्टा शो’मा भूषण दाहालसँगको अन्तर्वार्ताका क्रममा डा.भट्टराईले मुलुक जोगाउनका लागि यस्तो बताउनु भएको हो । मुलुकलाई भारतीयकरण गर्ने आरोप लाग्ने गरेका पूर्वप्रम भट्टराईले पूर्वराजालाई निरंकूश भन्ने आरोप लगाएर अब थाकेको अनुमान छ । भट्टराईले सबै नेताहरूलाई एकचोटी छातीमा हात राखेर सोच्न आग्रह गर्दै मुलुक डरलाग्दो दिशामा जान थालेकोमा चिन्ता गर्नुभएको छ र चिन्ताहरणका लागि पूर्वराजालगायत सबैको भूमिका आवश्यक भएको अनुभूति गर्नु गराउनु भएको छ ।
पूर्वप्रम भट्टराईको भन्नुभएको छ– ‘मुलुक द्वन्द्वको केन्द्र बन्ने खतरा छ । यसलाई बचाउनको लागि प्रयत्न गरौँ भन्ने सबैसँग मेरो विनम्र आग्रह छ ।’

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper