banner
banner

झाँक्रीलाई हाईहाई, भण्डारीलाई बाई बाई भन्दिन

“म त रामकुमारी झाँक्रीलाई हाईहाई, विद्यादेवी भण्डारीलाई बाई बाई अर्थात भण्डारीलाई हाईहाई झाँक्रीलाई पनि बाईबाई दुवै भन्दिन ।”
पार्टी भन्ने शब्दनै एकता जन्य शब्दै हैन । किनकि एक पार्टीले गरेको काम कुरा अर्को पार्टीले बेठिक भन्नुपर्ने वा विरोध गर्नुपर्ने । एउटा पार्टीले एउटा सिद्धान्त लिनुपर्ने त अर्कोले अर्कै । 
राष्ट्रमा पार्टीहरु यस्तै चरित्रको भैरहँदा राष्ट्र प्रमुख पनि त्यही पार्टीहरु मध्यकै एक सदस्य राष्ट्रिय अविभावक हुनुपर्ने गणतान्त्रिक व्यवस्थामा राष्ट्रले वा राष्ट्रमा विध्यमान रहेको क्षेत्र लिंग र धार्मिक सम्प्रदाय लगायत सबै पार्टीहरुले कसरी एकनास निश्पक्ष राष्ट्रिय अभिभावकत्व व्यावहार दिन वा पाउन सकिन्छ त ? 
गत प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्दैगर्दा तत्कालिन सम्माननिय प्रधानमन्त्री श्री शेर बहादुर देउवाले राष्ट्रिय सभामा संवेधानिक व्यवस्था अनुसार ३ जना सांसद सदस्य राष्ट्रपति समक्ष नियुक्तिको लागी गरिएको सिफारिसलाई राष्ट्रपतिबाट ग्रहण नगरी फिर्ता पठाउने काम प्रति नेपाली कांग्रेस सम्बद्ध ने.वि.संघले व्यापक सडक आन्दोलनद्वारा विरोध प्रदर्शन गरेको थियो । त्यो बेला पनि यो पंक्तिकारले नयाँ पत्रिका दैनिकमा एउटा लेख छापी प्रदर्शनकारी ने.वि.संघका मित्रहरुलाई अनुरोध गरेको थिए कि व्यवस्थालाई मान्ने तर त्यही व्यवस्थाले दिएको फल वा परिणामलाई भने अस्विकार गर्ने कुरा अपरिपक्क  अदूरदर्शि र अराजनैतिक कुरा हो भनेर । तर असन्तोष सही हो किनकी यस्तो आयातित व्यवस्थामा निष्पक्षता पूर्वक नेपाल र नेपालीको हित हुनै सक्तैन भन्ने मेरो निष्कर्ष हो ।
त्यसैले आज पनि नेत्री रामकुमारी झाँव्रिm र विद्यादेवी भण्डारी बिचको विवादमा पनि दोष न विद्यादेवी भण्डारीको हो न दोष रामकुमारी झाँव्रmीको नै । दोष यि दुवै पात्रको नभै यो आयातित गणतांन्त्रिक पद्धतिको दोष हो । किनभने प्रचण्ड–माधवको पार्टीबाट भोलि रामकुमारी झाँव्रिm पनि राष्ट्रपति हुने हो र प्रचण्ड प्रधानमन्त्री हुने हो भने आफूलाई त्यत्रो सम्मानित राष्ट्रपति बनाउने दल र त्यही दलका सम्माननीय प्रधानमन्त्रीको सिफारिसलाई झाँव्रिmले पनि किमार्थ अस्विकार गर्न सक्ने अवस्था हुन सक्दैन । फलस्वरुप उता ओली वा विपक्षि पार्टीहरुले पनि धर्म निर्वाह गर्नुपर्ने त फेरी यस्तै जात्रा नै हुनसक्छ । त्यसैले म त रामकुमारी झाँव्रmीलाई हाईहाई, विद्यादेवी भण्डारीलाई बाई बाई अर्थात भण्डारीलाई हाईहाई झाँव्रmीलाई बाईबाई दुवै भन्न चाहन्न ।
अन्तरदलिय राजनैतिक समस्याहरु राजनैतिक दलको सदस्य नै राष्ट्रप्रमुख हुने व्यवस्थाबाट कुनै पनि हालतमा समस्याको समाधान हुनै सक्तैन । किनभने दलको राष्ट्रपतिबाट न सबै दलहरुको प्रतिनिधित्व हुन सक्छ, न सबै जात, धर्म र क्षेत्रको नै । दलबाट हुने राष्ट्रपतिले आज ३ करोड नेपालीको राष्ट्रपति हुनु त कहाँ हो कहाँ आफू निर्वाचित भएको सिंगो दलकै पनि प्रतिनिधित्व गर्न नसकि केवल एउटा व्यक्तिको मात्र (राष्ट्रपति) प्रतिनिधित्व गरीरहेको कुरा सडकमा धन्कीरहेको नारा र हल्लाहरुबाट हामी सबैलाई अवगत भैराखेकै छ । 
यसकारण हाम्रो जस्तो जातीय विविधता, भौगोलिक विविधता र धार्मिक तथा सांस्कृतिक विविधताले बनेको हाम्रो देश नेपालमा कुनै एउटा जात, धर्म, क्षेत्र र राजनैतिक दलको प्रतिनिधि नै राष्ट्रप्रमुख बनाएर सर्बपक्षीय र निश्पक्ष प्रतिनिधित्व हुन सक्दैन । 
त्यसैले सबै जात, धर्म, क्षेत्र र दलहरुको समेत निश्पक्ष राष्ट्रिय प्रतिनिधित्व हुने व्यवस्था भनेकै संवैधानिक राजसंस्था पुनर्वहाली गर्नु आजकोे हैन सधैं नेपालको आवश्यकता हो । राष्ट्र , राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षक पनि यहि संस्था थियो, छ र रहिरहने छ ।
साथै शाहवंशको नेतृत्वदायी भूमिकाबाट नै यो नेपालको निर्माण भै हामी सबै नेपाली भएका हौ । यदि त्यो कालखण्डमा श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको जन्म नहुँदो हो त आज सार्वभौम राष्ट्र नेपालको पनि जन्म हुने थियो कि हुँदैन थियो भन्ने प्रश्नवाचक अवस्थामा सबैको अगाडि अनुत्तरीत जिज्ञासा आज पनि जिवित छदैछ । यसरी शाहबंशबाटै यो देशको निर्माण भएकोले स्वभावैले लेण्डुप चरित्रधारी नेताहरुलाई भन्दा यो राष्ट्रको माया जरुर राजालाई नै बढी हुने कुरा इतिहासमा जस्तै भविष्यमा पनि कतै शंका हुन सक्तैन । 
रामु राई
केन्द्रिय अभियन्ता
राष्ट्रिय शक्ति नेपाल

 

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper