banner
banner

प्रचण्ड–माधव गुट एक्लै आन्दोलनमा

काठमाडौं । कांग्रेसले साथ नदिएपछि प्रचण्ड गुट एक्लै आन्दोलनमा उत्रिएको छ । फागुन ५ गते जिल्लास्तरीय प्रदर्शन, ६ गते टुँडिखेलमा मानव साङ्लो विरोध । फागुन ७ गते वडा स्तरीय विरोध, फागुन ७ देखि १५ सम्म हस्ताक्षरको कार्यक्रम । फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया, ९ गते प्रतिगमन, महिला हिंसा विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ् र जनकपुर, नेपालगञ्ज लगायतका सहरहरुमा विरोध प्रदर्शन । फागुन १४ गते काठमाडौंमा युवा र्याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको र फागुन २८ गते काठमाडौंमा विरोध प्रदर्शन कार्यक्रम हुनेछ ।
यता २३ वाम दलले एमसीसी र सीमा अतिक्रमणमा आवाज उठाइरहेका छन् भने विप्लव, मोहन वैद्य, ऋषि कट्टेल र आहुतीको चार दलीय वामको रणनीतिक मोर्चाको विरोध जारी छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper