banner
banner

चीनको भूमिका नेपालमा प्रभावकारी हुनसकेन

प्रेम सागर पौडेल - - 
नेपालमा भएका सवैजसो परिवर्तनका पछाडि बाह्य चलखेलको सवैभन्दा महत्वपूर्ण हात रहेको देखिन्छ । राजदूत होउ याञ्छीको नेपालको पछिल्लो राजनितिक घटनाक्रमपछिको सक्रियता चीन नेपालमा स्थिरता मात्र होइन दुई देशको बिचमा भएका सम्झौताहरु अगाडि बढाउने सोचमा रहेको देखिन्छ ।
नेकपाको बिभाजनपछि भारतीय मिडियाहरुले नेपालका प्रधानमन्त्री उत्तरवाट दक्षिणतिर फर्किन थालेको दावी गरेका छन् । यसको पछाडि भारत कारण नभएर अमेरिका महत्वपूर्ण कारण भएको देखिन्छ ।
नेपालमा चीनले प्रतिवद्धता गरेको बिकास निर्माणका काम अगाडि बढाउन राजनितिक स्थिरतालाई पहिलो शर्तको रुपमा हेरिएको छ । नेकपाको बिवादका कारण अस्थिर वातावरण सृजना भएको अवस्थामा उत्तरमा पनि असर पर्ने सोचका साथ चीन अगाडि बढेको देखिन्छ । नेकपाको बिभाजनपछि भारतीय मिडियाहरुले नेपालका प्रधानमन्त्री उत्तरवाट दक्षिणतिर फर्किन थालेको दाबि गरेका छन् । यसको पछाडि भारत कारण नभएर अमेरिका कारण हो ।
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिएकोले यसप्रतिको जनविश्वास उँचो छ । तर, चीनले नेपालमा देशभक्त र एकचीन पक्षधरलाई सहयोग, समर्थन र संरक्षण गर्न नसकेकोमा आक्रोश पनि त्यत्तिकै छ। सबैजसो राजनीतिक दलहरू र तिनका नेताहरूले सार्वजनिकरुपमा एकचीनको नीतिको पक्षमा प्रतिवद्धता जनाए पनि ब्यवहारमा त्यो देखिंदैन।
अमेरिकाको ग्रीनकार्ड होल्डर नेता, ब्यूरोक्र्याट्स, सेना, प्रहरी र अन्यबाट नेपालबाट चीनमैत्री भूमिका निर्वाह गर्नसक्छ भन्ने विश्वास गर्नु हत्केलाले सूर्य छेक्छु भनेजस्तो हो । नेपाल दिनप्रतिदिन चीन विरोधी अखडा बन्दै गरेको छ । यी र यस्तै अन्य कारणले चीनको भूमिका नेपालमा प्रभावकारी हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper