स्वयम्भुनाथ कार्की- - -
एक वाक्यको भए पनि संविधान जारी गर्नै पर्छ भनेर बाबुरामले संविधानसभा बोलेको अभिलेखमा हँदै होला । ३ सय ८ धारा र ९ अनुसूचीको संविधान जनताको भोग लिदै जारी भएको छ । यो एकाएकको हडवडी देखाएर अत्यन्त तिव्र गतिमा निर्माण तथा जारी गरिएको हो । ट्राफिक प्रहरीे ठाउू ठाउूमा लेखेको वाक्य ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ यहाँ पुर्णरूपले चरितार्थ भएको छ । ‘फाष्ट्र ट्याक’को गतिले यस अन्तरगत बनेको पहिलो सरकारले कार्यकाल पुरागर्न पाएन । यसका निर्माताहरू (?) नै भन्न लागेका छन अव संविधान मर्न लाग्यो । व्यवस्थापिका प्रमुख अर्जि लिएर न्यायपालिका प्रमुखकोमा पुग्नु नै गणतन्त्रको घाट तर्पmको यात्रा हो ।
विगत तीन दशकमा अनेकौ तरिकाले, अनेकौ समिकरण बनाएर बुताले भ्याएसम्मको प्रयोग भई सक्यो । ६३मा राजाले खाली गर्ने वित्तिकै नारायणहिटी जिम्मा लगाएका मधेशका ‘मसिह’ भनाइने दलहरू पनि लगातार सत्ताको हिस्सेदार भएका नै छन । अझ राजासहितको प्रजातन्त्रको भन्ने कमल थापा समेत सत्ता स्वाद चाखिसकेको अवस्था छ । महिनौ मुलुकका सर्वसाधारणलाई नरकजस्तै कष्ट भोग्न बाध्य गराउने यी ‘मसिहा’ र त्यो कष्ट एकरत्ति पनि कम गर्न अक्षम नेपालका प्रमुख दलहरू सबै कुरा भारतको टाउकोमा हालेर ‘पानी माथिको ओभानो ’ बनेको पनि भोगे नेपालीहरूले । यस्तो परिस्थितिमा मुुुलुकको अस्तित्वमा संकट आउनु स्वभाविक नै हो । बंगला भाषामा राष्ट्रियलाई जातिय भनिन्छ भन्दैमा अरू भाषामा पनि जाति भनेको राष्ट्र हो भन्ने परिभाषा प्रायोजित बुद्धिजीविहरू गर्छन् ।
राष्ट्र र राष्ट्रियता अलग अलग कुरा हुन भन्ने परिभाषा कोच्याए पछि ढिलो वा छिटो राष्ट्र विखण्डन हुन्छ नै । यहि आपैmले निम्त्याएको कुराले खतरा देखेपछि जीवनभर घारेहात लगाएर गाली गरेको ‘राष्ट्रवाद’को दौराको फेर समातेर भविष्यले देशघाती नभनोस भन्ने प्रयत्न गर्दैछन । राष्ट्रवादको नाममा गरेको केटाकेटीको खेल जस्ता प्रयत्नहरू गरेर बटुलेको वाहीवाही आफ्नै साथीहरूले गरेको निम्नस्तरको गाली धान्न सक्छ कि सक्दैन सोचनिय छ । राष्ट्रवादको हतियार चलाउन नजानेर भुत्ते भएपछि अव हिन्दु राष्ट्रको खेलौना देखाइदैछ । तर, हिन्दु अधिराज्य र हिन्दु राष्ट्रमा आकाश पातालको फरक छ । हिन्दु राज्य भनेको परंपराको साथै मुलुकको स्वाभिमानी अस्तित्वको निरन्तरता हो , धर्मलाई राजनीतिमा मुच्छ्ने वर्तमान निरपेक्षको प्रतिबिष हो । हिन्दु राष्ट्र भनेको धर्मको नाममा भारतका पिठाधिशहरूको नियन्त्रणमा मुलुक सुम्पने कुचेष्टा हो ।
यो सुनौला मौकामा सरदार पटेलले भारतिय संघमा जोड्न नसकेको राष्ट्र हिन्दु गणतन्त्रको नाममा भारतले आङ्खनो पोल्टामा पर्ने संभावनालाई हावा दिनु अस्वभाविक हैन । यसैले विभिन्न भारतिय राजनैतिक, धार्मिक व्यक्तित्वहरू हिन्दु अधिराज्यको विरोधमा तर हिन्दुराष्ट्रको पक्षमा बोल्दैछन् । सनातनी परंपरा अपभ्रंश भएर आएको हिन्दु शव्द टेकेर आङ्खनै अस्तित्वलाई धारेहात लगाउन उद्धत पिढी यही दलिय राजनीतिको सत्तामा टाँसिईरहने छलकपट विद्याको उपज हो । त्यसमा सनातनी परंपरा मध्येका केही सम्प्रदायका धर्मगुरूहरूले दिएको ‘हिन्दुराष्ट्र’को नारा प्रियकर लाग्नु स्वभाविक हो । सनातनी चिनारी मेटिएको वेलामा चाहे हिन्दु नामले नै होस् कुल परंपराको चिनारी कायम रहोस् भन्ने चाहाना हो । यसको दुरूपयोग गर्दै हिन्दु गणतन्त्रको नाममा मुलुक नै भारतिय धर्मगुुरूको जिम्मा लगाउन सकिन्छ कि भनेर कसैले मुख मिठ्याएको हुनसक्छ । पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका भन्दा नेपालको एकिकरण गरेका हुन । विभिन्न कालखण्डमा विभिन्न तरिकाले टुक्रा हुन पुगेको नेपाललाई एकिकरण गरिएको हो । यदि विजित मुलुकलाई गोर्खामा मिसाएको भए त्यसलाई राज्य विस्तार मान्न सकिन्थ्यो । काठमाण्डौलाई आफ्नो इच्छा विपरित राजधानी कायम गरेर प्रचिन नेपाललाई सम्मान गरेका थिए । झण्डा लिच्छवी कालिन नेपालको झण्डाबाट नै कायम गरे जसको नमुना चाँगुनारायण मन्दिरमा छ । प्राचिनदेखि हालसम्म नेपालको गौरव र जनताको हित भएको कार्यकाल राजाहरूको प्रत्यक्ष शासन काल नै छ ।
आलंकारिक राजा, अमात्य वा प्रधानहरूको नियन्त्रणमा भएका लालमोहर मात्र लगाउने राजा, शिशु राजा सातसाल भन्दा पहिले नै भोगि सकेको छ । संवैधानिक भनेर राजनैतिक दलहरूको अधिनमा र अहिले गणतन्त्र पनि भोग्दैछ । गणतन्त्रको हियामती गर्नेहरू नै नेपालमा विभिन्न समस्या रहेको कुरा स्विकार गर्न बाध्य भएका छन । नामै सुन्दा पनि सुनपानी छर्कनु पर्ने मनस्थिति भएकाहरू पनि राजा महेन्द्रको कार्यकाल सम्झन पुग्दैछन् । अलग अलग समस्याको अलग अलग हल गर्ने प्रयत्नमा सबै छन । तर एक समस्या हल भै नसक्दै अर्को समस्याले टाउको उठाउन पुग्दैछ । भनिन्छ हात्तीको पाइलाको डोव अटाउने ठाउँमा सबैको डोव अटाउँछ । सबै समस्याको एकमुष्ट हल राजसंस्था पुनर्वहाली मात्र हो ।
स्वभाविक पनि हो यदि गणतन्त्रका ‘मसिहा’हरू संविधान मृतप्राय देखेर धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र समाप्त हुने अवस्था आउने भयो भन्छन् भने गणतन्त्र साँच्चै खतरामा होला । तर प्रश्न गणतन्त्र माथी खतरा चाही कोबाट ? गणतन्त्रको विलोम राजतन्त्र हो । राजगद्धि चड्ने राजा भने एक उदारमना धनीको जस्तो व्यवहार गर्दैछन् । केही दिन लगातार ¥याली गरेर राजतन्त्र माग्नेहरू पनि ओलीले आफ्नो काम गरिदिन्छन् कि भनेर दरवार मार्गमा भिड लाग्न पुगेको सुनियो । प्रारव्धले नै सवै कुरा दिन्छ श्रम के गर्नु भन्ने सोच राजतन्त्र चाहनेहरूमा देखिन्छ । पुर्र्खाले आर्जेको राष्ट्रको माया पक्कै छ तर वर्तमानमा संरक्षक शक्ति राजसंस्था किन त्यसलाई बुझिरहेको छैन ?