banner
banner

प्रधानमन्त्रीको बोली, मन्त्रीको स्वर

काठमाडौं । माघ २३ गते दरवारको ढोकाबाटै गणतन्त्रको चर्को ढोल पिटे पनि प्रधानमन्त्रीका विश्वासपात्र मन्त्री कृष्णगोपाल श्रेष्ठले राजा रहने परम्परा पुनः स्वीकार गर्न सकिने संकेत गरेका छन् । राजनीतिमा असम्भव केही हुन्न, यी मन्त्रीको फेसबुकमा मदन भण्डारीको चर्चित भाषणको एक अंश देखिन्छ ।
त्यसमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’ भन्नुभएको थियो । हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापना हुनुपर्ने सडक आन्दोलन र बहस चलेका बेला मन्त्रीको संकेत अर्थपूर्ण मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper