banner
banner

सरकारलाई दुई आग्रह

प्रेमसागर पौडेल --
१. नेपाल औपचारिक रूपमा अन्तर्राष्ट्रिय ग्याङको चंगुलमा फस्यो । अबदेखि रिमोटबाट गतिविधि चलेको प्रत्यक्ष देखिनेछन् । यो स्थिति देशका लागि घातक छ ।
२. सरकार नागरिकता देउ 
विभिन्न राजनीतिक दलका नेताहरूको नेतृत्वको सरकारले समिति नै गठन गरेर दक्षिणका विदेशीलाई थोकमा नेपाली नागरिकताको प्रमाणपत्र निरन्तर दिंदै आएका छन् । बर्षाैंदेखि रेसिडेन्स भिसामा चीनको तिब्बतको ल्हासा, सिगात्स, आम्दो र छिङ्गहाईमा बस्दै आएका हजारौं नेपालीलाई हालसम्म नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छैन । ल्हासामा झण्डै पाँचसय, सिगात्सेमा झण्डै छ हजार, आम्दोमा नौसयबढी र छिङ्गहाईमा नौसयजति नेपाली नागरिक रेसिडेन्स भिसामा बर्षाैंदेखि बस्दै आएका छन् । यी नेपाली नागरिकसँग चीन तथा नेपाल दुवै देशको नागरिकता छैन । यद्यपि, नेपाली भएको प्रमाण स्वरूप नेपालको राहदानी प्रयोग गरिरहेका छन, तीमध्ये कतिपयले । सरकारले यसतर्फ अविलम्ब ध्यान देओस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper