banner
banner

‘चौरमा दिवाभोज’ विश्वकला-- रमेश खनाल

रमेश खनाल-- 
– एद्धार मानेका चित्र “चउरमा दिवाभोज”The Luncheon on the Grass Le Dejevner Sur L'her be नामक एक प्रसिद्ध अति विवादित (२.०८ मि.×२.६४ मि.) साइजको इ.सं. १९६२ र १९६३ का बीच बनाइएको एक तेल चित्र हो ।
हाल यो चित्र पेरिसकोMusee dorsay कला संग्राहलयमा संकलन गरिएको छ । यो एक यथार्थवादी चित्र हो । चित्रलाई पनि पेरिसको सालोन जुरीले १८६३ को यस राष्ट्रिय कला प्रदर्शनीमा अस्विकृत गरेका थिए ।
मानेले प्रस्तुत चित्रमा एक महिलालाई दुई पुरुषका बीच पूर्ण नाङ्गो देखाएका छन् । त्यसबेलाको समाजले मानेको निरवस्त्र चित्र अश्लिल ठान्दै अस्विकृत गरेको थियो । मानेको सो चित्र वास्तवमै एक विद्रोह थियो । सालोनका जुरीले मानेको सो चित्र अस्विकृत गरेकै संदर्भमा जोला नाम गरेको लेखकले मानेको प्रतिवाद गर्दै लेखेका छन् ः– 
“लुभ्रभित्र स्ववस्त्र र विवस्त्र आकृतिहरुलाई सँगै राखेर संयोजन गरिएका यस्ता पचास भन्दा बढि चित्र टांगिएका छन् तर ती चित्र हेरेर कोही किन आक्रोसित हुँदैनन् । माने जस्ता विश्लेषणवादी कलाकारहरुका लागि विषयले गौण महत्व राख्दछ र दर्शकका लागि भने विषय नै सम्पूर्ण हुन्छ ।” अतः निश्चित रुपमा “चउरमा दिवाभोज” की निर्वस्त्र महिला आकृति कलाकारहरुका लागि केवल मांसल स्वरुप चित्रणका लागि साधन मात्र रहेको छ । संक्षेपमा भन्नुपर्दा आकृतिहरुको यो सानो समूहलाई कलाकारले आफूभित्र निहित गर्दै सरल प्राकृतिक परिवेशमा अभिब्यक्त गरिदिएका छन् । चित्ताकर्षक छन् । (स्रोतः पाश्चात्य कला– नविन्द्रमान राजभण्डारी ) ।
मानेको उक्त चित्र बाट अन्य कलाकारहरु पनि प्रेरित भएका थिए । ती कलाकारहरुमा पिकासोलेLes Demoiselles d'Avignon (1907)  जस्तो चित्र बनाए । त्यसैगरि Paul Gauguin ले Where do we come from ? Who are we? Where are we going ? नामक थाहिटीयन महिला जन्य चित्र बनाए । Paul Cezanne n] Le Dejeuner Sur I'herbe नामक चित्र बनाए । James Tissot  ले La partie Carree  नामक चित्र बनाए । मानेले चउरमा दिवाभोज नामक चित्र स्टुडियो मा नै बनाएका हुन् । उक्त चित्रमा युजेन माने (Eugene manet)  तथा फर्डिनान्ड लेनहोक Eugene manet द्धयले पुरुष मोडल बसेका हुन् । निर्वसना स्त्री मोडल भिक्टोराँ म्युरँ Victorine Murent हुन् । उनी एक प्रसिद्ध मोडल हुन् ।
यस चित्रको अघिल्लो भागमा एउटा बास्केट भित्र फलफूल र पाउरोटी देखिन्छ । जसलाई मानेको स्टिल लाईफ पनि भनिन्छ । यस चित्रमा दर्शक तर्फ हेरिरहेकी निर्वस्त्र युवतीले दाहिने हातको कुईनो घुँडामा टेकेर चिउँडो हामी तर्फ फर्काएकी छन् । दुई पुरुष मध्ये टोपी लगाएको पुरुषले दाहिने हात अगाडि तेर्साएर कुनै गम्भिर विषयमा वार्ता गरिररहेका देखिन्छ । निरवस्त्र युवतिको उपस्थिति रत्तिभर मतलव नराख्दै टोपि नलगाएको पुरुष पनि गंभिर भएर कुरा सुनिरहेको देखिन्छ । निरवस्त्र युवती र दुई पुरुषको अलिक पर एक युवती निहुरिएर पानीमा केही खाेिजरहेकी देखिन्छ । मोनेले किन हो यस चित्रमा दोस्रो युवतीको फिगर ठूलो देखाएका छन् । अर्थात दुरान्तरका हिसावले ती युवतीको फिगर सानो हुनुपथ्र्यो । तर त्यहाँ त्यस्तो छैन । तैपनि निलो आकाशको दुरान्तर मिलेको छैन । कतै काम अधुरो नै लाग्छ । संभवत स्टुडियोमा बनाएको चित्र भएकोले वस्तुहरुको छायाँ त्यति देखिदँैन । प्रकाशलाई मात्र विशेष ध्यान दिने गरिन्छ स्टुडियोमा ।
प्रचलित प्रज्ञिक परम्परालाई ताडेर मोनेले खस्रा तुलिका धातुहरु प्रयोग गरेका छन् । जबकी त्यसबेला चिल्लो रंग लगाएका चित्रहरु मात्र हेर्ने आँखामा बानी परिसकेको थियो । अर्को महत्वपूर्ण कुरा सत्रौ शताब्दीमा काराभाजो लगायत अन्य बरोक शैलीका कलाकारहरुले सुरु गरेको कृतिम प्रकाशको प्रभाव देखाउने पद्धतिलाई मानेले त्यागिदिएका थिए ।
“Sense Of propriety though Emile Zola a contemporatry of Manet's argued that this was not uncommon in painting found in Louvre. Zola also felt that such a section come from viewing  art differently than ‘analytit' painters like Manet, who use a paintings subject as a pretext to paint.” मानेको सो चित्रको मुल्यको २५०० फ्रेङक राखेका थिए । तर उक्त चित्रलाई प्रसिद्ध ओपेरा गाएक व्भJean Baptiste faure ले २६०० फ्रेङ्कमा किनेका थिए ।  भनिन्छ, माने जोर्जोन (Giorgione) को ‘एबकतयचब िअयलअभचतु  नामक चित्र‘Pastoral concert'  (1515)  का  Marcan tonio Raimondi  sf Judgement of paris इनभ्रेगिग बाट प्रभावित भएका ठानिन्छ। मानेको सो चित्रमा मिश्रित विचारहरु पाईएका छन् । Odilon Redon Le capitaine pompilus, castangnary, Le Figaro, paul thore  आदिले मोनेको सो चित्रमा मिश्रण विचार व्यक्त गरेका छन् । यसक्रममा अर्थर स्टिभिन्सले पेन्टिङले के भन्ने खोजेको हो वुझ्नै सकिन भनेका छन् । यसैगरि,Didier de Montchaux  ले भने मैले “सो चित्र  fairly seabrous  पाए” भनेका छन् । जे, होस् मानेका सो चित्र व्यापक विरोधका बीच पनि प्रशिद्ध भएको छ ।
अस्लिल होइन, विद्रोहका रुपमा संसारले यो चित्रलाई हेरेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper