banner
banner

पशुपतिको यात्रा सिद्राको व्यापार

जयराम बिडारी- - 
रामराज्यको कल्पनामा स्थापना गरिएको भनिएको गणतान्त्रिक शासन पद्धतिका ेयो हदसम्मको असफलता नेताहरुको अकर्मण्यता कारक हो । शासन संचालनका बिधि प्रकृयाका तत्व जेसुकै भएपनि आखिर देशको अमन चयन र जनअपेक्षा पुरा हुन् सकेन । नेताहरुको मिठा तिता वा गुलिया नारा र भाषणमा निमग्न हुनुलार्ई हाम्रा चेतनास्तर वृद्धिको मापक ठान्ने हो भने हाम्रो निर्णय क्षमता अर्को शय बर्षमा पनि समान गतिमा चलायमान रहन्छ । संचेतना नागरिक समाजको गहना हो तर कहिलेकाहि त्यहि सचेतताले समाजलार्ई गिज्याईरहेको हुन्छ । आजकल चेतनास्तर बढेको हावादारी तर्क दिएर मानिसहरुको संबेदनसिलतासँग खेलवाड गरिंदैछ । हामीले कुनै दल वा तीनका नेताले गरेका नराम्रो पक्षलाई छोपेर राम्रा अनि कुटिल प्रयत्नहरुलाई सिंगारेर पस्किने सामग्रीहरुलाई आधार मानेर जुन खालको धारणा बनाउँछौं त्यसैले हामीलाई र्मुिर्छत पारेको छ ।
वर्तमान अवस्थामा नेपाली समाज पूर्णरुपमा बिभाजित हुनपुगेको छ । नेकपा पार्टी एकता स्वार्थहरु मिल्दा चाटाचाट र स्वार्थ नमिल्दा काटाकाट गर्ने प्रवृति पुरानै हो । स्वार्थको बिनिमय गरेर गरिएको एकताले बास्तविक रुपमा दुई भिन्न दललाई आज ए कता ? भन्ने अवस्थामा पु¥यायो । स्वार्थहरुको टकरावका कारणले दुवै पक्ष ओली पक्ष र प्रचण्ड पक्षमा देखिएको अन्यौलता र जनता भड्काउने अभिव्यक्ति अनि आफ्नो पक्षमा जनमत सृजना गर्ने होड शक्ति प्रदर्शनले आआफ्नै र्योजना बुनिरहेछन् भने ओलीले यतिबेला नेपालीजनको मनोबिज्ञानलाई बुझेर अनि नेपालीहरुको नाडी छामेर नयाँ खालको अधिनायकवाद, सर्वसत्तावाद वा शैनिक शासन वा राजतन्त्र पुनस्र्थापित गर्ने प्रयास गर्ने रणनीति तय गर्दैछन् भने अर्कोतिर नेपालीहरुको धार्मिक मनोविज्ञान माथि नयाँ प्रर्योग गर्न खोजिरहेछन् । प्रचण्ड पक्ष भने जनप्रदर्शनका नाममा धनप्रदर्शनमा निमग्न छन् । अब हामीले हाम्रा चेतनास्तर मापन गर्ने कि नगर्ने ? यो अत्यन्त चोटिलो प्रश्नका रुपमा उपस्थित छ ।
प्रचण्ड माधव पक्षबाट गरिएको भनिएको जन वा धनप्रदर्शनमा लकडाउनका समयमा २०–२५ दिन लगाएको भोकै प्यासै आआफ्ना गन्तब्यमा निस्किएका ती निरीह जनताकाप्रति कुनै सहानुभूति नदेखाउने कुनै पनि राजनैतिक दलहरुले आज कुन आम्दानीको स्रोतले गाडी रिजर्भ गरेर मासुभात ख्वाएर जनप्रदर्शन गर्दैछन् ? जसरी एक स्त्रीले प्रशववेदनाका बखत सांसारिक सुखभोगको लालसाको कल्पना गर्दिनन् त्यसैगरि अविच्छिन्न अविश्वास छलकपटपूर्ण ब्यवहार हुँदा हुँदै पनि अनवरत रुपमा तीनको पछि कुदिरहने कार्यकर्ता तीनका झोलेहरुले र आमजनता तीनको स्वार्थी खेलको पछि गोटीको रुपमा प्रयोग भई नै रहने हो भने हामीले हाम्रा चेतनाको स्तरलाई पुन एक पटक नाप्ने कि ननाप्ने ?
नेपालको भूराजनैतिक अवस्थिति र नेताहरुका असक्षमता एवं अकर्मण्य व्यवहार अनि ईतिहासमा कहिल्यै पराधीन नभएको र बर्तमानमा अवस्थामा कहिल्यै स्वाभिमानको रक्षा गर्न नसकेका हाम्रा भाग्यबिधाता भनिएका नेताहरुको स्तरलाई दृष्टिगत गर्दा विदेशीले बढ्तै खेलाएको महसुस हुन्छ । हाम्रा नेताहरु नव सामन्त नवधनाढ्य अनि पिर्के राजाको रुपमा र्यीनको चकचकी र बिगबिगीका साथ स्थापित हुनुले नयाँ राजतन्त्र सुरु भएको अनुभूति गर्न  सकिन्छ ।
हाम्रो मुलुकमा कुनै मुश्लिम राष्ट्रमा जस्तो हिन्दुधर्म अनुसार कट्टर रुपमा शासन चलेको थिएन । किनकि हिन्दु प्रजातान्त्रिक संस्कार सहितको बृहद दर्शन हो । तर राजनैतिक कोपभानमा हिन्दुत्वलाई पारियो र हठात् धर्मनिरपेक्षता लादियो । हिन्दुत्वलाई चलाउनु नै किन पर्ने थियो र ! अथवा शासन संचालनमा धर्मको नाम नै उल्लेख नगरे हुन्थ्यो । वा धार्मिक ‘स्वतन्त्रता भएको मुलुक’ सम्म लेखे पनि हुन्थ्यो । तर अनावश्यक हिसाबले झगडाको बिउ रोप्नका लागि धर्मनिरपेक्षता लेखाइर्यो । यसले कुनै बर्ग र समुदायलाई राम्रो गरेको देखिएन, वहुसंख्यक हिन्दुलार्ई चित्त दुखाउने कामबाहेक । उल्टो सहिष्णुता खलबलाएको छ ।
राजनैतिक समाजमा शुद्ध हावा मात्र बहेको हुदैन बिषाक्त हावा पनि बहेको हुन्छ तर एउटा कुरा चाहिं के सत्य हो भने शासकले आफैंलाई चिनेनन् र जनचाहना अनुसार शासन सञ्चालन नगरेको भएर शासकको मात्र नभएर ब्यवस्थाकै बिरुद्धमा आवाज उठ्नु अस्वभाविक होईन तर पनि आरोप र आलोचना सुनेर कार्यान्वयन नगर्ने सरकार जनताको दुश्मन हो । 
१) म कुनै दलबिशेषको दलदास होईन मेरो बिश्लेषणको आधार केवल देश र जनता अनि बिषयबस्तु र मुद्धा हुनेछ पात्र र प्रबृति गौण कुरा हो ।
२) म ब्यक्तिगत रुपमा कसैलाई लखेट्दिन तर गलत प्रबृतिलाई छोड्दिन जस्तै कतिपय पात्रहरुका बिषयमा गर्न चाहन्छु । केपी ओली निरंकुशता भनिएको पंचायतको बिरुद्धमा १४ बर्ष जेल बसेको मानिस हुन् तर प्रचण्ड र बाबुराम बहुदलिय ब्यवस्थाको बिरुद्धमा सशस्त्र आन्दोलन गरेर १७ हजार नेपाल आमाका छोराछोरीको सामुहिक हत्याकाण्डको र्योजनाकार हुन ।
३) गिरीजा प्रसाद कोईराला प्रचण्डको मिठ्ठो ललिपपमा भुलेर उधारो राष्ट्रपतिको लोभमा फसेर कांग्रेसको मौलिक सिद्धान्त संवैधानिक राजतंत्र र बहुदलीय प्रजातंत्रको हत्यारा हो । 
४) शेरबहादुरको कुरा गरिरहनु आवश्यक परोईन किनकि उनी गर्वका साथ गान्धी जयन्ति मनाउँछन् तर पृथ्वी नारायणप्रति चरम बितृष्णा छ उनको ।
५) मधेशवादी दलहरुको के कुरा गर्नु प¥यो र ? उनीहरु देखिएका छन् ।
६) देश तथा जनताको आमूल परिवर्तन गर्नका लागि भनेर भारतीयको संरक्षणमा गरिएको माओवादी सशस्त्र संघर्षले नेपालको राजनैतिक अधिकार बिदेशीलाई बुझाएको तितो यथार्थता हाम्रा सामू छर्लंगै छदैछ ।
७) नेपाललाई बिभिन्न जातिय राज्यमा बिभाजनमा परिणत गर्ने माओवादीको कुटिल चालका बिरुद्धमा एक्लो सतिसालझैं उभिने केपीको दर्बिलो हिम्मत र बर्तमान परिणाम हाम्रा सामू प्रष्ट छ ।
८) नाकाबन्दीको बिरुद्धमा राष्ट्रिय अस्तित्वलाई उँचो पार्ने केपीको कदमलाई कसरी नजÞरअंदाजÞ गर्न सकिन्छ ?
९) ल्याण्डलक देशलाई भूजडित रुपमा बिकशित गर्ने केपीको प्रयासलाई सराहनीय नमान्नुपर्ने कारण के छ र ?
यति हुँदा हुँदै पनि केपी ओलीका हजÞारौं दुर्गुण छन्, तिनीहरुलाई क्रमशः प्रकाश पार्दै गरौंला ।
अव धार्मिकता भित्रको राजनैतिक चालबाजीका बारेमा थोरै बहशमा जानु उपर्युक्त हुनेछ । राष्ट्रप्रमुखका रुपमा केपी ओलीले यो देशको सत्ता संचालन गरेको यो दोश्रो पटकको दौरानमा पशुपतिनाथको दर्शन यात्रालाई लिएर बिभिन्न कोणबाट परिचर्चा गरिएको पाईन्छ । बिशेष गरेर कर्टुनिस्टहरुले धर्मलाई अफिमसँग तुलना गर्ने भएकोले कम्युनिस्ट प्रम राष्ट्रदेवको शरणमा, ढिलै भएपनि कम्युनिस्ट प्रमको मति फेरिएको छ । पशुपतिनाथको शरणमा जानु, अब हिन्दु राष्ट्र फर्किने संकेत देखिन्छ ।
कुनै पनि खालका धार्मिक गतिविधि नगर्ने प्रचलन रहेको कम्युनिजमको अवस्थामा पशुपतिनाथमा सवालाख दीप प्रज्वलनको राजनीतिक बाहेक कुनै अर्थ देखिंदैन । धर्मनिरपेक्षता लादिएपछि रुष्ट रहेका बैदिक सनातनी हिन्दूहरुको आस्था माथि प्रयोग गरिएको कुटिल दुस्प्रयास मात्र हुनसक्छ । धर्मका लागि मन्दिर मश्जिद गिरिजाघर कहिं जानु पर्दैन भन्ने शास्त्रीय मान्यता रहेको पाईन्छ अर्को कुरा मन्दिर जांदैमा मानिसहरु धार्मिक पनि भईहाल्दैनन् । सवैतिरका चुनौतीको सामना गर्दा गर्दैको दिग्दारीपूर्ण अवस्थालाई केही राहत मिलोस् र बहुसंख्यक हिन्दुहरुको भावनामा खेल्न सकियोस् भन्ने प्रमुख उद्धेश्यले पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न पुगेका प्रधानमन्त्रीले सामाजिक संजालमा मिश्रित प्रतिक्रियाको सामना गरिरहेछन् । गल्ति मानिसबाट हुन्छ त्यसलाई सुधार्नुपर्छ । हिजो धर्म निरपेक्षतालाई गणतन्त्र, संघियतालाई चोर बाटोबाट छिराएकोमा सच्याउने मनसाय हो भने राम्रो हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper