नेपाल–चीन पारस्परिक समाजका नवनिर्वाचित अध्यक्ष तथा सदैव नेपाल र नेपालीका विषय उठाइरहनु हुने प्रेम सागर पौडेल भन्नुहुन्छ– आजसम्म कुनै पनि राजनीतिक दलले राष्ट्रियतालाई मुख्य अजेण्डा बनाएनन् । राष्ट्रियताको अजेण्डालाई दुहुनो गाई बनाए । अहिलेको उर्लिएको द्वन्द्व यही हो । यो अवस्थामा देशभक्त नेपाली एकजुट होऔं ।
भ्रष्टाचारी, देशद्रोही र गद्दारहरुका विरुद्ध मोर्चाबन्दी गरौं ।
हिजो र आजको फरक ! पहिला सिक्रीले बाँधेर दास बनाउथे रे । अहिले दास बन्नका लागि प्रतिस्पर्धा चलिरहेको छ । खुर्सानी पिस्ने हातले बारुद पिस्नुपर्छ, कोक्रो हल्लाउने हातले विश्व हल्लाउनुपर्छ अब । जनता जाग्नुको विकल्प छैन ।