banner
banner

आर्यन स्कूल अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टः ‘दर्जन भन्दा बढी स्कलरसिपमा सितैमा पढ्न पाइने’

 काठमाडौं । कलेजहरुको भिडमा नयाँ नयाँ कलेज खुल्नु नोलौ कुरा भएन । तर खुलेका कलेजहरुले प्रदान गर्दै आएको शिक्षाको स्तर, शैली, सेवा सुविधा, गुणस्तर, व्यवस्थापन र शिक्षण पद्धतिको बारेमा खोज्दै जाँदा धेरै कम कलेजहरु मात्र भेटिन्छ । त्यहि कम कलेज मध्ये एक कलेजको रुपमा स्थापित कलेजको नाम हो, आर्यन स्कूल अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, काठमाडौंको मुटु मध्य बानेश्वरमा अवस्थित रहेको यस कलेजले पच्छिलो समय इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टको क्षेत्रमा नयाँ उचाई प्राप्त गरेको छ । यसै कारणले गर्दा विद्यार्थीहरुको लागि पहिलो रोजाईको कलेजको रुपमा स्थापित हुदैं गएको कलेजका प्रन्सिपल प्रो.शोभाकान्त देवको तर्क रहेको छ । उहाँले कलेज छोटो समयमा नै सेन्टर अफ एक्सीलेन्सको रुपमा स्थापित हुन सफल हुनुमा विद्यार्थी, अविभावक र कलेज प्रशासन तथा सबैको उतिकै हात रहेको भन्दै प्रसंसा समेत गर्नुभयो । प्राविधिक एवम् व्यवसायिक क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको मुलुककै अग्रस्थानमा रहेको पूर्वाञ्चल विश्वविद्यालय सँग सम्बन्धन प्राप्त आर्यन स्कुल अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट कलेज मध्य वानेश्वर काठमाडौँमा सन २०१० मा स्थापना भएको हो । यस कलेजमा सिभिल इन्जिनियरिङ्ग, सूचना– प्रविधि र व्यवस्थापन क्षेत्रका महत्वपूर्ण स्नातक तहका चार शैक्षिक कार्यक्रमहरू बिई सिभिल, बिआईटी, बिसिए, र बिबिए (BE Civil, BIT, BCA and BBA) सञ्चालन भइरहेका छन् । आर्यन कलेज स्थापनाको मुख्य उद्देश्य भनेको सिभिल इन्जिनियरिङ्ग, सूचना–प्रविधि र कम्प्यूटर एप्लिकेशन एवम् व्यवस्थापन क्षेत्रमा गुणस्तरिय शिक्षा मार्पmत् प्राविधिक एवम् व्यवसायिक विश्वस्तरीय जनशक्ति उत्पादन गर्नु हो । यसको लागि पूर्वाञ्चल विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग को दिशानिर्देशन अनुरूप कलेजमा कार्यरत व्यवसायिक शिक्षक र कर्मचारीहरूबाट प्रदान गरिने सैद्धान्तिक र व्यवहारिक ज्ञान एवम् सीपले सुनिश्चतता गर्दछ । आर्यन स्कूल कुन कुन कोर्समा पढ्न पाइन्छ ? आर्यन स्कूल अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टमा स्नातक तहको ४ कार्यक्रमहरु सफलता पूर्वक सन्चालनमा रहेको छ । (क) BE Civil (Bachelor in Civil Engineering): BE Civil मा विभिन्न प्रकारका भौतिक संरचनाहरू जस्तै भवन, सडक, पुल, नहर, बाँध आदि निर्माणको सर्वेक्षण, डिजाइन र निर्माण गर्ने व्यवसायिक जनशक्ति उत्पादनको लागि पढाइन्छ । BE Civil कार्यक्रममा चार वर्षको अध्ययन गरे पछि उत्पादित सिभिल इन्जिनियर जनशक्ति देश भित्र सरकारी एवम् निजी निर्माण कम्पनीमा व्यापक माग भइरहेको छ । सिभिल इन्जिनियरहरू भनेको समाज निर्माणको मेरुदण्ड भएको परिप्रेक्षमा यिनीहरू नेपाल जस्तो विकाशसिल देश लगायत विदेशका विकसित देशहरूमा पनि उत्तिकै उच्च माग रहेको छ । यस BE Civil कार्यक्रममा भर्नाको लागि कक्षा 12, CTEVT को ] Diploma in Engineering वा A Level अध्ययन पछि हरेक विषयमा कम्तिमा ग्रेड C अथवा 45% अङ्क प्राप्त गरि पूर्वाञ्चल विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षा उत्र्तीण हुनुपर्दछ । (ख) BIT (Bachelor of Information Technology): विश्वमा वदलिदै गरेको सूचना प्रविधिको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नको लागि BIT मा चार वर्ष एवम् आठ वटा सेमेष्टरहरूमा अध्यापन गरिन्छ । विद्यार्थीहरूले रचनात्मक सीपहरूको अभ्यास गर्दै कम्प्यूटरमा विभिन्न प्रोग्रामिङ्गहरूको ज्ञान र सीप लिएर सूचना प्रविधिका क्षमताहरूको सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्राप्त गर्दछन् । चार वर्षे कार्यक्रम अन्तर्गत आठओटा सेमेष्टरहरू मध्ये हरेक सेमेष्टरहरूमा गराइने प्रोजेक्ट वर्क सम्बन्धि कार्यले विद्यार्थीहरूको आई टी सम्बन्धि ज्ञानलाई उपयुक्त विश्वस्तरीय व्यवसायिक सीपमा बदल्दछ । यस BIT कार्यक्रममा भर्नाको लागि कक्षा 12, CTEVT को ] Diploma in Engineering वा A Level अध्ययन पछि हरेक विषयमा कम्तिमा ग्रेड C अथवा 45% अङ्क प्राप्त गरि पूर्वाञ्चल विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षा उत्र्तीण हुनुपर्दछ । विद्यार्थीहरूको कक्षा 12 अथवा सो सरहको लेभलमा १०० पूर्णाङ्कका Mathematics वा Business Math उत्र्तीण हुनुपर्दछ । (ग) BCA (Bachelor of Computer Application): BCA कार्यक्रम कम्प्यूटर एप्लीकेशनको विश्वस्तरीय चार वर्षका आठ वटा सेमेष्टरहरूमा अध्ययन गरिने अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम हो । यस कार्यक्रमले कम्प्यूटरका हार्डवेयर र सफ्टवेयरको क्षेत्रमा भइरहेको प्रगतिलाइ समेट्छ । आजको विश्वमा शिक्षा, स्वास्थ्य, वैकिङ्ग, व्यापार, प्रविधि आदि सबै क्षेत्रमा परम्परागत विधि र व्यवसायिक अभ्यासहरू वदलिरहेका छन् । यस BCA कार्यक्रममा अध्ययनका लागि जुन सुकै संकायमा रहेक विषयमा ग्रेड D+ अथवा 45% ल्याएको विद्यार्थी अध्ययनको लागि पूर्वाञ्चल विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षा उत्र्तीण भएपछि भर्ना हुन सक्छन् । (घ) BBA (Bachelor of Business Administration): आजको खुला अर्थतन्त्र भएको विश्व वजारमा कुशल व्यवस्थापनको लागि जन शक्ति उत्पादन गर्न BBA कार्यक्रममा अध्यापन हुन्छ । उर्जाशिल एवम् गतिशिल नवयुवाहरू BBA को अध्ययन पश्चात व्यक्तित्व विकासको माध्यमबाट समाजमा जिम्मेवार, उत्तरदायी एवम् सृजनशिल वन्छन् । आर्यन कलेजले नवयुवा विद्यार्थीहरूलाई विश्व उदारीकरणको सन्दर्भमा बैकिङ्ग, व्यवसाय र उद्योगहरूमा प्रवेशको लागि चुनौति र अवसरको क्यारियर निर्माण सँगै तयार गर्दछ । यस कलेजमा अध्ययन गरेका BBAसंकायका दिक्षित विद्यार्थीहरू वाणिज्य क्षेत्रको विकास र प्रविधिको साथ परिवर्तनशिल मानव, प्रविधि, सुचना संसाधनलाई एकिकृत गर्न सक्छन । उद्यमी भावनालाई पृष्ठपोषण गर्दै सफल व्यवसाय गर्नका लागि तयार हुन्छन् । BBA कार्यक्रममा अध्ययन गर्न कक्षा 12 वा सो सरहका जुन सुकै विषय अध्ययन गरेको भए पनि हरेक विषयमा कम्तिमा D अथवा 42% अङ्क प्राप्त गरेको हुनुपर्दछ । आर्यन कलेजमा नै अध्ययन किन गर्ने ? १. पूर्णकालिन व्यवसायिक लेक्चरर एवम् कर्मचारीहरू भएको, २. अनुसन्धानमा आधारित गुणस्तरिय शिक्षा भएको, ३. विभिन्न वर्गमा मेधावि एवम् आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सत प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था भएको, ४. यथेष्ठ प्रयोगशालाको व्यवस्था भएको, ५. अनुसन्धानमा आधारित गुणस्तरिय शिक्षाको व्यवस्था भएको, ६. कलेज हाताभित्र वास्केट वल खेल मैदानको सुविधा भएको, ७. विभिन्न जर्नलहरू सहित इ–लाइव्रेरीको व्यवस्था भएको, ८. बुक बैंकको व्यवस्था भएको, ९. व्यक्तित्व विकासको लागि आवश्यक अतिरिक्त क्रियाकलापहरू भएको, १०. विश्वविद्यालयमा उत्कृष्ट नतिजा हासिल भइरहेको, ११. काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानबाट पायक पर्ने स्थान मध्य वानेश्वरमा कलेजको अवस्थिति भएको, १२. समय सान्दर्भिक आधुनिक पाठ्यक्रम भएको कारण अध्ययन पश्चात रोजगारीको पूण ग्यारेन्टी भएको । कुन कुन स्कलरसिपमा सितैमा पढ्न पाइने ? यस वर्ष आर्यन स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टमा भर्ना हुन चाहने सम्पुर्ण बिद्यार्थीहरुको लागी छात्रवृतिको व्यवस्था गरिएको छ । यस कलेजले Covid 19 को कारणले थला परेको नेपाली अर्थतन्त्रबाट नेपाली अर्थतन्त्रबाट नेपाली विद्यार्थी भाईबहिनि तथा अभिभावक पनि अछुतो नहुने भएकोले कलेज व्यवस्थापनले वहन गर्नुपर्ने सामाजिक उतरदायित्व अन्तर्गत बिद्यार्थीहरुले ५०% सम्म छात्रवृति पाउन सक्नेछन भनेर जनाएको छ । कलेज व्यवस्थापन समितिले जेहेन्दार, मधेशी, दलित, मुश्लिम, आन्दोलन, द्वन्द पिडित, दुर्गम क्षेत्र आदि शिर्षकमा छात्रवृतिको व्यवस्था गरेको छ । अहिले नै जति सक्दो चाडो भर्ना फारम भरेर बिद्यार्थी भाईबहिनीहरुले आफुले पाउने छात्रवृति सुरक्षित गर्न सकिनेछ । कलेजका हरेक कार्यालय दिनमा बिहान ७ ः०० बजेदेखि ४ः०० बजे सम्म खुल्ला रहनेछ । विस्तृत जानकारीका लागि फोन नं. 01-4485146, 9851187655 इमेलः info@thearyanschool.edu.np वेभसाइटः www.thearyanschool.edu.np

@ today khabar

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper