banner
banner

के. पि. पाठकको नेतृत्वमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुल आयोजक समिति गठन

 काठमाडौं, आज माघ ११ गते नेपाललाई केन्द्र बिन्दु बनाइ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । यो चौथो पटक हो , संस्थाका अध्यक्ष के. पि. पाठकको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भै जिम्मेवारी पनि बिभाजन भएको छ । बर्सेनि अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकार , निर्देशक , पटकथाकार जस्ता महत्त्वपूर्ण ब्यक्ति भित्रीयाउदै आएको संस्थाले यस पटक भिन्न तरिकाले कार्यक्रम गर्ने योजना बनाएको छ । गोष्ठी , सेमिनार , अन्तरक्रिया , विभिन्न देशका उत्कृष्ट फिल्म प्रदर्सन र ती फिल्महरु निर्माणकर्तालाइ सम्मान जस्ता कार्यक्रम रहेका छन । २०२१ मे ६ देखि १० सम्म चल्ने कार्यक्रममा देशका गन्य मान्य ब्यक्तिहरुको उपस्थिति रहनेछ । कार्यक्रमलाई ब्यबस्थित किसिमले सम्पन्न गर्न निम्न अनुसारको कार्यबिभाजन गरिएको छ । जस्मा :- के.पि. पाठक - कार्यक्रमको अध्यक्षता प्रमोद भण्डारी - फेस्टिभल , प्रोग्रामर , प्रोडक्सन म्यानेजमेन्ट यादव कुमार भट्टराई - फेस्टिभल प्रोग्रामर ( डिस्कोर्स ) टिना राजभण्डारी -अनलाइन , कम्युनिकेशन , डिजिटल मार्केटिङ , सामाजिक संजाल सामिप्य तिमिल्सिना - मिडिया तथा प्रेस कोअर्डिनेटर परिस्कृत श्रेष्ठ - फेस्टिभल प्रोग्रामर ( इभेन्ट मार्केटिङ कोअर्डिनेटर रसिक पाठक - क्रियटिभ डायरेक्टर ( कन्टेन्ट ) पुकार तिमिल्सिना - प्रोडक्सन कोअर्डिनेटर र सदस्यहरुमा कमल शर्मा , जे. बि. रुवाली , सुर्य श्रेष्ठ , सम्पदा मल्ल , शन्कर दुलाल र सागर पाण्डेय हुनुहुन्छ । चलचित्र महोत्सवले नेपाली कलाको प्रवर्द्धन , नेपाली ब्यबस्थापकिय पक्ष , नेपालको पर्यटन उद्योगमा ठुलो मद्दत पुग्ने बिश्वास लिइएको छ । कार्यक्रमलाई भब्य रूपमा सफल पार्न स्वदेशी मिडिया , उद्योगी व्यापारी र सरकारका संबंधित बिभाग मन्त्रालयको पनि महत्त्वपूर्ण सहयोग पुग्ने बिश्वास गरिएको छ। - सागर पाण्डेय (सदस्य , नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मुल आयोजक समिति काठमाडौं )

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper