काठमाडौं । प्रचण्डलाई चक्मा दिँदै प्रधानमन्त्री केपी ओलीले पूर्व लडाकुहरुको ‘पूर्व जनमुक्ति सेना तथा वहिर्गमित बाल सेनाको संगठन’लाई ओटी गूटमा समाहित गर्नुभएको छ ।
प्रधानमन्त्री केपी ओलीकै उपस्थितिमा वालुवाटार छिरेको यो श
िक्तले ओलीलाई विश्वास गरेका हुन् ।
यो कार्य सम्पन्न गराउने नेतृत्व लीलबहादुर थापाले गरेको बताइन्छ । ओली नेतृत्वको नेकपामा जाने निर्णयपछि पूर्व जनमुक्ति सेना र वहिर्गमित बाल सेनाको संगठन आन्तरिक छलफल गरिरहेको छ । यसको संयोजन पनि थापाले गर्नुभएको छ ।
पूर्व लडाकुको संगठनका हरेक व्यक्तिहरु भन्छन्– प्रधानमन्त्रीमाथि विश्वास छ, अब पूर्व जनमुक्ति सेनामाथि ‘न्याय’ हुन्छ । स्रोतका अनुसार केही दिनभित्रै औपचारिक रुपमा ओली नेतृत्वको पार्टी प्रवेशको तैयारी भइरहेको छ । यसपल्ट हामीलाई ओलीबाट कुनै धोका हुनेछैन भन्छन् उनीहरु ।