banner
banner

जनताका लागि नागरिक मार्च कहिले ?

काठमाडौं । नेकपा, नेपाली कांग्रेस, राप्रपा, जसपा कुन कुन पार्टीले प्रतिगमन गरेनन् ? कुन कुन नेताले अग्रगमनकारी काम गरे ? यति खुट्याउन नसक्नेहरु लोकतन्त्र र सामाजिक न्यायको अग्रगमनका निमित्त बृहद नागरिक मार्च गरिरहेका छन् । एयरपोर्टमा लाशको खात आइरहेको छ, अस्पतालमा हरेक दिन उपचार नपाएर मान्छे मरिरहेका छन् । खान नपाएर मर्ने पनि धेरै छन् । यो प्रतिगमन हो कि अग्रगमन ? लोकतन्त्र र सामाजिक न्याय सत्तामा मात्र देख्ने कि भुइँमान्छेमा पनि देखिनुपर्छ । प्रतिगमनको अड्डा बालुवाटार हो भने प्रतिगमनकारी को को हुन्, तिनीहरुविरुद्धको बृहद् मार्च कता छ भन्छन् पर्यवेक्षकहरु ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper