banner

अख्तियारको फाइल

काठमाडौं । अख्तियारले तामेलीमा राखेको र धूलैधूलोले छोपिएका फाइलहरु सफा गर्ने र हेर्ने कुरो अगाडि आएको छ । यद्यपि यो काम सरकारको होइन, तर सरकारले हनुमाने बनाएकाले सरकारले कुरो झिकेपछि अख्तियारले फाइलको धूलो टकटक्याउला नै ।
अख्तियारले गर्ने काम भनेकै भ्रष्टाचारको फाइल खोतल्ने र भ्रष्टाचारीलाई अदालतको कठघरामा उभ्याउने हो । त्यसो भए अख्तियारले ओम्नी ग्रुप, यति ग्रुप, नेपाल एयरलाइन्सको ग्राउण्ड हैण्डलिङ्, सेक्युरिटी प्रेस खरिद काण्ड, आयल निगमको जग्गा प्रकरण, वाइड र न्यारोवडी जहाज खरिद काण्ड देखि लडाका क्यान्टोनमेन्ट काण्ड कुनै पनि नछुटोस् । त्यस्तो छानबिन गर्नसक्ने अख्तियारको ढाडमा हाड होला त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper