banner

संसद उडाएपछि संकटकालको चर्चा

१४७ जनाको मृत्यु र ४३७ जनालाई घाइते बनाएको सन १९९३ अक्टोबर ४ को रुसी कालो दिवस र अहिले पुस ५ (बिक्रम सम्वत २०७७) को नेपाली राजनैतिक घटनाक्रमवीच के अन्तर छ ? उता पनि कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य रहिसकेका र पछि कम्युनिस्टबिरुध्द लागेर विशाल राष्ट्र सोभियत संघलाई १५ टुक्रामा बिभक्त गरी लोकप्रिय मतको आधारमा राष्ट्रपति बनेका बोरिस यल्तसिनले आफू क्रेमलिनमा बसेर आफ्नो इच्छाबिपरित चल्न खोजेको भन्दै संसद विघटन गरिदिएका थिए । सांसदहरुले त्यो कुरा स्वीकारेनन् र संसदीय गतिविधि सुचारु राखे । त्यतिबेलाका जल्दाबल्दा यल्तसिनलाई कसले छुने ! फलतः उनले सैनिक बल प्रयोग गरेर ट्यांक र बमको भरमा संसद भवनलाई नै उडाइदिए । अहिले अलि फरक शैलीको तर उस्तै राजनैतिक प्रक्रितिको द्वन्द्व नेपालमा शुरु भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटारबाट सबैखाले राज्य संयन्त्र सन्चालन गर्दै हुनुहुन्छ अनि सभामुख सहित बहुमत सांसद र पार्टीकै सहयोध्दाहरु संसद भवनलाई केन्द्र बनाएर बैठक, पत्रकार सम्मेलनलगायत यावत गतिविधि चलाउन थाल्नुभएको छ । 
सम्भावना यस्तो देखिदैछ कि न्यायिक लडाईसङ्गै संसदका काम कार्वाही पनि अघि बढाउने । त्यस्तो अवस्थामा के सत्ता र संसदवीच मुठभेड बढेर रुसी घटनाको पुनरावृत्ति त हुने होइन ? किनकि यहाँ पात्रहरुवीच समान स्वभाव के–के थिए वा छन् भनेर रौँ चिरा केलाउन थालिसकिएको छ । संकटकालका चर्चा पनि उत्तिकै छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper