banner
banner

संस्कारमा झुकौं, स्वाधीनतामा उठौं

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका रक्षामन्त्रीका सामु झुकेको  शिष्टाचारको नेपाली नमूना हो । क्यावात्, प्रदीप ज्ञवाली । यो हो शालीनता ।
प्रश्नचाहिं के हो भने– संस्कारमा झुकेका परराष्ट्रमन्त्रीले भारतका सामु स्वाधीनताका साथ शिर उठाएर वार्ता गरे गरेनन्, नेपालको अडान स्पष्ट गरे गरेनन् भन्ने हो । पटक पटक नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म झुकेका दृष्टान्त छन् । तर भारतको हितमा उनी कहिले झुकेनन्, सधैं नेपालबाट भारतको हितमात्र हेरे । संस्कारमा प्रदीप ज्ञवालीको यो उपयुक्त मर्यादा प्रर्शन हो । देश झुकाए कि भन्ने चासो हुनुपर्छ । दृढता नेपाल नीतिमा, नेपालको अडानमा, नेपालको हितमा हुनुपर्छ ।
भाषणमा क्रान्तिकारी पल्टेर भारतको पाउमा लम्पसार पर्नु गलत हो ।
माओवादी जनयुद्ध सुरु हुनुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पेश गरिएको ४० बुँदे माँग कति पूरा भए ? ती माँग नेपाली हितमा थिए, प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथजस्ता व्यक्ति प्रधानमन्त्री भएका हुन्, स्वाधीनताका ती माँग किन पूरा गरेनन् ? प्रश्न शालीनता र स्वाधीनताको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper