banner
banner

प्रतिभावान कलाकार राजकी अर्याल

 – प्राज्ञ रमेश खनाल- - 
यस मुलुकमा प्रतिभाशाली कलाकार, गायक, कवि आदिको कमि छैन । यदि कमी छ भने उनीहरूलाई चिन्ने आँखाको कमी छ । जुनसुकै गाँऊ, शहरमा प्रतिभाशाली सर्जकहरू भेटिन्छन् । उनीहरू मध्ये केही त्यसै कता कता बिलाउँछन् । र जसले अवसर पाउँछन् ती सर्जकहरू अर्काको मुलुकमा पुगेर पनि आफ्नो देखाएर आफ्नो अनि राष्ट्रकै शिर उच्च बनाउँछन् ।
यस्तै मुलुककै शिर उच्च बनाउने प्रतिभाशाली कलाकार सौगात आचार्य, राजकी अर्याल, विनय रिमाल, अपूर्व न्यौपाने, शसि राउत पनि हुन् । यी कलाकारहरू सबैले सत्य साई केन्द्रमा कला शिक्षा लिएका  हुन् । र, साई केन्द्रबाटै क्षेत्रिय प्रतियोगितामा सहभागि भएका हुन् ।  
सत्यसाई केन्द्र नारायणचौर काठमाण्डौँ केन्द्रको शनिवारै बाल विकास प्रशिक्षण यस अन्र्तगत ६०,७० जना सात वर्ष देखि १५ वर्षसम्मका वालवालिकाहरू । यिनीहरू प्रायः सबै चित्रकला सिक्न चाहन्छन् । यहि हुलमा एकजना गोरी सानी केटी, निरन्तर चित्र बनाई रहेकी देख्दथें । उनका चित्रहरू प्राय सबै सुन्दर हुन्थे । उनको प्रारम्भिक लगन देख्दा पछि सम्म चित्र बनाउन सक्थिन जस्तो अनुमान गरिन्थ्यो । हेर्दै जाऊ उनको भविष्य भनि हामीले निगरानी राख्न शुरू ग¥यौ । अन्तत उन्लाई राम्रै सँग चित्र बनाउन सिकाउने निरक्यौल ग¥यौ हामीले ।
जाडो लाग्यो । रूखहरूबाट पातहरू झरे । एकाएक उनी साईकक्षामा आउन छाडिन् । एकदुई पटक खाज्यौ तर फेला पारेनौ । निकै पछि उनी पुन ः देखा परिन् । परीक्षाको तयारी र परिक्षामा ब्यस्त रहिछन् । त्यसपछि उनी नित्य चित्रकला सिक्न थालिन् । समय अनुसार साई क्षेत्रिय प्रतियोगितामा हामीले उनलाई भाग लिन पठायौ । र त्यस प्रतियोगितामा उनी तृतीय भईन् र अर्को वर्ष द्वितिय र अर्को वर्ष प्रथम नै भईन् । 
हामीलाई लाग्यो अब राजकीलाई विशेष चित्रकला प्रशिक्षणको खाँचो छ । साई केन्द्रको ४५ मिनेटको कक्षाले पुग्दैन । त्यसैले हामीले उनलाई अरूपण कलाकक्षामा पठाउने विचार ग¥यौं । तर किन हो उनी अरूपण चित्रकला कक्षामा जान मानिनन् ।
समय वित्दै गयो । जाडो पछि गर्मी लाग्यो । काठमाण्डौँको गर्मी पनि चर्कियो । गर्मी पछि वर्षा लाग्यो । वर्षाले पनि उत्पात मच्चायो । सायद दशैं ताका हो, क्यार हामीले कम्युनिटी स्कुल शिवपुरी बाट वीसजना छात्र÷छात्रालाई छनौट गरेर आर्ट स्कलरशीप दिनेभयो । उनीहरूलाई छ महिना चित्रकला सिकाउने भयौ । र उनीहरू प्रत्येक शनिवार आएर चित्रकला सिक्न थाले । उनीहरूको लागि सिलेबसनै बनाएर लागु ग¥यौ । स्कोलरसिप कक्षा निरन्तर चलिरहदाँ एकदिन राजकीलाई भेटेर अरूपण कला प्रशिक्षणमा आउनु भन्यौ । तर उनी आउन मानिनन् । सायद सुरक्षा छैन भन्ने ठानेर आउन नमानेकी हुन सक्छ भन्ने ठानी चुप लाग्यौं । तर सौगात आचार्य निरन्तर आएर सिक्न थालेको कुरा पनि बताइृ दियांै । 
अन्तत ः उनी एकदिन अरूपण चित्रकला कक्षामा देखा परिन् । उनले सबै विद्यार्थीलाई हेरिन् । परिचय गराई दियौ । त्यसको अर्को हप्तादेखि उनी निरन्तर आउन थालिन् । शसि राउत, निरज यादव, विनय रिमाल, अपूर्व न्यौपाने पनि आउन थाले । 
समय क्रम चल्दै गयो । उनी चित्रकला सिक्न प्रेरित हँुदै गईन । कक्षामा उनलाई स्टिल लाईफ ड्रइंग एण्ड पेन्टिङ, कोलाज आर्ट, स्यान्ड आटर्, अरूपण कला, पोट्रेट आर्ट, कम्पोजिसन, क्रियटिभ आर्ट आदी सिकाई दिथ्यौ । 
उनको कलामय जीवनको टर्निगं प्वाईन्ट आयो  । जब, उनले राष्ट्रिय स्तरको पोस्टर आर्ट कम्पिटिसनमा तृतिय स्थान जितिन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको “सुखी नेपाली समृद्व नेपाल” पोस्टर कम्पिटिसनमा भाग लिन उनलाई प्रेरित ग¥यौ । उनले राम्रो पोस्टर डिजाईन गरिन् अनि तृतिय भएर रू.१०,०००÷– नगद पुरस्कार र प्रमाणपत्र जितिन् ।
त्यसपछि उनले कहिले पछाडी फर्किएर हेरिनन् । यसै वीच एस.ई.ई.को परिक्षाको लागि छ महिना  चित्रकलालाई थाति राखिन् । एस.ई.ई.को परिक्षा सकिएकै भोलिपल्ट देखि उनी निरन्तर चित्रकला सिक्न आईन् । यसवीच उनले नाफाको सामूहिक चित्रकला प्रर्दशनीमा भईन् । उनका केही पेन्टिङ विक्री पनि भएका थिए ।
काभिड–१९ को लक डाउनको असर विश्वभरिनै प¥यो । नेपालमा पनि त्यसको असर प¥यो । नेपालमा सबैतिर लकडाउन भयो । यसबीच वाटो सुनसान भयो । अड्डा, अदालत बन्द भए । स्कूल कलेज ठप्प भए । हाम्रो ग्यालरी पनि बन्द भयो । यसतोमा हामीले अनलाइन आर्ट कक्षा सुरू ग¥यौ । उनीहरू चित्र बनाएर मेसेन्जरमा उठाउथें । म त्यसैमा सजेस्ट गरिदिन्थे । लक डाउनकै असरमा धेरै राष्ट्रले अन लाईन आर्ट कम्पिटिसनमा भाग लिन प्रेरित ग¥यौ । ढाका ट्यालेन्ट हन्ट आर्ट कम्पिटिसनमा उनी छनौट भईन । त्यसैगरि अर्को  इन्टरनेशनल अनलाइन कम्पिटिसनमा पनि सेलेक्ट भईन । युनिर्भसलको अनलाईन आर्ट कम्पिटिसनमा तेस्रो पुरस्कार जितिन् ।
यसैबीच उनको परिवार कोभिड–१९ को चपेटामा प¥यो । कोभिड–१९ भएकै बेला उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको राष्ट्रब्यापी चित्रकला प्रतियोगितामा भाग लिन इन्सिस्ट ग¥यौं । उनले चित्र बनाएर देखाईन् । उनको चित्रलाई प्रतियोगितामा भाग लिन पठायौ । अन्ततः उनी प्रथम नै भई स्वर्ण पदक र नगद २०,०००÷– पुरस्कार जितिन । अनि एक दिन एक भब्य समारोहका बीच मन्त्रीज्यूले  प्रमाण–पत्र र नगद पुरस्कार वितरण गर्नुभयो । उनले सो ग्रहण गरिन् ।
उनको क्षमताको कदर गर्दै वरिष्ट कलाकार हरि प्रसाद शर्माले एक कमिसन ओर्क अफर गर्नुभयो । कलाकार राजकीले हरि प्रसाद शर्माको कमिसन ओर्क यथा समयमा नै  बनाएर बुझाईन् । उनको काम देखेर वरिष्ठ कलाकार हरि प्रसाद शर्माले नगद पुरस्कार रू. ५,०००÷– दिएर प्रोत्साहन गर्नुभयो । 
यसैबीच एस.ईई.नतिजा आयो । उनी ए + ल्याएर पास भईन् । अन्ततः कलेजका अनलाईन कक्षाहरू सुरूभयो । विहान ६ः४५ देखि ११ः०५ बजेसम्म कलेजको अनलाईन क्लास, क्लासको होमआर्क, पेन्टिङ कक्षा र कम्प्युटर क्लासमा कलाकार राजकी अर्याल आजकाल ब्यस्त छिन् ।
चित्रकला भनेको आफ्नो भावनाहरूलाई पेपर र रंगका माध्यमबाट प्रस्तुत गर्नु हो । चित्रकला भन्ने वित्तिकै मेरो मनमा अनेक थरिका विचारहरू उत्पन्न हुन्छन् सोही सोच विचारलाई चित्रमा उतारेर ‘जिवन्तता दिनु नै चित्रकला हो’ भन्छिन् कलाकार राजकी । “सुन्दर चित्रले निश्चय नै मनमा आनन्द दिन्छ आफूले देखेको सोचेको चित्रहरू सबै सामु प्रस्तुत गर्नु र अरूले आफ्ना चित्र, प्रशंसा गर्दा मन प्रफुल्ल र हर्षित हुन्छ’ भन्छिन् कलाकार अर्याल ।
“कस्ता कस्ता चित्रहरू बनाउन मन लाग्छ भनी सोधिएको प्रश्नको उत्तर दिदै उनी भन्छिन् ‘मलाई दृश्यचित्र, प्रोट्रेट चित्र सिर्जनात्मक चित्र जसले समसायिक चित्रण गर्न सहयोग पु¥याउँदछ, त्यस्ता चित्रहरू बनाउन मन पर्छ ।’
अहा, कति राम्रो सोच ।
“मलाई जस्तो पनि च्यालेञ्ज स्वीकार्न मन लाग्छ । आफु म्यानेजमेन्टको विधार्थी भए पनि चित्रकला मेरो रूचि हो र पछि भविष्यमा म जस्तो सुकै पेशामा आवद्ध भएता पनि म चित्र बनाउन कहिले छाड्दिन” गंभिर हुदै उनी भन्छिन् । हाल उनी निरन्तर अरूपण ग्यालरीमा प्रत्येक शनिवार संचालन हुने चित्रकला सिकी रहेकी छन् । यस क्रमममा उनी क्रमस कला जगतमा परिचित पनि भइरहेकी छन् । उनको जन्म २०६० सालमा काठमाडौँमा अर्याल परिवारमा भएको हो । उनी पिता युवराज अर्याल र देवकी अर्यालकी एकमात्र सुपुत्री हुन । उनको एकजना भई रोजन अर्याल छन् । 
कलाकार राजकी अर्याललाई अनुसन्धान गर्नमा पनि चाख छ । हाल उनी नाफाको युथ प्रोजेक्ट अन्तरगत ‘भाट भटेनी देवी–देवता’ माथि अनुसन्धान गर्दैछिन् । यसभन्दा अगाडि ए.एन.आर.सिंको रिसर्च प्रोजेक्ट पनि सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी जिज्ञासु, लगनशील छन् । उनी कविता रच्दछिन् । संगीत सुन्छिन्, पुस्तकहरू पढ्छिन् र यात्रा गर्न मन पराउँछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper