banner
banner

रातो रेडक्रसभित्र कालो भ्रष्टाचार

धर्मरत्न श्रेष्ठ- - 
नेपाल रेडक्रस समाजसेवाको संस्था हो कि भ्रष्टाचारको दलदल ? नेपाल रेडक्रस अव समाजसेवाभन्दा बढी भ्रष्टाचार गर्ने संस्थाका रूपमा बदनाम हुनथालेको छ । यो दुर्भाग्यपूर्ण घटना हो ।
नेपाल रेडक्रस सोसाइटीका अधिकारी नै भन्छन्– यो संस्थामा अनियमितताभन्दा बढी केही पनि हँुदैन । सक्नेको साँढे रजाइँ चलिरहेको छ, नियमन कसले गर्ने ?
कुनै पनि प्रकारको विपत परेका बेला उद्धार र सहयोगका लागि यो संस्था स्थापना गरिएको हो । तर यो संस्थाका प्रभावशाली व्यक्तिहरूका लागि अनियमितता गरेर धन कमाउने संस्था बनेको छ नेपाल रेडक्रस । केही व्यक्तिका लागि देशमा परेको बिपत्ती फलिफाप हुनेगरेको छ । भूकम्प भन्नोस् कि बाढीपहिरोजस्ता विपत्ति, हरेक विपतमा जम्मा भएका जिन्सी र नगदमा प्रभावशालीकै हालीमुहाली चल्ने गरेको छ । विपतमा परेकाहरूले राहत पाउनु भनेको धेरै मुस्किलको कुरो हो । हरेक विपतमा अन्तर्राष्ट्रिय रूपमा व्यापक सहयोग आउने गरेका छन्, ती सहयोगहरू सक्नेले जति पनि लुड्याउने र पाउनै पर्नेले सहयोग पाइरहेका हुँदैनन् । सहयोगमा संस्थाका प्रभावशालीहरूले व्यक्तिगत रूपमा लाभ लिइरहेका हुन्छन् । संस्थाका हरेक खरिदमा कमिशनको ठूलो चलखेल हुनेगरेको छ । संस्थाकै स्रोत भन्छन्– कुनै पनि सरकारी निकायमा हुने गरेका भ्रष्टाचारभन्दा बढी रेडक्रसमा हुन्छ ।
परोपकारी भावनाबाट स्थापित यो संस्था अव भ्रष्टाचारलय भइसकेको छ । संसारका कुनै पनि मुलुकका रेडक्रसहरूमा नेपालको रेडक्रस भ्रष्टाचारी संस्था हो भन्ने कालो छाप परिसकेको छ । नेपालले हाइटी रेडक्रसलाई पनि भ्रष्टाचारमा उछिन्यो ।
जिल्ला प्रशासन कार्यालयले भूकम्पपछि एकपल्ट छानबिन गरेको थियो, संस्थामा प्राप्त भएका सहयोग र संस्थाले खरिद गरेका महगा सामानहरू संस्थाका पदाधिकारीहरूले घर घरमा लगेको देखियो । यस्तो रिपोर्ट आइसक्दा पनि नियमन हुनसकेको छैन, नेपाल रेडक्रस अहिले पनि भ्रष्टाचारको पोखरीको आहाल बनेको छ । यो संस्थाका कर्मचारीहरूमा ९० प्रतिशत कर्मचारी राजनीतिक संरक्षणमा अनियमितता गरिरहेका देखिन्छन् । पदाधिकारी नै भ्रष्ट भए पछि कर्मचारीहरूले गर्ने अनियमितता नै हो ।
एक छानबिनका अनुसार ६ जना पदाधिकारीबाट डेढ करोड अशुल उपर गर्न निर्देशन भएको लामो समय हुँदा पनि अशुल हुनसकेन । यो संस्थाका हरेक कर्मचारी कुनै न कुनै दुरूपयोगमा जोडिएका छन् । सवारीसाधन, ल्यापटपजस्ता सामान र अन्य सामानहरू एकै व्यक्तिले अनावश्यक कब्जा जमाएका छन् । एक अधिकृतलाई डाम्ने हो भने उसले हरेक कर्मचारीको नाम पोल्नसक्छ । केही सोझा कर्मचारी पनि छन्, तिनीहरूका नाममा समेत चलाख पदाधिकारीहरूले भ्रष्टाचारी कार्य गरिरहेका छन् ।
स्टोरका अधिकृतलाई वयान लिने हो भने कुन कर्मचारीले कति कति सामान लिएर गएका छन् सबै स्पष्ट हुन्छ । लेखा अधिकृतलाई सोध्दा पनि थाहा हुन्छ कि कुन कुन सामानहरू अनावश्यक भए पनि के कति अधिक बिजकीकरण गरेर खरिद गरियो र किन त्यसको प्रयाग हुनसकेन । अर्थात् नेपाल रेडक्रस कुशासनको नमूना परोपकारी नामको संस्था हो । यो संस्थामा नैतिकहीन अपराधकर्म बढी भइरहेका छन् ।
परोपकारी संस्थामा पनि कर्मचारी युनियन छ । यो युनियनले पनि तर्साएर धेरै लाभ लिइरहेको छ । परोपकारी संस्थामा राजनीति मौलाएको छ । भन्नलाई सबैले भन्छन्– कुनै सुविधा सामान लिएका छैन । यथार्थ के हो भने रेडक्रसभित्र नैतिकहीनहरूको लस्कर जम्मा भएका छन् जसले अन्तर्राष्ट्रिय रूपमै बदनाम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper